»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघको कार्यकारिणी समितिको ८ औं बैठकका निर्णयहरु (२०६६/३/२१)


चरम दण्डहिनता, बन्द, हड्ताल, चक्काजाम, शान्ति सुरक्षाको अवस्था अत्यन्त दयनीय भई आम नागरिकले ठूलो पीडावोध गरिरहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको नगरकोट भक्तपुरमा असार १९ गते शुक्रवार आयोजित ८ औं बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षता एवं भक्तपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा सम्पन्न बैठकले निम्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

निर्णयहरु यस प्रकार छन:

१. चरम दण्डहिनता, शान्ति सुरक्षाको अत्यन्त नाजुक अवस्था, बन्द हड्ताल चक्काजाम जस्ता चरम अराजकताबाट मुलुक र मुलुकवासीले अत्यन्त पीडा वोध गरिरहेको अवस्था, लामो समयदेखि संसद अवरुद्ध भई वजेट लगायतका अत्यन्त महत्वपूर्ण राष्ट्रिय निर्णयहरु हुन नसक्ने अवस्था सृजना भएको प्रति गम्भीर चिन्ता प्रकट गर्दै वैठकले सरकार, सबै राजनीतिक दलहरुलाई विद्यमान कहाली लाग्दो अवस्थाप्रति गम्भीर भई राष्ट्रलाई सही निकास दिन आग्रह गर्ने,

२. आव २०६६/०६७ को वाषिर्क वजेट आउनु पूर्व तथा कवाडी करका विषयमा विगतमा नेपाल सरकार र महासंघ बीच भएको सहमती समेतलाई वेवास्ता गरि विभिन्न जिल्लाहरुमा केही दिनयता गुण्डागर्दी तथा हुलहुज्जतबाट सो कर उठाउन ठेकेदार छनौट गर्ने जस्तो अत्यन्त गैर कानूनी कार्य भैरहेको प्रति वैठकले गहिरो चिन्ता सहित गम्भीर आपत्ति प्रकट गर्दै कवाडी कर पूर्णत खारेज गर्न नेपाल सरकार तथा सम्वन्धित निकायमा सशक्त आवाज उठाउने,

३. यसैगरि मूल्य अभिवृद्धि करमा वहुदर (Multiple Rate) लागू गर्न, विगतको सरकारले ल्याएको यूवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिने र नयाँ संविधान नवनेसम्म कुनै पनि नयाँ कर नल्याउन पनि नेपाल सरकार अर्थ मन्त्रालयलाई दवाव दिने,

४. महासंघको पहलमा अघि सारिएको "साना मझौला जलविद्युत आयोजना निर्माण सम्बन्धमा FNCCI र जिल्ला विकास समिति महासंघ समेतका संस्थाहरुसंग भएको सम्झौता अनुसार यस्ता आयोजनाको प्राविधिक पक्षवारे अध्ययन सहित प्रस्ताव पेश गर्न "हाइड्रो सोलुसन्स प्रा.लि." लगायतका अन्य संस्थाहरुको पहिचान गरि Technical Expert को रुपमा काम गराउने,

५. यसैगरि Corporate Social Responsibility को भावना अनुरुप अघि सारिएको काठमाडौंको फोहोर व्यवस्था गर्ने सम्बन्धमा महासंघ, काठमाडौं महानगरपालिका, उपत्यकाका उद्योग वाणिज्य संघहरु, नगरपालिका एवं जिल्ला विकास समिति बीचको सहमति अनुसार वैकल्पिक उर्जा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न Power Take प्रा.लि. लाई जिम्मा दिने,

६. पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण नगरकोटलाई श्रम विवाद मुक्त प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न सबै निकायहरु (ट्रेड यूनियन, रोजगारदाता तथा नेपाल सरकार) मा पहल गर्ने र यसलाई नमूनाको रुपमा लिई अन्य प्रमुख पर्यटकीय स्थलहरुलाई पनि सोही प्रकारले श्रम विवाद मुक्त क्षेत्र बनाउन पहल गर्ने,

७. भक्तपुर उद्योग वाणिज्य संघको भक्तपुर जिल्लालाई व्यवसायिक कृषि, हस्तकला तथा पर्यटन क्षेत्रको रुपमा विकास गर्ने एवं तीनकूने र्सूय विनायक सडक चौडा गर्ने लक्ष्यलाई साकार रुप दिन महासंघका तर्फबाट ठोस रुपमा पहल गर्ने,

८. सरकारले महासंघको मुख्य सहभागितामा ल्याएको "यूवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम" अन्तरगत निवेदन दिई अभिमूखीकरण तालीम समेत लिई सकेका उद्यमीलाई उनीहरुको परियोजनाको सम्भाव्यताका आधारमा अविलम्व ऋण प्रवाह गर्ने कार्यलाई तत्काल अघि बढाउन नेपाल सरकार, अर्थमन्त्रालय तथा नेपाल वैंकर्स एसोसएसन एवं अन्य बैकिङ संघ/संस्थाहरुस“ग पहल गर्ने ।

कार्यकारिणी समितिको बैठकले महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकर्णिकार, प्रदीपजंग पाण्डेद्वारा प्रस्तुत परिषद तथा समितिको प्रतिवेदन, महानिर्देशकको प्रतिवेदन र विभिन्न समिति तथा फोरमका सभापति एवं संयोजकहरुद्वारा प्रस्तुत गतिविधि एवं कार्यक्रमहरु संशोधन सहित अनुमोदन गरेको छ ।

सोही दिन विहान नगरकोटमा महासंघको उद्योग वाणिज्य परिषदको बैठक परिषदका सभापति एवं उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारको सभापतित्व र महासंघका अध्यक्ष जोशीको प्रमुख आतिथ्यमा बसी कार्यकारिणी समितिमा जिल्ला/नगर उद्योग वाणिज्य संघहरुको विकासका लागि विभिन्न शिफारिशहरु पेश गर्ने निर्णय गरेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.