»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पाठेघर क्यान्सर विरुद्ध सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर (२०६६/५/१०)


महिलाहरुको पाठेघरमा हुने क्यान्सर वारे नेपाल राज्यभर जनचेतना अभिवृद्धि गरि सो रोग विरुद्ध लड्न सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ, अष्ट्रेलियन क्यान्सर फाउण्डेसन र नेपाल-अष्ट्रेलियन क्यान्सर फाउण्डेसन बीच आज एक सहमतीपत्र (Memorandum of Understanding - MOU) मा हस्ताक्षर भएको छ ।

नेपाल सरकार पछि दोश्रो ठूलो संजाल भएको महासंघ मार्फत यस रोग विरुद्ध जनचेतना अभिवृद्धि गरि नेपालका लागि निकै ठूलो स्वास्थ्य समस्याको रुपमा देखा परेको महिलाको पाठेघर क्यान्सर समस्या न्यूनिकरण गर्न भएको त्रिपक्षीय सहमतीपत्रमा महासंघका तर्फबाट अध्यक्ष कुशकुमार जोशी, अष्ट्रेलियन क्यान्सर फाउण्डेसनका तर्फबाट अध्यक्ष माइकेल टी. विल्ली ओम (Michael T. Wille OAM, Chairman ACCF) र नेपाल अष्ट्रेलियन क्यान्सर फाउण्डेसनका अध्यक्ष डा. सुरेन्द्र बहादुर वादेले महासंघ सचिवालयमा हस्ताक्षर गर्नुभयो ।

सहमती अनुसार पाठेघर क्यान्सर विषयलाई मुलुकभर नेपाली राष्ट्रिय शिक्षा कार्यक्रमका रुपमा संचालन गर्ने, जनचेतना मूलक कार्यक्रम तथा पूर्व सचेतना मूलक कार्यक्रम संचालन गर्ने, यसका लागि आवश्यक जनशक्ति विकास तथा संजाल विस्तारमा आ-आफनो श्रोत परिचालन गर्ने र सहमतीपत्रमा उल्लेखित उद्देश्यलाई सम्पन्न गर्न आवश्यक अन्य कार्यहरु आयोजना गर्ने उल्लेख छ ।

सहमतीपत्रमा हस्ताक्षर पछि महासंघका अध्यक्ष जोशीले महासंघले संस्थागत सामाजिक उत्तरदायित्वको भावना अनुरुप यस प्रकारको सामाजिक कार्यमा सहकार्यका लागि हात अगाडी बढाएको स्पष्ट पार्दै सहमतीलाई अक्षरस कार्य क्षेत्रसम्म पुर्ΕΎयाई आम नेपाली महिला दिदीवहिनीहरुका लागि निकै ठूलो समस्याको रुपमा देखिएको यो रोगबाट मुक्त राख्न आफ्ना सबै संजाललाई परिचालन गर्ने विश्वास दिलाउनु भयो । साथै अध्यक्ष जोशीले अष्ट्रेलियन क्यान्सर फाउण्डेसनको सहयोग एवं सहकार्यप्रति खुशी प्रकट गर्नुभयो ।

एसीसीएफका अध्यक्ष माइकेलले नेपाली महिलाहरु माझ निकै ठूलो चुनौती वनेको पाठेघर क्यान्सर समस्या न्यूनिकरण गर्ने अभियानमा सहकार्य गर्न पाएकोमा आफ्नो संस्था निकै खुशी भएको बताउनु भयो ।

नेपाल अष्ट्रेलियन क्यान्सर फाउण्डेसनका अध्यक्ष डा. वादेले पाठेघर क्यान्सर रोग निकै डरलाग्दो तश्वीर हाम्रा अगाडी रहेको अवस्थामा निजी क्षेत्रको सक्रियता तथा सुदृढ संगठनलाई प्रयोग गरि अष्ट्रेलियन विशेषज्ञता मार्फत रोग न्यूनिकरण गर्ने अभियान सफल हुने विश्वास प्रकट गर्नुभयो ।

महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले पर्याप्त जनचेतना एवं पूर्रवाधारको अभाव तथा महिलाहरुमा खुलेर यो समस्या बताउन नसक्ने जस्ता समस्याले विकराल बन्दै गएको अवस्थामा यो सहकार्यबाट समस्या न्युनिकरणमा निकै ठूलो सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।

महासंघको व्यापार मेला समितिका सभापति एजी शेर्पाको उपस्थिति रहेको हस्ताक्षर कार्यक्रममा महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापाले यस अभियानलाई सफल पार्न महासंघ दृढतापूर्वक लाग्ने बताउनु भयो । कार्यक्रममा महासंघका महानिर्देशक मेघनाथ न्यौपानेको पनि सहभागिता रहेको थियो ।

एक तथ्यांक अनुसार नेपालमा करिव ३१ लाख महिलाहरुमा यो रोग लाग्ने संभावना, २६ हजार महिलाहरुमा यो रोगको प्रारम्भिक लक्षण देखिएको छ भने १० हजार महिलाहरु यो रोगबाट ग्रसित भएका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.