»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















झाडापखाला एवं हैजा प्रभावित क्षेत्रका जनताकाहरुको औषधोपचारका लागि नेउवामहासंघद्वारा आर्थिक सहयोग प्रदान (२०६६/४/१५)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा जाजरकोट, रुकुम र सल्यान लगायतका विकट पहाडी जिल्लाहरुमा विगत केही दिनदेखि फैलिएको झाडापखाला एवं हैजाको प्रकोपबाट त्यस क्षेत्रमा धेरै मानिसको मृत्यु हुनुको साथै हजारौंको संख्यामा विरामी परेको अवस्था प्रति गम्भीर दुःख प्रकट गर्दै पिडीतहरुको औषधोपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

महासंघका सदस्य उद्योग वाणिज्य संघहरु मार्फत औषधि एवं अन्य आवश्यक व्यवस्था मिलाउने गरि जाजरकोट जिल्लाका लागि तीन लाख, रुकुम र सल्यान जिल्लाका लागि क्रमशः एक/एक लाख गरि जम्मा ५ लाख रुपैंयाको चेक महासंघका कार्यवाहक अध्यक्ष सुरज वैद्यले महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा मार्फत त्यस क्षेत्रका उद्योग वाणिज्य संघहरुलाई आज महासंघ सचिवालयमा हस्तान्तरण गर्नु भयो ।

साथै सोही समारोहमा कार्यवाहक अध्यक्ष वैद्यले गत वर्षआएको अविरल वर्षबाट क्षति पुग्न गएको सुदुरपश्चिमको कैलाली टिकापुरको शाहीपुर स्थित श्री कर्णालेश्वर प्राथमिक विद्यालयको भवन निर्माण सहयोगार्थ महासंघबाट उपलव्ध गराइएको रु. २,५०,०००। (दुई लाख पचास हजार रुपैयां मात्र) को चेक टिकापुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज रावललाई हस्तान्तरण गर्नुभयो ।

सहयोग रकम हस्तान्तरण समारोहलाई सम्वोधन गर्नुहुंदै महासंघका कार्यवाहक अध्यक्ष वैद्यले संस्थागत सामाजिक दायित्वलाई मनन गरि महासंघले प्राकृतिक विपत्तिमा परेका आम जनतालाई आफ्नो स्थापना देखिनै निरन्तर सहयोग गर्दै आएको र यसै क्रममा विकट पहाडी जिल्लाहरु जाजरकोट, रुकुम र सल्यान जिल्लाका झाडापखाला एवं हैजापिडीत जनताका लागि यो सहयोग उपलव्ध गराइएको जानकारी गराउनु भयो । उहाँले महासंघबाट उपलव्ध गराइएको आर्थिक सहयोग प्रभावित क्षेत्रका जनताहरुको औषधोपचारका लागि त्यस क्षेत्रका महासंघका सदस्य उद्योग वाणिज्य संघहरु मार्फत खर्च गरिने पनि स्पष्ट पार्नुभयो ।

सोही समारोहमा महासंघको सामाजिक सेवा समितिका सभापति लोकविक्रम थापाले महासंघले निरन्तर यस प्रकारको सामाजिक सेवामा कार्य गर्दै आएको स्पष्ट पार्दै जाजरकोट, रुकुम र सल्यानका पिडीत जनताको औषधोपचारका लागि महासंघको सहयोग तत्काल उक्त क्षेत्रमा पुर्‍याउने प्रतिवद्धता जाहेर गर्नुभयो ।

महासंघका महानिर्देशक मेघनाथ न्यौपानेको सहभागिता रहेको सो कार्यक्रममा टिकापुर नगरउद्योग वाणिज्य संघका अध्यक्ष नवराज रावलले संघद्वारा संरक्षित गत वर्षको बाढीबाट भग्नावशेषमा परिणत कर्णालेश्वर प्राथमिक विद्यालयको भवन निर्माणका लागि महासंघबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै प्राप्त सहयोगबाट भवन निर्माण कार्यलाई अगाडी बढाउने प्रतिवद्धता जाहेर गर्नुभयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.