»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















जापानमा नेपाली औद्योगिक प्रशिक्षार्थीको थप अवसर विषयमा टोकियोमा महासंघ र जीटको बीच बैठक सम्पन्न (२०६६/५/१७)


नेपाल उद्योग वाणिज्य महासंघ र जापान अन्तराष्ट्रिय तालीम सहयोग संस्था (Japan International Training Cooperation Organization-JITCO) बीच जापानमा नेपाली औद्योगिक प्रशिक्षार्थीको थप अवसर वारे टोकियोमा विस्तृत बैठक एवं छलफल भएको छ ।

नेपाली औद्योगिक प्रशिक्षार्थीको थप अवसर वारे छलफल गर्न महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा जापानमा गएको महासंघको प्रतिनिधिमण्डल र जीट्को अध्यक्ष सोतारो टोचिगी, (Shotaro Tochigi, President, JITCO) वरिष्ठ उपाध्यक्ष केनसुकी सुजुकी (Kensuke Tsuzuki, Senior Vice President, JITCO) सहितको पदाधिकारीहरु बीच आज सो छलफल भएको हो ।

सो अवसरमा महासंघको तर्फबाट नेपालमा औद्योगिक विकासका लागि आवश्यक दक्ष जनशक्ति, सम्भावित क्षेत्र एवं विद्यमान अवस्थाका विषयमा जीट्को समक्ष विस्तृत प्रकाश पारिएको थियो । महासंघका अध्यक्ष जोशीले औद्योगिक विकासका लागि नेपालमा दक्ष जनशक्ति आवश्यक भएको सन्दर्भमा नेपाल सरकार, जीटको र महासंघ बीचको सम्झौता वमोजिम महासंघले नेपाली औद्योगिक प्रशिक्षार्थीहरु जापान पठाउने क्रम शुरु भएको विषय राख्नुहुंदै यसलाई थप विस्तार गर्न जीटको समक्ष आग्रह गर्नुभयो । उहांले औद्योगिक प्रशिक्षार्थीले तालीम लिएर आएपछि जापानमा सिकेको ज्ञान नेपालका लागि निकै महत्वपूर्ण हुने विश्वास प्रकट गर्नुहुंदै जीटकोबाट प्राप्त सहयोगको सराहना गर्नुभयो ।

सो अवसरमा जीट्को पदाधिकारीहरुले नेपालबाट औद्योगिक प्रशिक्षार्थीहरु थप विस्तार गर्ने सम्बन्धमा सहयोग गर्ने प्रतिवद्धता जनाउंदै यसमा जीट्कोले नेपाल सरकार र महासंघस“ग नजिक रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तीलकवहादुर राणाभाट र प्रतिनिधिमण्डलका अन्य सदस्यहरुको सहभागितामा भएको सो बैठकमा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले नेपालमा औद्योगिक सु-सम्वन्धका विषयमा जानकारी गराउनुहुंदै प्रत्येक वर्षबढ्दो रोजगारीको मागलाई पुरा गर्न नेपालका सामुन्ने ठूलो चुनौती रहेकाले यसमा जीट्को जस्ता संस्थाहरुबाट नेपाली निजी क्षेत्रले ठूलो सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

तत्पश्चात महासंघको प्रतिनिधिमण्डलले जापान वाह्य व्यापार संस्था (Japan External Trade Organization-JETRO) का अध्यक्ष यासुयो हायासी (Yasuo Hayashi, President) लगायत पदाधिकारीहरुसंग आजै भेटगरि नेपालमा संचालित एक गाउं एक उत्पादन (OVOP) का विषयमा विस्तृत छलफल गर्žयो । सो अवसरमा जेट्रो पदाधिकारीहरुले नेपालमा संचालित एक गाउँ एक उत्पादन कार्यक्रमलाई सहयोग गर्ने विश्वास दिलाउदै जेट्रो र जाइकाद्वारा संयुक्त रुपमा सहयोगको विस्तृत ढांचा तयार गरि अगाडी बढ्ने बताउनु भएको थियो ।

आजै महासंघको प्रतिनिधिमण्डलले जापानी व्यवसायी संस्था (Japan Business Federation) का पदाधिकारीहरुसंग भेटगरि नेपाल जापान व्यवसायिक सम्बन्ध, लगानी विस्तार, प्रविधि आदान प्रदान लगायतका विषयमा विस्तृत छलफल गर्žयो । ती सवै कार्यक्रमहरुमा महासंघका अध्यक्ष सहित सदस्यहरु उपाध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलकबहादुर राणाभाट, महासंघका महानिर्देशक मेघनाथ न्यौपाने, नेपाल आर्थिक पत्रकार समाजका सदस्य हृदयराज गौतम र महासंघका वरिष्ठ अधिकृत उत्तमबहादुर लाखेको सहभागिता रहेको थियो ।


थप फोटोको लागि यहाँ क्लिक गर्नु होला ‌....

यसअघि हिजो जापानस्थित नेपाली राजदुतावासमा महासंघ प्रतिनिधिमण्डलको स्वागत कार्यक्रम तथा सांझ नेपाली व्यवसायी संगठन जापान र गैर आवासीय नेपाली संघ जापान शाखाले संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम सहित रात्रिभोजको आयोजना गरेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.