नेपाल चीन गैर सरकारी सहयोग मंच (Nepal-China Non Governmental Cooperation Forum) को यही श्रावण १० देखि १८ गतेसम्म जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको छिङदु शहर (Chengdu, Sichuan Province, People's Republic of China) मा हुने १० औं बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा २३ सदस्यीय नेपाली व्यवसायिक प्रतिनिधिमण्डल आज त्यसतर्फप्रस्थान गर्žयो ।
नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry & Commerce-ACFIC) को पहलमा दई देश बीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार, प्रविधि एवं लगानी प्रवर्द्धनका लागि निजी क्षेत्रबाट सहकार्य गर्ने उद्देश्यले सन् १९६९ मा स्थापना गरिएको मंचको बैठक एक अर्का देशमा पालैपालो आयोजना हु“दै आएको छ । यस अघिको नवौं बैठक नेपालमा सम्पन्न भएको थियो ।
दशौं बैठकमा नियमित एजेण्डाका अतिरिक्त मंचको नवौ बैठक पश्चात भएका गतिविधिको समिक्षाका साथै द्विपक्षीय आर्थिक तथा लगानी विस्तारका विषयमा आगामी कार्ययोजना समेत तय गरिने छ । बैठकमा महासंघको तर्फबाट नेपालमा चिनियाँ संयुक्त लगानी प्रवर्द्धन, चीनसंग रहेको करिव ३३ करोड अमेरिकी डलर वरावरको व्यापार घाटा न्यून गर्ने, पर्यटन प्रवर्द्धन, चीनको लगानीमा नेपालमा औद्योगिक वस्तुहरुको उत्पादन गरि नेपालसंग सिमाना जोडिएका चिनीयाँ शहरहरुमा निर्यात गर्ने जस्ता विषयमा जोड दिइने छ ।
सीचुवान प्रान्तका उप गर्भनर हुवाङ छेउछिहाङ ( Huang Xiaoxiang, Vice-governor of Sichuan Province) ले श्रावण १३ गते समुद्घाटन गर्नुहुने सो कार्यक्रमको उद्घाटन समारोहमा महासंघका निवर्तमान अध्यक्ष एवं टोली नेता ढकाल, र अखिल चीन उवामहासंघका उपाध्यक्ष झी झीङरोङ, ( Xie Jingrong, Vice-Chairman of ACFIC) ले सम्बोधन गर्नुहुने कार्यक्रम छ । बैठकमा महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले नेपालका तर्फबाट नेपालमा विद्यमान अर्थतन्त्रको वस्तुस्थिति, लगानीको वातावरण तथा लगानीका लागि नेपाल सरकारले अवलम्वन गरेको नीति तथा कार्यक्रमका विषयमा विस्तृत जानकारी गराउनु हुने कार्यक्रम छ ।
सो बैठकमा नेपालका तर्फबाट महासंघको उर्जा फोरमका संयोजक ज्ञानेन्द्रलाल प्रधानले नेपालमा जलविद्युत (Hydropower in Nepal) नेपालमा कृषि क्षेत्रमा लगानीका सम्भाव्यता विषयमा सम्वोधन हुने कार्यक्रम छ । दुवै देशका उद्यमी व्यवसायीहरुका लागि द्विपक्षीय आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आदान प्रदानका लागि महत्वपूर्ण अवसरका रुपमा लिइने मंचको बैठकका अवसरमा प्रतिष्ठित औद्योगिक प्रतिष्ठानहरुका तर्फबाट बैठकमा चीनको वेलहोप ग्रुपका उपाध्यक्ष वाङ झेङ योङ (Hepeng, Chairman of Sichuan Zhuoyue Tech Group), सिचुवान झीयो टेक ग्रुपका अध्यक्ष हिपेङ (Hepeng, Chairman of Sichuan Zhuoyue Tech Group), सिचुवान औद्योगिक कर्पोरेशनका अध्यक्ष झीआन सिङफु (Jian Xingfu, Chairman of Sichuan Chuankai Industrial Corporation) र झिउझाईसु ट्राभल ग्रुपका अध्यक्ष झाओ फिङ (Zhao Xifeng, Chairman of Jiuzhaigou Travel Group) ले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
सो अवसरमा महासंघको प्रतिनिधिमण्डलबाट सिचुवान प्रान्तमा रहेको जलविद्युत आयोजनाहरु, औद्योगिक प्रतिष्ठानहरु चुहानकी औद्योगिक समूह तथा इन्वी ग्रुपको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
मंच मार्फत हालसम्म भएका प्रयास स्वरुप त्रिशुली-स्याफ्रुवेसी-रसुवागढी सडक निर्माण संझौता तथा छेन्दुसंग हवाई सम्पर्क कायम गर्न, चिनियां पर्यटकहरुको लागि नेपालमा चिनियां मुद्रा सटहीको व्यवस्था गर्न, नेपाललाई चिनियां पर्यटकहरुको गन्तव्य सूचीमा समावेश गर्न, नेपाल र तिव्वत बीचको सीमा क्षेत्रमा प्लाण्ट क्वारेन्टाइन तथा गुणस्तर प्रमाणपत्र दिने व्यवस्था गर्न, प्रतितपत्रको माध्यमबाट हुने व्यापारलाई प्रोत्साहित गर्न र एक अर्को देशमा व्यापार मेला आयोजना गर्ने जस्ता उपलव्धीहरु हासिल भएको छ ।
बैठकमा भाग लिन गएको प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकार, महासंघको उर्जा फोरमका संयोजक ज्ञानेन्द्र लाल प्रधान, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुव वहादुर थापा, उपाध्यक्ष चन्द्रकान्त अधिकारी, सदस्यहरु गोविन्द कुमार श्रेष्ठ, टंककुमार श्रेष्ठ, पुष्पराज रुपाखेती, खड्ग नन्द त्रिपाठी, म्याग्दी उवासंघका कार्य समिति सदस्य वेलबहादुर कटवाल क्षेत्री, सिन्धुपाल्चोक उवासंघका कोषाध्यक्ष राजेशकुमार श्रेष्ठ, सदस्य शम्भुबहादुर तिमल्सिना, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु बहादुर शाही, तत्कालिन कोषाध्यक्ष प्रकाश उप्रेती, प्रथम उपाध्यक्ष पुर्णचन्द्र सापकोटा, सचिव प्रकाश अधिकारी, कार्यसमिति सदस्यहरु गणेशप्रसाद खरेल, टुकराम लामिछाने, मेघनाथ पाण्डे, खोटाङ उवासंघका प्रथम उपाध्यक्ष उपिन कुमार राई, नवलपरासी उवासंघका सदस्य सचिव केशव प्रसाद भण्डारी, दैलेख उवासंघका प्रथम उपाध्यक्ष शान्ति प्रसाद शर्मा, दोलखा उवासंघका अध्यक्ष रामेश्वर मानन्धर, नेपाल हिमालय सिमापार व्यापार संघका अध्यक्ष दूर्गा वहादुर श्रेष्ठ, अरनिको समाजका अध्यक्ष डा. हरिषचन्द्र साह र महासंघका वरिष्ठ अधिकृत अरुण श्रेष्ठ हुनुहुन्छ । बैठकसंगै दुई देशका व्यवसायीहरुबाट आपसी सम्पर्क विस्तार, लगानी प्रवर्द्धनका विषयमा छुट्टाछुट्टै भेटघाट समेत हुने छ ।
नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा महत्वपूर्ण राजनीतिक परिवर्तन पश्चात हुन लागेको यो बैठकलाई नेपालमा चिनियाँ लगानी आकषिर्त गर्न महत्वपूर्ण अवसरको रुपमा लिएको छ ।