»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















रामेछाप र तेह्रथुमको व्यवसायिक प्रतिनिधिमण्डल महासंघमा - महासंघले ल्याएका कार्यक्रमको सफल कार्यान्वयनमा सदस्यहरु संघहरु सक्षम हुनैपर्छ -अध्यक्ष जोशी (२०६६/४/२४)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले जिल्ला उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन गर्न निस्केको टोलीलाई अवलोकन भ्रमणबाट हासिल गरेको अनुभवलाई तत्काल आफ्नो संघमा कार्यान्यवन गर्न आग्रह गर्नु भएको छ ।

सफल उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणका क्रममा महासंघ सचिवालयमा आएको रामेछाप र तेह्रथुम उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई संयुक्त रुपमा हिजो महासंघ सचिवालयमा आयोजित स्वागत कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै अध्यक्ष जोशीले सो आग्रह गर्नुभएको हो ।

सक्षम र सुदृढ सचिवालय भएमात्र धेरै कार्यहरु गर्न सकिने हुंदा सचिवालय सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राख्न पनि उहांले प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो । राष्ट्रिय अन्तराष्ट्रिय भ्रमणमा संलग्नताबाट प्राप्त अनुभवलाई संस्थाको सुदृढीकरणमा तत्काल कार्यान्वयन गर्न पछि नपर्नुहोस-अध्यक्ष जोशीले भन्नुभयो ।

महासंघले अहिले जतिपनि कार्यक्रमहरु जिल्लामा पठाएको छ, ती कार्यक्रमहरुको सफल कार्यान्वयनका लागि पनि संघहरु वलियो र सक्षम हुनैपर्छ, यसमा तपाईहरुको सक्रियता र मेहनतको जरुरी छ-अध्यक्ष जोशीले भन्नु भयो ।

महासंघले उपलव्ध गराएका कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गर्दा स्थानीय तहमा शीप विकास, उद्यमशीलता एवं रोजगारी सृजना हुने र यसबाट समग्रमा संघको दीगो आय श्रोतको व्यवस्था सहित क्षमता विकासमा समेत सहयोग पुग्ने हुंदा महासंघ मार्फत जिल्लामा गएका एक गाउँ एक उत्पादन कार्यक्रम, इलम प्रशिक्षण कार्यक्रम, ग्रामिण उर्जा विकास कार्यक्रम, व्यापार मेलाको आयोजना जस्ता कार्यक्रमलाई सफल रुपमा अघि बढाउन अध्यक्ष जोशीले आग्रह गर्नुभयो ।

सदस्य संघहरुको क्षमता विकासलाई केन्द्र विन्दूमा राखेर महासंघले हालै मात्र सदस्य संघहरुको नया“ वर्गिकरण गरेको पनि उहांले स्पष्ट पार्नुभयो । स्वरोजगार कार्यक्रमका सम्बन्धमा प्रतिनिधिमण्डलको जिज्ञासालाई स्पष्ट पार्दै अध्यक्ष जोशीले भन्नुभयो-हाम्रो दायित्व भनेको प्राप्त निवेदनलाई छनौट गरि अभिमुखीकरण तालीम दिने र उद्यमशिलताका लागि सक्षम बनाउनेसम्म मात्र हो, तर ऋण दिने होइन । उहाँले स्वरोजगारका विषयमा जिल्ला उद्योग वाणिज्य संघहरुलाई आएको जनदवावका सम्बन्धमा महासंघले छिट्टै नेपाल सरकारसंग वार्ता गरि उपयुक्त निकास निकाल्ने विश्वास समेत दिलाउनु भयो ।

महासंघका उपाध्यक्षद्वय कृष्णप्रसाद ताम्राकार र भाष्करराज राजकणिर्कारले महासंघको पहलमा जिल्लामा गएका कार्यक्रमहरुलाई सफलता पूर्वक सम्पन्न गर्ने जिम्मा सदस्य संघहरुकै भएकाले संघहरुले आफूलाई सक्षम पार्दै प्राप्त कार्यक्रमलाई सफल पार्न आग्रह गर्नुभयो । अहिलेको अवस्थामा राष्ट्रव्यापी रुपमा निजी क्षेत्रको आवश्यकता र अस्तित्वलाई वोध गराउनुनै सबैभन्दा ठूलो चुनौती रहेकाले आगामी नया“ संविधानमा निजी क्षेत्रले उठाएका आर्थिक स्वतन्त्रताका विषयलाई स्थापित गर्न सवै उद्यमी व्यवसायीहरुले आ-आफनो स्थानबाट दवाव दिनु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा रामेछाप उवासंघका अध्यक्ष पशुपति खड्का र तेह्रथुम उवासंघका अध्यक्ष शभा पौडेलले संघहरुले प्राप्त गरेको सफलताको अध्ययन गरि सोही सफलतालाई आफनो संस्थामा कार्यान्वयन गर्ने दृढता प्रकट गर्नुभयो । उहांहरुले अहिले पनि जिल्लामा व्यवसायीहरुले विभिन्न समस्या भोगिरहेको स्पष्ट पार्दै स्वरोजगार कार्यक्रम अन्तरगत निवेदन दिई अभिमुखीकरण समेत लिई सकेकाहरुलाई अहिलेसम्म सरकारले ऋण नदिंदा त्यसको दवाव संघहरुमा पनि गर्न गएकोले यसलाई छिटो निकास दिन आग्रह गर्नुभयो ।

विभिन्न कार्यक्रमहरु मार्फ सदस्य संघहरुलाई जिल्लामा जिम्मेवारीपूर्वक अगाडी बढाउने महासंघको नीत्रि्रति खुशी प्रकट गर्दै उहांहरुले एक गाउँ एक उत्पादन कार्यक्रमलाई थप जिल्लाहरुमा विस्तार गर्नुपर्ने, उत्पादित वस्तुहरुको वजारीकरण हुनुपर्ने, संघहरुको दीगो आयश्रोतको व्यवस्थापन, स्वोजगार कार्यक्रम अन्तरगत अभिमुखीकरण तालीम संचालन गर्दाका वखत भएको खर्चको छिटो निकासा लगायतका विषयमा जोड दिनु भएको थियो ।

महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, कार्यकारिणी समितिका सदस्यहरु आजाद श्रेष्ठ, लोक विक्रम थापा, महासंघका महानिर्देशक मेघनाथ न्यौपानेको पनि उपस्थिति रहेको सो कार्यक्रममा महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले अध्ययन भ्रमणबाट सिकेका कुराहरुलाई सक्रियतापूर्वक कार्यान्वयन गर्न सुझाव दिंदै भ्रमणबाट "हाम्रो संघ हामीलेनै बनाउने हो भन्ने" अनुभव गर्न आग्रह गर्नु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.