मूल्य नियन्त्रणका नाउंमा नेपाल सरकारले आफ्ना संयन्त्रहरु परिचालन गरि हालै राजधानी लगायत अन्य स्थानहरुमा रहेका व्यवसायीहरुको गोदाममा छापामारी सिलबन्दी गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
सरकारले गोदाममा सिलवन्दी गरी व्यवसायीले खाद्यान्नको अनधिकृत संचय गरि कालोवजारी गरेको भनि लगाएको आरोप पूर्णतः निराधार रहेको र व्यवसायीहरुको गोदाममा जुनसुकै समयमा पनि खाद्यान्न भण्डारण भई बजारमा नियमित आपूर्ति भैरहने स्पष्ट पार्दै यसरी हुने हस्तक्षेपबाट मूल्य नियन्त्रण नभई सम्पूर्ण बजारमा आपूर्ति व्यवस्थानै खलवलिन गई थप जटिलता सृजना हुने तर्फमहासंघ सरकारको ध्यानाकर्षण समेत गराउंदछ ।
तर्सथ विद्यमान हस्तक्षेप कार्यलाई तत्काल स्थगित गरि बजारमा खाद्यान्न वस्तुको मूल्य नियन्त्रण सहित नियमित आपूर्तिको लागि उचित व्यवस्थापन गर्न महासंघ नेपाल सरकारलाई आग्रह गर्दै आवश्यक जुनसुकै प्रकारको सहयोग गर्न तत्पर रहेको विश्वास समेत दिलाउदछ ।