नेपाल सरकारबाट जारि गरिएको आर्थिक वर्ष २०६६।६७ को आर्थिक विधेयक २०६६ ले ढुंङ्गा तथा रोडाको निकासीमा १२२ देखि १८५ प्रतिशतसम्म निकासी भंसार महशुलमा गरेको वृद्धिका कारण क्रसर उद्योगको निकासी विगत डेढ महिनादेखि ठप्प हुन गएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
एक दशक भित्र भारतीय बजारमा मात्र सत प्रतिशत निकासी गर्ने उद्देश्यका साथ पूर्व मेचीदेखि सुदूर पश्चिममा कैलाली सम्म १ सय ३० उद्योग स्थापना गरि करिव १८०० करोड लगानी भई ९५ हजारलाई प्रत्यक्ष रोजगारी दिंदै ५ लाख जनताको जिविको पार्जनमा समेत ठूलो योगदान दिएको यस उद्योगको संवेदनशिलतालाई वुझेर तत्काल उक्त निकासी भंसार महशुललाई घटाउन महासंघ नेपाल सरकारसंग आग्रह गर्दछ ।
सरकारको आर्थिक वर्ष२०६६।६७ को बजेट पछि यस महासंघले ढुङ्गा रोडा उद्योगहरुलाई पर्न गएको मर्कालाई मध्यनजर गरी नेपाल सरकारका सम्बन्धित निकाय तथा माननीय अर्थमन्त्री समक्ष समेत वृद्धि गरिएको निकासी भंसार महशुल घटाउन वारम्वार पहल गर्दै आएको र सार्वजनिक लेखा समितिसंगको भेटघाट, छलफलमा निकासी भंसार महशुल घटाउन सकारात्मक भएको तथा नजिकिदै आएको बडा दशै समेतलाई विचार गरि अन्य वस्तु तथा सेवाको आपूर्तिमा समेत असर पर्न गएको हुंदा बन्द भंसार विन्दुहरु तत्काल संचालनमा ल्याउन आ-आफनो व्यवसाय यथावत संचालन गरि विरोध कार्यक्रम स्थगित गर्न सम्बन्धित व्यवसायीहरु समक्ष आग्रह गर्दछ ।