प्रधानमन्त्री माधवकुमार नेपालबाट मित्रराष्ट्र भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहको मैत्रीपूर्ण निमन्त्रणामा यहि भदौ २ देखि ६ गतेसम्म हुने भारतको पांच दिने औपचारिक भ्रमणका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा महासंघको २० सदस्यीय प्रतिनिधिमण्डल आज नयां दिल्ली तर्फ प्रस्थान गर्ΕΎयो ।
प्रधानमन्त्री नेपालका साथ सम्मिलित महासंघको प्रतिनिधिमण्डलबाट भारतका समकक्षी संस्थाहरुका साथै भारत सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी एवं व्यवसायिक नेतृत्वसंग भेटघाट, छलफल, अन्तरक्रिया हुने कार्यक्रम छ ।
प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघको व्यापार समितिका सभापति कुमुद कुमार दुगड, बैंक, वित्त तथा विमा समितिका सभापति पशुपति मुरारका, उर्जा विकास फोरमका संयोजक ज्ञानेन्द्रलाल प्रधान, महासंघको रोजगारदाता परिषदका उप-सभापति एवं नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष प्रशान्तकुमार पोखरेल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार चौधरी, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टसका अध्यक्ष रामकाजी कोने, नेपाल मनि एक्सचेन्ज एसोसिएसनका अध्यक्ष अच्यूतबहादुर हाडा, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लता प्याकुरेल, होटल संघ नेपालका अध्यक्ष प्रशिद्धबहादुर पाण्डे, बीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोककुमार वैद्य, नेपाल चेम्वर अफ कमर्सका महासचिव किशोर कुमार अग्रवाल, नेपाल गुड्स एण्ड क्यारियर्स एसोसिएसनका निवर्तमान अध्यक्ष आर.वी. रौनियार, ग्लोवल बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल, साल्ट ट्रेडिङ कर्पोरेशन लि. का निर्देशक राजेन्द्रमान शेरचन, होटल शोल्टी क्राउन प्लाजाका महाप्रवन्धक ग्रिस व्रिन्दा, नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष विजय घिमिरे, नेउवामहासंघका महानिर्देशक मेघनाथ न्यौपाने र सहायक निर्देशक रतिश बस्न्यात हुनुहुन्छ ।
प्रतिनिधिमण्डलमा जलविद्युत, विद्युत तथा विद्युतीय सामग्री, निर्माण व्यवसाय, इन्जिनियरिङ्ग, तयारी पोशाक, हस्तकला, पश्मिना, ऊनी गलैंचा, चिया, यातायात तथा यातायातका साधन, होटल तथा रेष्टुरा लगायतको पर्यटन, सूचना तथा सञ्चार, मेला तथा प्रदर्शनी, औषधि, जडिबुटी, खनिज, बैंक वित्त तथा विमा, आवास, पेय पदार्थ, स्टेनलेस स्टिल, निर्माण तथा घरायसी उपयोगका सामग्री, कृषिजन्य उद्योग तथा उत्पादन, प्लाष्टिक तथा प्लाष्टिकजन्य उद्योग, कागज तथा शैक्षिक सामग्री, काष्ठ उद्योग, अफिस सामान, मलखाद, चलचित्र, आयात निर्यात आदि उद्योग व्यवसाय क्ष्ँेत्रको प्रतिनिधित्व भएको छ ।
भ्रमणको क्रममा प्रधानमन्त्री नेपालको सम्मानमा भारतीय उद्योग महासंघ (CII), भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) तथा एशोसिएटेड चेम्बर अफ कमर्स (ASSOCHAM) द्वारा संयुक्त रुपमा भदौ ३ गते नयां दिल्लीमा आयोजना हुने कार्यक्रम र सोही दिन प्रधानमन्त्री नेपालद्वारा इन्डिया इन्टरनेशनल सेन्टरमा हुने सम्बोधन कार्यक्रममा महासंघको प्रतिनिधिमण्डल सम्मिलित हुने छ । यसैगरि भदौ ३ र ४ गते महासंघको प्रतिनिधिमण्डलले भारत सरकारका अर्थ, वाणिज्य, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका साथै उच्च पदस्थ अधिकारीहरुसंग शिष्टाचार भेट गरी नेपालमा संयुक्त लगानी विस्तार, पर्यटन प्रबर्द्धन सहित समग्र आर्थिक सहयोगका विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ । त्यस्तै भदौ ५ गते भारतको आर्थिक केन्द्र मुर्म्वईमा प्रधानमन्त्री नेपालसंग त्यहाँका उद्योगी व्यवसायीहरुद्वारा आयोजना हुने छलफल कार्यक्रममा पनि महासंघको प्रतिनिधिमण्डल सम्मिलित हुने छ ।
उक्त सबै कार्यक्रमबाट नेपालको उद्योग, व्यापार, जलश्रोत, कृषि, पारवहन, यातायात तथा पर्यटन प्रबर्द्धन र निर्यात व्यापारमा देखिएका समस्या समाधानका साथै द्विपक्षीय आर्थिक सम्बन्धको विकासमा अत्यन्त सकारात्मक प्रभाव पार्नुका साथै प्रधानमन्त्रीको भ्रमणलाई अत्यन्त फलदायी बनाउन समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।