»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल र अष्ट्रेलिया बीच आर्थिक सम्बन्ध विस्तार गर्न दुवै देशका निजी क्षेत्र सहमत (२०६६/४/१५)


नेपाल र अष्ट्रेलिया बीच आर्थिक, व्यापारिक सम्बन्धलाई आउंदा दिनमा अझ प्रगाढ पार्न संयुक्त सहकार्य गर्ने उद्देश्यका साथ दुवै देशका निजी क्षेत्र बीच एक सहयोग सम्बन्धी सहमतीपत्र (Cooperation Agreement) मा हस्ताक्षर भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अष्ट्रेलिया भ्रमणमा रहेको अवसरमा महासंघ र अष्ट्रेलियन उद्योग वाणिज्य संघ (The Australian Chamber of Commerce & Industry) बीच आज अष्ट्रेलियाको व्रिसवनमा आयोजित एक कार्यक्रम समारोहमा सो सम्झौता भएको हो ।

सहमतीपत्रमा द्विपक्षीय व्यापार, संयुक्त लगानी विस्तार तथा प्रवर्द्धन, आर्थिक, वैज्ञानिक, प्रविधि आदान प्रदान लगायत दुवै संस्थाले आवश्यक देखेका अन्य क्षेत्रमा सहकार्य गरि अगाडि बढ्ने उल्लेख छ । त्यसक्रममा दुई देशको व्यापार, वाणिज्य, उद्योग लगायत समग्र अर्थतन्त्रसंग सम्बन्धित सूचनाको आदान प्रदान, व्यवसाय प्रवर्द्धनका शीलशिलामा आपसी सर्म्पर्क विस्तार, सभा सम्मेलन, गोष्ठीको आयोजना, अध्ययन एवं व्यावसायिक प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदान, औद्योगिक एवं व्यापारिक मेला महोत्सवको आयोजना जस्ता विषयमा सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता उल्लेख गरिएको छ ।

यसका अतिरिक्त द्विपक्षिय हितका सवालमा थप सहकार्य गर्न आवश्यक देखिएका क्षेत्रमा समेत सहकार्य गर्न सकिने सहमतीपत्रमा उल्लेख छ । सहमतीपत्रमा महासंघका अध्यक्ष जोशी र सो संघका वरिष्ठ पदाधिकारीले हस्ताक्षर गर्नु भएको थियो ।

सहमतीपत्रमा हस्ताक्षर पछि कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका अध्यक्ष जोशीले सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएको अष्ट्रेलियासंग नेपालको कुटनीतिक सम्बन्ध निकै प्रगाढ रहेपनि आर्थिक तथा व्यवसायिक सम्बन्ध भने त्यति मजवुद हुन नसकेको सर्न्दर्भमा दुवै देशका निजी क्षेत्र बीच पहिलो पटक भएको यो सहमती "कोशेढुंगा" सावित हुने विश्वास प्रकट गर्नुभयो । साथै अध्यक्ष जोशीले सहमतीपत्रमा उल्लेख गरिएका वुंदाहरुलाई दुवै देशका निजी क्षेत्रका संस्थाबाट शीघ्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत जनाउनु भयो ।

त्यसैगरि भ्रमणका दौरानमा महासंघको प्रतिनिधिमण्डलले साउन १२ गते नेपाली राजदुतावास तथा नेपाली महावाणिज्यदुतले व्रिसवनमा आयोजना गर्नु भएको नेपाल विकास मंच सम्बन्धी कार्यक्रममा भाग लिएको थियो । सो कार्यक्रममा महासंघका अध्यक्ष एवं टोली नेता जोशीले नेपालमा व्यापार तथा लगानीका अवसरहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अष्ट्रेलियामा कार्यरत गैर आवासीय नेपाली तथा अष्ट्रेलियन उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित सो कार्यक्रम नेपालका लागि निकै लाभदायी भएको छ ।

त्यसैगरि महासंघको प्रतिनिधिमण्डल हिजो अष्ट्रृलियन सरकारको Department of State and Regional Developmnet Centre का पदाधिकारीहरुसंग भेटगरि नेपालमा लगानीका सम्भाव्यता विषयमा छलफल गर्‍यो भने हिजै प्रतिनिधिमण्डल अष्ट्रेलियाका लागि नेपाली राजदुत योगेन्द्र ढकाल र अष्टेलियाका लागि नवनियुक्त नेपाली वाणिज्यदुत दिपक खड्काले आयोजना गर्नु भएको रात्रिभोज सहितको अन्तरक्रिया कार्यक्रममा सहभागी भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.