जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको छिङदु शहर (Chengdu, Sichuan Province, People's Republic of China) मा यही श्रावण १३ गते सम्पन्न नेपाल चीन गैर सरकारी सहयोग मंच (Nepal-China Non-Governmental Cooperation Forum) को १० औं बैठक दुवै पक्षका लागि निकै महत्वपूर्ण एवं उपलव्धी मुलक भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry & Commerce - ACFIC) को पहलमा दुई देश बीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार, प्रविधि एवं लगानी प्रवर्द्धनका लागि निजी क्षेत्रबाट सहकार्य गर्ने उद्देश्यले सन् १९६९ मा स्थापना गरिएको मंचको यस पटकको बैठकमा दुवै पक्षबाट एक अर्का देशमा विद्यमान लगानी सम्बन्धी नीति तथा कानून, प्रक्रियागत व्यवस्था, व्यवहारिक कठिनाई, लगानी तथा व्यवसायिक विस्तारका सम्भाव्यता विषयमा निकै खुलेर प्रस्तुती भएको थियो ।
बैठकमा दुवै देशका निजी क्षेत्रबाट एक अर्का देशमा व्यापार व्यवसाय, लगानी गर्दाको सहजता, नीतिगत एवं प्रक्रियागत समस्या, कठिनाई तथा दुवै देशका सरकारले गर्नुपर्ने सुधारका विषयमा प्रष्टसंग धारणा राख्दै सरकार तथा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था एवं मंचका जन्मदाता नेपाल उद्योग वाणिज्य महासंघ र (ACFIC) को भूमिका एवं उत्तरदायित्वका विषयमा पनि सुझाव दिएका थिए ।
"नेपालमा जलविद्युत तथा कृषि क्षेत्रमा लगानी (Investment in Hydropower and Agriculture Sectors of Nepal)" यस वर्षको मुख्य एजेण्डा रहेको दसौ बैठकमा नेपालका तर्फबाट महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले नेपालमा व्यापार तथा लगानीका अवसरहरु विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसैगरि महासंघको उर्जा विकास फोरमका संयोजक ज्ञानेन्द्रलाल प्रधानले नेपालमा जलविद्युत विकासको सम्भाव्यता र महासंघका वरिष्ठ अधिकृत अरुण श्रेष्ठले नेपालमा कृषि तथा वनमा आधारित उद्योगका सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपालको तर्फबाट प्रस्तुत कार्यपत्रका सम्बन्धमा चिनियाँ पक्षले निकै महत्वका साथ लिई यी क्षेत्रहरुमा चिनिया“ लगानी आकषिर्त गर्नका लागि आ-आफनो सुझावहरु दिएका थिए ।
प्रतिष्ठित चिनियाँ औद्योगिक समूहका प्रमुख व्यक्तिहरु जस्तो (Wellhope Group) का उपाध्यक्ष Wang Zhenyong, Sichuan, Sichuan Zhouoyue Tech Group का अध्यक्ष Hepeng, Sichuan Chuankai Industrial Corporation का अध्यक्ष झीआन सिङफु Jian Xingfu र Jiuzhaigou Travel Group का अध्यक्ष Zhao Xifeng ले सम्वोधन गर्नु भएको बैठकमा चिनियाँ पक्षबाट नेपालमा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था, पर्याप्त उर्जा व्यवस्था, सरल र झन्झट रहित प्रक्रियागत व्यवस्था, नीति कानूनमा स्थायित्व, बन्द हड्ताल चक्काजाम जस्ता कार्यक्रमहरुको अन्त्य गर्नु पर्ने सुझावहरु दिएका थिए । चिनीयाँ लगानीकर्ताहरुले उठाएका विषयहरुलाई नेपाल सरकारले उचित सम्वोधन गरेको खण्डमा नेपालमा ठूलो मात्रामा चिनीया“ लगानी एवं प्रविधि भित्रिन सक्ने विश्वास निजी क्षेत्रले गरेको छ ।
साथै यस पटकको बैठकमा नेपाली पक्षबाट नेपालमा विदेशी लगानीका लागि प्राथमिकताका प्राप्त क्षेत्रहरुका विषयमा चिनियाँ पक्षलाई विश्वस्त पार्न सफलता प्राप्त भएको छ । बैठकमा महासंघका तर्फबाट नेपालमा विदेशी लगानीका लागि
(१) जलस्रोत, (२). जडीवूटी उद्योग (३). व्यवसायिक कृषि र (४). पूर्वाधार विकास
प्रमुख र प्राथमिकता प्राप्त क्षेत्रहरु रहेको निक्र्यौल निकाल्दै यसमा चीनबाट लगानीका लागि आग्रह समेत गर्žयो । बैठकमा महासंघका तर्फबाट विदेशी लगानीका विषयमा नेपाल सरकारको विद्यमान नीतिगत व्यवस्था, आर्थिक विकासका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम, विदेशी लगानीको संरक्षण एवं लगानी आकर्षणका लागि नेपाली निजी क्षेत्रको प्रतिवद्धता समेत प्रष्ट रुपमा राखिएको थियो ।
यस पटकको बैठकमा अन्तराष्ट्रिय एवं क्षेत्रिय तहमा देखिएको आर्थिक तथा व्यवसायिक अवसरलाई मनन गरि सोही अनुरुप गतिविधिहरुलाई निर्देशित गर्नुपर्ने सर्न्दर्भमा मंचको विद्यमान संरचना र यसमा उल्लेख गरिएका विषयहरुलाई समेत समय सापेक्ष सुधार गर्नु पर्नेमा प्रतिवद्धता जनाइएको छ । दुवै देश बीच आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारका लागि विभिन्न आर्थिक व्यवसायिक गतिविधिहरु मार्फ त्रि्रता दिने यसक्रममा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, नेपाली व्यवसायीहरुका लागि आवश्यक तालीम तथा एकअर्का देशमा व्यवसाय संचालनका क्रममा आवश्यक सहयोग आदान प्रदान गर्ने सहमती भएको छ ।
बैठकमा नेपालको तर्फाट महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल र चीनको तर्फबाट अखिल चीन उवामहासंघका उपाध्यक्ष Xie Jingrong ले नेतृत्व गर्नु भई बैठकको अन्त्यमा उहा“हरुबाट सहमतीपत्र (Memorandum) मा हस्ताक्षर भएको थियो ।
सिचुवान प्रान्तको चिनीया“ कम्युनिष्ट पार्टी कमिटिका Vice Secretary General Li Chongxi तथा अन्य वरिष्ठ सरकारी पदाधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा त्यहा“को परराष्ट्र मन्त्रालयको एशिया मामला विभागका द्वितिय सचिव Jiang Wei र सिचुवान प्रान्तका वाणिज्य विभागका उपनिर्देशक Liu Xin ले पनि सम्वोधन गर्नुभएको यस पटकको बैठकमा जलविद्युत, कृषि, जडीवूटी, विद्युत तथा विद्युतीय क्षेत्रसंग सम्बन्धित करिव १ सय ५० भन्दा बढी चिनियाँ उद्यमी व्यवसायीहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । बैठकसंगै दुवै देशका व्यवसायी बीच क्षेत्रगत जस्तै कृषि, जडिवूटी, जलविद्युत, विद्युत तथा विद्युतीय उत्पादन आदि विषयमा One to One Meeting सम्पन्न भयो । त्यसबाट नेपाली व्यवसायीहरुको चिनीयाँ समकक्षीसंग व्यवसायिक सर्म्पर्क विस्तार गर्न सफलता समेत प्राप्त भएको छ ।
बैठककै क्रममा महासंघको प्रतिनिधिमण्डलले छिङदु शहरका Vice Governor Huang Xiaoxiang संग भेट गर्žयो । भेटका अवसरमा उप गर्भनरले चीनको छिङदू र नेपाल बीच पर्यटन प्रवर्द्धन, आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारका लागि प्रतिवद्धता जनाउनु भयो ।
बैठक अगाडी महासंघको प्रतिनिधिमण्डलले श्रावण १२ गते सिचुवान प्रान्तको Min Jiang नदीमा संचालित जलविद्युत आयोजना तथा Chuankhai औद्योगिक विकास निगम तथा Enwei ग्रुपको जडीवूटी प्रशोधन उद्योगको अवलोकन गरेको थियो ।
भ्रमणको क्रममा महासंघको प्रतिनिधिमण्डलले श्रावण १५ गते ग्वाङझाऊ स्थित Guandong General Chamber of Commerce का पदाधिकारीहरुसंग भेटगरि द्विपक्षीय आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्žयो । सोही दिन Guandong Peoples' Association for Friendship with Foreign Countries द्वारा आयोजित दिवाभोजमा महासंघको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।
स्मरणीय छ, नेपाल चीन गैर सरकारी सहयोग मंचकै प्रयास हालसम्म स्वरुप त्रिशुली-स्याफ्रुवेसी-रसुवागढी सडक निर्माण संझौता तथा छेन्दुसंग हवाई सर्म्पर्क कायम गर्न, चिनियां पर्यटकहरुको लागि नेपालमा चिनिया मुद्रा सटहीको व्यवस्था गर्न, नेपाललाई चिनियां पर्यटकहरुको गन्तव्य सूचीमा समावेश गर्न, नेपाल र तिव्वत बीचको सीमा क्षेत्रमा प्लाण्ट क्वारेन्टाइन तथा गुणस्तर प्रमाणपत्र दिने व्यवस्था गर्न, प्रतितपत्रको माध्यमबाट हुने व्यापारलाई प्रोत्साहित गर्न र एक अर्को देशमा व्यापार मेला आयोजना गर्ने जस्ता महत्वपूर्ण उपलव्धीहरु हासिल भएका छन् ।