»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















अष्ट्रेलियामा नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न : आर्थिक कुटनीतिका माध्यमबाट आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा जोड (२०६६/४/१६)


अष्ट्रेलियास्थित नेपाली राजदुतावासले क्यानवेरामा आयोजना गरेको नेपाल सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रममा आर्थिक कुटनीतिका माध्यमबाट दुई देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार गर्नु पर्ने जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा अष्ट्रेलिया भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डललाई लक्षित गरि आयोजना गरिएको नेपाल व्यवसाय तथा विकास मंच (Nepal Business and Development Forum) सम्बन्धी कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो ।

अष्ट्रेलियास्थित नेपाली राजदुतावास तथा नेपाली महावाणिज्य दुतको कार्यालयद्वारा संयुक्त रुपमा यही साउन १२ गते आयोजित सो कार्यक्रममा आर्थिक कुटनीतिका माध्यमबाट प्राथमिकताहरु तय गरि व्यापार, पर्यटन, शिक्षा, व्यवसायिक कानून लगायतका अन्य थुप्रै क्षेत्रहरुमा सहयोग विस्तार गर्न सकिने सम्भावना औल्याइएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनुहुंदै अष्ट्रेलियाका लागि नेपाली राजदुत योगेन्द्र ढकालले लगानीका सम्भाव्य क्षेत्रहरुको पहिचान, नेपालमा अष्ट्रेलियाको लगानी, प्रविधि आकर्षण गर्न तथा व्यापार विस्तारका लागि प्रस्तुत कार्यक्रमबाट आउने निचोडहरु निकै उलव्धीमुलक हुने विश्वास प्रकट गर्नुभयो । राजदुत ढकालले नेपाल-अष्ट्रेलिया दौत्य सम्बन्ध स्थापनाको ५० औं वाषिर्कोत्सवको आगामी कार्यक्रमलाई भव्य रुपमा मनाउने सर्न्दर्भ तथा नेपालमा द्वन्दपश्चात आवश्यक विकास प्रयासहरुमा समेत सघाउ पुर्‍याउन प्रस्तुत कार्यक्रम निकै महत्वपूर्ण हुने विश्वास प्रकट गर्नुभयो ।

दुवै देशका निजी तथा सरकारी क्षेत्रका पदाधिकारी एवं प्रतिनिधिहरु, नेपालका लागि अष्ट्रेलियामा कार्यरत गैर सरकारी संस्थाका प्रतिनिधिहरु र अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा आयोजित सो कार्यक्रममा नेपालको आर्थिक-सामाजिक विकासका विभिन्न आयामहरु माथि छलफल भएको थियो । कार्यक्रममा नेपालमा व्यापार तथा लगानीका अवसरहरु, पर्यटन, शिक्षा तथा शीप विकास, सामाजिक सहभागिता जस्ता मुद्धाहरुमा जोड दिइएको थियो ।

सो कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा महासंघका अध्यक्ष जोशीले विश्वका उदियमान अर्थतन्त्रतर्फअघि बढीरहेका भारत तथा चीनको बीचमा अवस्थित नेपालमा उत्पादित वस्तुहरु विना अवरोध ती देशहरुमा निर्यात गर्न सक्ने सुविधा रहेकोले नेपाल विदेशी लगानीका लागि प्रमुख आकर्षणको केन्द्र रहेको स्पष्ट पार्नु भयो । अध्यक्ष जोशीले अष्ट्रेलियाली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आव्हान गर्नुहुंदै आफनो मुलुकमा आएको विदेशी लगानीको पूर्ण सुरक्षाको लागि नेपाली निजी क्षेत्रको तर्फबाट प्रतिवद्धता समेत जनाउनु भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलका सदस्य एवं महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे र नेपाल चेम्वर अफ कमर्सका प्रथम उपाध्यक्ष सुरेश कुमार वस्नेतले प्रचुर लगानीको सम्भाव्यतालाई हेरेर नेपालमा व्यापार तथा लगानीका लागि अष्ट्रेलियन लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयका सहसचिव मोहन कृष्ण श्रेष्ठले नेपालमा व्यापार तथा लगानीका अवसरहरु बढाउने कार्यमा विदेशमा रहेका नेपाली नियोगहरुको मुख्य भूमिका रहेको चर्चा गर्दै विदेशी लगानी तथा व्यापार व्यवसायका लागि नेपाल सरकारले अख्तियार गरेका नीतिगत एवं कानूनी संरचना तथा अवसरहरुको वारे स्पष्ट पार्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली तथा नेपाली समुदायका तर्फबाट डा. कृष्ण हमाल, गोवा कटुवाल, सुश्री रञ्जु थापा, श्री नापित र कृष्ण श्रेष्ठ, अष्ट्रेलियाको तर्फबाट अष्ट्रेड (AUSTRADE), क्वीन्सल्याण्ड वाणिज्य संघ (Queensland Chamber of Commerce), ल एशिया (Law Asia), अष्ट्रेलियन काउन्सिल फर प्राइभेट एजुकेशन एण्ड ट्रेनिङ (Australian Council for Private Education and Training), जेम्स कुक विश्वविद्यालय (James Cook University), वर्ल्ड एक्सिपिडिशन (The World Expeditions), अष्ट्रेलियन कार्भिकल क्यान्सर फाउण्डेशन (Australian Cervical Cancer Foundation) र नेपाल-अष्ट्रेलिया फ्रेण्डसिप एशोसिएशन (Nepal Australia Friendship Association) का प्रतिनिधिहरुले नेपालको आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग, नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु तथा निजी क्षेत्रको भूमिका माथि आ-आफनो धारणा राख्नु भएको थियो ।

करिव १ सय जनाको उपस्थिति रहेको सो कार्यक्रममा नेपाली सहभागीहरुले नेपालमा लगानी तथा व्यवसायका अवसरहरु, शिक्षा, पर्यटन क्षेत्रमा लगानीका पर्याप्त सम्भावनाहरु, विद्यमान संवैधानिक एवं कानूनी प्रावधानहरु, प्रधानमन्त्रीको अध्यक्षतामा लगानी वोर्डको गठनबाट नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताउंदै शान्ति सुरक्षाको भरपर्दो व्यवस्था, श्रम सम्बन्धी विषयहरुको उचित सम्वोधन तथा बन्द, हड्ताल चक्काजाम जस्ता विकासका अवरोधहरुलाई तत्काल अन्त गर्ने तर्फआवश्यक उपायहरु अवलम्वन गर्न नेपाल सरकारलाई सुझाव दिएका थिए ।

तत्पश्चात अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित साउथ बैंकमा स्थापना गरिएको नेपाली शान्ति प्यागोडाको अनावरण कार्यक्रम सम्पन्न भयो । सो प्यागोडाको अनावरण गर्नुहुंदै प्रमुख अतिथि अष्ट्रेलियन संसदका संसद सदस्य (Member of Parliament) जान जरात (Jan Jarrat) ले अष्ट्रेलियामा नेपाली संस्कृतिलाई घुलमिल गराउन नेपाली समुदायको सक्रियताको प्रशंसा गर्नु भयो । शान्ति प्यागोडाले नेपाल अष्ट्रेलिया बीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।

राजदुत ढकाल र महासंघका अध्यक्ष जोशीले नेपाली कला संस्कृतिलाई अष्ट्रेलियामा उजागर गरि नेपाली पर्यटन प्रवर्द्धनमा शान्ति प्यागोडा कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।

प्यागोडा अनावरण समारोहमा नेपाली परिकारहरु सहितको नेपाली सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । साउथ बैंक विकासका प्रमुख कार्यकारि अधिकृत (CEO, South Bank Corporation) ले पनि बोल्नु भएको सो समारोहमा दुवै देशका व्यवसायिक समुदाय, कुटनीतिक नियोगका पदाधिकारीहरु, अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरु, विद्यार्थीहरु, नेपालका हितैषीहरु, संचार माध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.