अष्ट्रेलिया र न्यूजिल्याण्डसंग नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गरि नेपालमा ती देशहरुको लगानी आकर्षण तथा द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने मुख्य उद्देश्य सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल आज अष्ट्रेलिया तर्फप्रस्थान गरेको छ । ती देशहरुमा रहेका नेपाली राजदुतावासहरुको विशेष पहलमा पहिलो पटक महासंघबाट यो व्यवसायिक भ्रमण हुन लागेको हो । भ्रमण श्रावण १० देखि २३ गतेसम्म हुनेछ ।
सन् १९६० मा नेपालसंग दौत्य सम्बन्ध स्थापना भएको अष्ट्रेलिया र सन् १९६१ मा दौत्य सम्बन्ध स्थापना भएको न्यूजिल्याण्ड बीच कुटनीतिक सम्बन्ध निकै प्रगाढ रहेपनि आर्थिक तथा व्यवसायिक सम्बन्ध भने त्यति मजवुद हुन नसकेको सर्न्दर्भमा यो भ्रमणबाट आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारमा निकै ठूलो उपलव्धी हासिल हुने विश्वास गरिएको छ ।
भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलले त्यहाँ स्थित नेपाली राजदुतावासको सहयोगमा आयोजना हुने भेटघाट, छलफल, अन्तरक्रियाका अवसरमा नेपालमा भएको राजनीतिक परिवर्तन पश्चात आर्थिक विकासका लागि हुन लागेका प्रयासहरु, लगानीको वातावरण, वैदेशिक लगानी आकर्षणका दिशामा सरकारले लिएका नीति तथा कार्यक्रम र आर्थिक विकासका दिशामा निजी क्षेत्रबाट भएको पहलका विषयमा विस्तृत जानकारी गर्राई नेपालमा ती देशहरुबाट जलविद्युत, व्यवसायिक कृषि, पर्यटन, सूचना प्रविधि,भौतिक पूर्वाधार निर्माण जस्ता क्षेत्रमा लगानीका लागि आग्रह गर्ने छ ।
नेपालको आर्थिक विकासमा महत्वपूर्ण साझेदार राष्ट्रको रुपमा रहेका अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा नेपाल र नेपालको निजी क्षेत्रलाई प्रस्तुत गर्दै त्यहाँबाट लगानी प्रविधि र ती देशहरुले आर्थिक विकासमा हासिल गरेका अनुभवलाई नेपालमा भित्रयाउन भ्रमण निकै उपलव्धीमूलक हुने विश्वास महासंघले लिएको छ ।
विद्युतीय उद्योग, निर्माण, औषधि, जडीवूटी, बैंक, विमा तथा वित्तिय, लगानी, आयात निर्यात, गलैचा, कृषिजन्य उत्पादन, डेरी उत्पादन, चलचित्र निर्माण, खनिजजन्य उत्पादन, पर्यटन तथा सेवा क्षेत्र, यातायात तथा फर्निचर, सूचना प्रविधि आदि क्षेत्रसंग आवद्ध व्यवसायिक प्रतिनिधिमण्डलले भ्रमणका क्रममा नेपालमा प्रस्तुत क्षेत्रहरुमा ती देशहरुको अनुभव आदान प्रदान एवं लगानी आकषिर्त गर्ने विषयमा समेत आफूलाई केन्द्रित गर्ने छ ।
नेपालको विकास प्रयासमा महत्वपूर्ण साझेदार राष्ट्र अष्ट्रेलियाले सन् १९७९ देखि अष्ट्रेलियन विकास सहयोग कार्यक्रम (Australia's Development Cooperation Program) अन्तरगत नेपाललाई समाहित गरि वन तथा वनजन्य, लाइभस्टक विकास तथा जनशक्ति उत्पादनमा आर्थिक तथा प्राविधिक सहयोग पुर्žयाउंदै आएको छ भने उच्चशिक्षाका लागि नेपाली विद्यार्थीहरुका लागि छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । भ्रमणका दौरानमा महासंघको प्रतिनिधिमण्डलले जनशक्ति विकासका क्रममा महासंघ र नेपाल सरकार समेतको साझेदारीमा संचालन भैरहेको इलम प्रशिक्षण कार्यक्रम तथा यूवा तथा साना व्यवसाय स्वरोजगार कार्यक्रममा अष्ट्रेलियाबाट हुन सक्ने सहयोगको विषयका अतिरिक्त शिक्षा क्षेत्रमा संयुक्त लगानीका लागि प्रयास समेत गर्नेछ ।
महासंघको उक्त प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, कार्यकारिणी समितिका सदस्यहरु एजी शेर्पा, अशोक शर्मा, चन्द्रकृष्ण कर्माचार्य, डीवी वस्नेत, गुणनिधि तिवारी तथा कैलाली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल हमाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम जमरकट्टेल तथा नेपाल विज्ञापन संघका अध्यक्ष निर्मलराज पौडेल हुनुहुन्छ ।
दुवै देशसंग निकै ठूलो व्यापार घाटा व्यहोर्दै आएको अवस्थामा व्यापार घाटा कम गर्दै नेपाली उत्पादन तथा सेवालाई ती देशहरुमा निर्यात प्रवर्द्धन एवं नेपालमा अष्ट्रेलिया तथा न्यूजिल्याण्डको संयुक्त लगानी आकर्षा गर्ने र सो क्रममा महासंघको तर्फाट हुने सहयोगका विषयमा पनि प्रतिनिधिमण्डले त्यहा“ आश्वस्त पार्नेछ ।
एक तथ्यांक अनुसार सन् २००७/०८ मा नेपालबाट अष्ट्रेलिया तर्फकरिव २७ लाख अमेरिकी डलर वरावरको नेपाली उत्पादन निर्यात भएको छ भने करिव २ करोड ६९ लाख अमेरिकी डलर वरावरको वस्तु आयात भएको देखिन्छ । त्यसैगरि सोही आ.व.मा नेपालबाट न्यूजिल्याण्ड तर्फकरिव ४ लाख ९० हजार अमेरिकी डलर वरावरको नेपाली वस्तु निर्यात भएको छ भने न्यूजिल्याण्डबाट करिव १ करोड २५ लाख अमेरिकी डलर वरावरको वस्तु आयात भएको छ ।