»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उत्पादकत्व सहजकर्ता विकास कार्यक्रम सम्पन्न : उत्पादकत्वलाई अभियानकै रुपमा लैजान "उत्पादकत्व गुणस्तर सहजकर्ता क्लव" स्थापना (२०६६/३/२३)


उद्योग प्रतिष्ठानहरुको उत्पादकत्व तथा गुणस्तर बढाई तिनीहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ, उत्पादकत्व तथा गुणस्तर समितिको संयुक्त तत्वाधनामा असार १५-२३ सम्म काठमाडौंमा आयोजित उत्पादकत्व सहजकर्ता विकास कार्यक्रम (Productivity Facilitators Development Programme) आज सम्पन्न भयो ।

उत्पादन तथा सेवामूलक उद्योग प्रतिष्ठानका २२ जनाको सहभागितामा उत्पादकत्व सम्बन्धी बिभिन्न विषयमा प्रशिक्षण दिइएको सो कार्यक्रमका सहभागी प्रशिक्षार्थीहरुले तालीमको अन्तिम दिन उत्पादकत्व अभिवृद्धि कार्यक्रमलाई अभियानकै रुपमा देशभर पुर्žयाउने उद्देश्यले प्रशिक्षार्थीहरुको सहभागितामा "उत्पादकत्व गुणस्तर सहजकर्ता क्लव" स्थापना गरेका छन् ।

सो अवसरमा तालीमका प्रशिक्षार्थीहरुलाई उद्योग मन्त्रालयका सचिव प्रतापकुमार पाठक र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले संयुक्त रुपमा प्रमाणपत्र वितरण गर्नुभयो ।

समापन कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा सचिव पाठकले उत्पादकत्व गुणस्तर अभिवृद्धिलाई अभियानकै रुपमा लैजानु पर्ने आजको आवश्यकता रहेको सन्दर्भमा प्रस्तुत कार्यक्रमबाट उत्पादित प्रशिक्षार्थीहरुले यस कार्यमा सहयोग पुर्žयाउने विश्वास प्रकट गर्नुभयो । उहा“ले आफूले सिकेका कुराहरुलाई आफनो कार्यस्थलको कार्य प्रणालीमा लागू गर्न, आफनो प्रतिष्ठानका सहयात्रीहरुस“ग आदान प्रदान गर्न र सिकेका कुराहरु कार्यस्थलमा लागू गर्दा कस्तो सुधार आयो त्यो मापन गर्न आग्रह गर्नु हुंदै उत्पादकत्व अभियानलाई क्रान्तिकै रुपमा अगाडी बढाउन सुझाव दिनु भयो ।

महासंघका अध्यक्ष कुशकुमार जोशीले राजनीतिक अस्थिरता एवं बन्द, हड्ताल, चक्काजाम जस्ता गतिविधिले नेपाल विश्वमा सबै भन्दा उत्पादकत्व कम भएको मुलुकको रुपमा चिनिन लागिएकोमा चिन्ता व्यक्त गर्नु हुदै काम नगरि खान पाइन्छ भन्ने मानसिकतामा परिवर्तन ल्याउन जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष जोशीले प्रशिक्षार्थीहरुको सक्रियतामा गठन भएको "उत्पादकत्व गुणस्तर सहजकर्ता क्लव" ले उत्पादकत्व गुणस्तर प्रवर्द्धन कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउने विश्वास प्रकट गर्नु भयो । तालीमबाट सिकेका कुरालाई आफनो कार्यस्थलमा लागू गर्न आग्रह गर्नुहु“दै अध्यक्ष जोशीले २२ जना प्रशिक्षार्थीहरुले सिकेका कुराहरुबाट वजारमा गुणात्मक प्रभाव पार्ने विश्वास प्रकट गर्नुभयो ।

महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सभापति विजय बहादुर श्रेष्ठले जापानमा वाल्यकाल वा विद्यालय तहदेखिनै आफनो समस्या आफै समाधान गर्ने र उत्पादकत्व वृद्धि सम्बन्धी ज्ञान दिइने उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि यस किसिमको संस्कारको विकास जरुरी रहेको वताउनु भयो ।

प्रशिक्षार्थीहरु विकास मानन्धर तथा उषा खतिवडाले कार्यक्रमबाट आफूहरुले उत्पादकत्व तथा गुणस्तर प्रवर्द्धनका विषयमा विभिन्न सैद्धान्तिक एवं व्यवहारिक ज्ञान हासिल गरेको वताउंदै "उत्पादकत्व गुणस्तर सहजकर्ता क्लव"का मार्फ आफूहरुले सिकेका कुराहरुलाई देशव्यापी वनाउने विश्वास दिलाउनु भयो ।

कार्यक्रममा उत्पादकत्व तथा गुणस्तर समितिका सह-सभापतिका दिनेश अधिकारी, उद्योग मन्त्रालयका बरिष्ठ अर्थशास्त्री डा. दर्ुगेश कुमार श्रेष्ठ लगायतले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.