नेपालबाट जापानमा औद्योगिक प्रशिक्षार्थी पठाउने सम्बन्धमा नेपाल सरकार, जापान अन्तराष्ट्रिय तालीम सहयोग संस्था (Japan International Training Cooperation Organization -JITCO) र नेपाल उद्योग वाणिज्य महासंघ बीचको सम्झौता एवं सहमती अनुरुप जापानमा नेपाली औद्योगिक प्रशिक्षार्थीको थप अवसर वारे छलफल गर्न महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा महासंघको ६ सदस्यीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्žयो ।
भदौ २१ गतेसम्म हुने जापान भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलले सो विषयमा जीटकोका उच्च पदाधिकारीहरुस“ग विस्तृत छलफल गर्नुका साथै नेपालमा आ.व. २०६३/०६४ देखि संचालनमा ल्याइएको जापानी मोडल अनुरुपको एक गाउं एक उत्पादन (OVOP) कार्यक्रमका सम्बन्धमा जापानको सम्बन्धित मन्त्रालयका पदाधिकारीहरुसंग छलफल एवं भेटवार्ता, नेपाल-जापान द्विपक्षीय सम्बन्ध, आर्थिक विस्तार तथा लगानीका अवसर वारे त्यहा“का उद्योग वाणिज्य संघहरुका पदाधिकारीहरुसंग भेटवार्ता तथा गैरआवासीय नेपाली संघ जापान शाखाका पदाधिकारीहरुसंग लगानीका अवसर वारे विस्तृत छलफल गर्ने कार्यक्रम छ ।
महासंघबाट गएको प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलकबहादुर राणाभाट, महासंघका महानिर्देशक मेघनाथ न्यौपाने, नेपाल आर्थिक पत्रकार समाजका सदस्य हदयराज गौतम र महासंघका वरिष्ठ अधिकृत उत्तमबहादुर लाखे हुनुहुन्छ ।
स्मरणिय छ - नेपाल सरकार, जीटको र महासंघ बीच सन् २००३ डिसेम्वर ३ तारिखमा सम्पन्न सम्झौता एवं सहमति बमोजिम महासंघलाई नेपालबाट औद्योगिक प्रशिक्षार्थी पठाउने एक मात्र आधिकारिक संस्थाको रुपमा तोकिएको छ ।
यसै कार्यक्रम अन्तर्गतको पहिलो व्याचमा ६ जना महिला प्रशिक्षार्थी जापानमा तालीममा संलग्न भई सकेका छन् भने निकट भविष्यमै कृषि क्षेत्रका ३७ जना (२० महिला र १७ पुरुष) प्रशिक्षार्थी पठाउनका लागि महासंघबाट छनौट भई जापानिज भाषा एवं संस्कृति सम्बन्धी तालीममा संलग्न रहेका छन् ।