»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















थाइलैण्डमा एक गाउँ एक उत्पादन कार्यक्रम अध्ययन गर्न महासंघको टोली त्यसतर्फप्रस्थान (२०६६/४/२५)


महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघको सदस्य जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी एवं सदस्यहरु हुनुहुन्छ । महासंघका सदस्य संघहरुको सक्रियतामा आयोजित यस अध्ययन भ्रमणबाट प्राप्त हुने अनुभव तथा ज्ञानका आधारमा एक गाउँ एक उत्पादन कार्यक्रम संचालन भएका जिल्लाहरुमा कार्यक्रमको प्रभावकारी संचालन तथा थप जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने अध्ययन भ्रमणको मुख्य उद्देश्य रहेको छ । प्रतिनिधिमण्डल आगामी श्रावण ३१ गते आफनो अध्ययन भ्रमण सकि स्वदेश र्फकने कार्यक्रम छ ।

थाइलैण्ड प्रस्थान गर्नु अघि आज महासंघ सचिवालयमा आयोजित विदाई समारोहलाई सम्वोधन गर्नुहुंदै महासंघका अध्यक्ष कुशकुमार जोशीले थाइलैण्डले एक गाउँ एक उत्पादन कार्यक्रमको निकै सफल अनुभव हासिल गरेको र राष्ट्रिय अर्थतन्त्रमा समेत यसबाट निकै ठूलो फाइदा उठाउन सकेको सर्न्दर्भमा नेपाली व्यवसायीबाट हुन लागेको अध्ययन भ्रमणबाट प्राप्त ज्ञान तथा अनुभव हाम्रा लागि निकै लाभदायी हुने बताउनु भयो ।

अध्यक्ष जोशीले थाइलैण्डले यस कार्यक्रम अन्तरगत विकास गरेका वस्तुहरुको गुणस्तर, उत्पादन तथा बजारीकरण समेतका कारण राष्ट्रिय अन्तराष्ट्रिय रुपमै ख्याती कमाएको बताउनु भयो । उहा“ले उद्योग वाणिज्य संघहरुलाई चरणवद्ध रुपमा समावेश गरि थाइलैण्डको अध्ययन भ्रमणमा लैजाने र त्यहाँबाट सिकेर आएको अनुभव तथा ज्ञानका आधारमा नेपालमा एक गाउं एक उत्पादन कार्यक्रमलाई विकास तथा विस्तार गर्दै लैजाने जानकारी गराउनु भयो । उहा“ले अध्ययन भ्रमणलाई गहन रुपमा लिई त्यहा“ सिकेका कुरालाई दस्तावेजको रुपमा विकास गर्न समेत प्रतिनिधिमण्डललाई सुझाव दिनु भयो ।

सो कार्यक्रममा प्रतिनिधिमण्डलका नेता एवं उपाध्यक्ष राजकणिर्कारले भ्रमणलाई प्रतिनिधिमण्डलले महत्वपूर्ण अवसरको रुपमा लिएको बताउ“दै एक गाउ“ एक उत्पादनका विषयमा थाइलैण्डले हासिल गरेको अनुभव, उनीहरुको कार्यशैली, वजार विस्तार, वस्तु उत्पादन विविधिकरण, गुणस्तर समेतका विषयमा कार्य क्षेत्रमै अवलोकन तथा अन्तरक्रिया समेत गर्ने कार्यक्रम भएकाले भ्रमणलाई फलदायी बनाई त्यहा“ सिकेका कुरालाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे र घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले भ्रमणको सफलताको कामना गर्नुभयो ।

भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलले भोली साउन २६ गते एक गाउं एक उत्पादन कार्यक्रम सम्बन्धमा त्यहाँ आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुने छ । थाई सरकारको उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरुको सहभागितामा आयोजना हुने सो कार्यक्रममा एक गाउं एक उत्पादनका विषयमा थाइलैण्डको हालसम्मको अनुभव तथा नेपालमा यस कार्यक्रमका सम्बन्धमा हालसम्म भएका गतिविधिका विषयमा विस्तृत अन्तरक्रिया हुने र सो अवसरमा महासंघका उपाध्यक्ष राजकणिर्कारले नेपालका तर्फाट प्रस्तुत विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नु हुनेछ । तत्पश्चात प्रतिनिधिमण्डलले सो कार्यक्रम अन्तरगत उत्पादन भएका वस्तुहरुको प्रदर्शनी अवलोकन तथा स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ । साथै प्रतिनिधिमण्डलले त्यहाँ रहंदा गैर आवासीय नेपालीहरुसंग श्रावण ३० गते भ्रमणका विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्ने कार्यक्रम रहेको छ ।

एक गाउं एक उत्पादन कार्यक्रम सवैभन्दा पहिला सन् १९७९ मा जापानमा आइता प्रान्तका पूर्व गभर्नर मोरिहिको हिरामात्सुले अभियानको रुपमा संचालन गरेका थिए । यो कार्यक्रमको सफल कार्यान्वयन भएबाट स्थानिय समुदायको आर्थिक उन्नती अरिरिक्त आइता प्रान्तको उत्पादन जस्तै सिटाके च्याउ, कावोसु लाइम, ग्रिन हाउन मान्दरिन, डिष्टिल्ड वार्ली स्पिरिट जापानकै राष्ट्रिय व्राण्डका रुपमा विकसित भएका छन् । हाल कार्यक्रमबाट थाइलैण्ड, इण्डोनेशिया, मलेशिया, चीन, कम्वोडिया लगायत विभिन्न मुलुकहरुमा सफल रुपमा कार्यान्वयनमा आई ती देशहरुको अर्थतन्त्रमा निकै ठूलो योगदान दिएको छ । थाइलैण्डले प्रत्येक वर्षकरिव १५ सय मिलियन अमेरिकी डलर वरावरका एक गाउं एक उत्पादन कार्यक्रम अन्तरगत विकास गरिएका उत्पादनहरु निर्यात गर्दै आएको छ ।

निजी क्षेत्रको लामो प्रयासपछि नेपाल सरकारबाट आर्थिक वर्ष२०६३/०६४ साउनदेखि सरकारी अवधारणामा यस कार्यक्रमलाई समावेश गरि नेपाल सरकार र महासंघको सहकार्यमा एक गाउं एक उत्पादन कार्यक्रम लागू गरिएको हो । पहिलो चरणमा रामेछाप र सिन्धुलीमा जुनार, भक्तपुरमा लप्सी, बर्दिया र सिराहामा वेल तथा रसुवा र नुवाकोट जिल्लामा रेन्वोट्राउट माछालाई एक गाउं एक उत्पादन कार्यक्रम अन्तरगत विकास गरिएको छ । त्यसैगरि दोश्रो चरणमा २ जिल्लाहरुलाई थप गरि ललितपुरमा सिम्विडियम अर्किड र लेखनाथ का“श्कीमा एग्रो टुरिजमलाई यस कार्यक्रम अन्तरगत अगाडी बढाइएको छ ।

स्थानिय समूदायको शीपलाई चरम उपयोग गरि बजारको माग अनुरुप स्थानिय शीप प्रयोग गरि स्थानीय वस्तु उत्पादन गर्ने, निर्यात सम्भाव्यता भएका वस्तुको पहिचान गरि अन्तराष्ट्रिय वजारमा प्रतिस्पर्धा गर्न सकिने वस्तुको व्राण्ड पर््रवर्द्धन गर्ने, स्थानिय समूदायको आय वृद्धि गरि गरिवी न्युनिकरण गर्ने यो कार्यक्रमको मुख्य लक्ष रहेको छ ।

प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं खोटाङ उवासंघका खुशनारायण सैंजु, वीरगंज उवासंघका अध्यक्ष ओमप्रकाश सिकारिया, दोलखा उवासंघका अध्यक्ष रामेश्वर मानन्धर, मलंगवा उवासंघका अध्यक्ष रंगलाल अग्रवाल, महोत्तरी उवासंघका अध्यक्ष विजयकुमार साह, जलेश्वर उवासंघका अध्यक्ष रामकपुर साह, ताप्लेजुङ उवासंघका अध्यक्ष सन्तोष खतिवडा, रामेछाप उवासंघका अध्यक्ष पशुपति खड्का, कंचनपुर उवासंघका अध्यक्ष हेमविक्रम थापा, सिर्द्धार्थनगर उवासंघका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, तेह्रथुम उवासंघका अध्यक्ष शभा पौडेल, प्यूठान उवासंघका अध्यक्ष इमान सिंह भारती, काभ्रे उवासंघका अध्यक्ष लक्ष्मीलाल श्रेष्ठ, कैलाली उवासंघका अध्यक्ष दिनेशराज भण्डारी, सप्तरी उवासंघका अध्यक्ष श्रीराम कावरा, खोटाङ उवासंघका उपाध्यक्ष राजेन्द्र लयालु, सुर्खेत उवासंघका उपाध्यक्ष मोती प्रसाद कंडेल जैशी, जुम्ला उवासंघका उपाध्यक्ष पुरीचन्द्र देवकोटा उपाध्याय, सिन्धुली उवासंघका महासचिव अर्जुनकुमार श्रेष्ठ, र्सर्खेत उवासंघका पदमबहादर शाही, वाग्लुङ उवासंघका कास नविन खड्का, म्याग्दी उवासंघका कास लोकनाथ रेग्मी, दैलेख उवासंघका कास रविन्सन थापा, धुलिखेल उवासंघका कास मन्जुकुमार श्रेष्ठ, दार्चुला उवासंघका सदस्य विसन सिंह ठगुन्ना, नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका सदस्य रोजनकुमार कर्माचार्य, सिन्धुपाल्चोक उवासंघका कास रविन्द्र प्रधान, तनहुँ उवासंघका सचिव ताराराम श्रेष्ठ, दोलखा उवासंघका सल्लाहकार गाम्वा सेर्पा, सुर्खेत उवासंघका कास सदस्यहरु कविराज क“डेल र गणेशकुमार वस्नेत तथा महासंघका सहायक निर्देशक माधव मुल्मी हुनुहुन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.