»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघ प्रतिनिधिमण्डलद्वारा जापानी संस्थाका पदाधिकारीहरुसंग भेटघाट: नेपाललाई सहयोग गर्न जापानी संस्थाहरु इच्छुक (२०६६/५/१९)


नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय प्राविधिक सहायताका लागि जापानी संस्था (Association for Overseas Technical Scholarship - AOTS) बीच हिजो टोकियोमा नेपालमा प्रविधिक सहयोगका विषयमा बैठक सम्पन्न भयो । सो बैठकमा साना तथा मझौला उद्यम व्यवसाय (SMEs) क्षेत्रको विकासका लागि नेपाललाई एओटिएसले प्राविधिक सहायता उपलव्ध गराउने विश्वास दिलाईएको छ ।

सो अवसरमा महासंघका तर्फबाट औद्योगिक विकासका लागि नेपाललाई प्राविधिक जनशक्तिको ठूलो खांचो रहेकोले जनशक्ति उत्पादनमा एओटिएसका तर्फबाट अझ बढी सहयोगको आवश्यकतामा जोड दिइएको थियो । उक्त संस्थाले नेपाल लगायत विश्वका विकासोन्मुख देशहरुमा प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्दै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा जापान भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डल र एओटिएसका पदाधिकारीहरु बीच सम्पन्न बैठकमा एओटीएसको प्राविधिक सहयोगबाट नेपाली निजी क्षेत्रको विकासमा ठूलो मद्दत मिल्ने बताइएको थियो ।

त्यसैगरि महासंघ तथा जापानस्थित नेपाली राजदुतावासको संयुक्त आजोजनामा हिजो टोकियोमा एक अन्तरक्रिया सम्पन्न भयो । नेपालको आर्थिक व्यवसायिक विकासमा लगानी, प्रविधि तथा जनशक्ति उत्पादनका माध्यमबाट सहयोग गर्दै आएका जापानी संस्थाहरुसंग आगामी सहयोगका विषयमा केन्द्रीत उक्त कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै नेपालका लागि पूर्व जापानी राजदुत मित्सुआकी कोजिमा (Mitsuaki Kojima) ले नेपाली निजी क्षेत्रको प्रतिनिधि संस्था महासंघ र नेपाली राजदुतावासले आयोजना गरेको यो कार्यक्रमले दुवै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई प्रगाढ पार्न ठूलो सहयोग पुर्žयाएको विश्वास प्रकट गर्नुभयो । उहांले नेपालको विकास प्रयासमा आफूले स्वदेशमा रहेर सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा जापानका लागि नेपाली राजदुत गणेश योन्जनले नेपाली निजी क्षेत्रले नेपाल-जापान बीचको विद्यमान आर्थिक व्यवसायिक सम्बन्ध विस्तार सहित जनशक्ति विकासमा जापानबाट गरेको अपेक्षालाई पूरा गर्न राजदुतावासको तर्फबाट आफूले पूर्ण सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

नेपाली राजदुतावासका वरिष्ठ अधिकृतहरु, जीट्कोका वरिष्ठ उपाध्यक्ष केनसुकी सुजुकी (Kensuke Tsuzuki, Senior Vice President, JITCO), जेट्रोका पदाधिकारीहरु, गैरआवासीय नेपाली संघका उपाध्यक्ष देवमान हिराचन, एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद-जापानका सदस्य किरण थापा, नेपाली औद्योगिक प्रशिर्थीहरुको माग गर्ने जापानी संस्थाहरुका पदाधिकारी तथा जापान चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रि (JCCI) का पदाधिकारीहरु लगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको सो कार्यक्रममा नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापानी लगानीको सम्भाव्यता औल्याइएको थियो ।

महासंघका अध्यक्ष जोशीले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्नुहुंदै जापानमा नेपाली औद्योगिक प्रशिक्षार्थीहरुको थप सम्भाव्यता विषयमा जीटकोसंग भएको छलफल निकै उपलव्धीमुलक भएको बताउनु भयो । उहांले भन्नु भयो- औद्योगिक प्रशिक्षार्थी पठाउने सम्बन्धमा नेपाल सरकार, जीटको र महासंघ बीच भएको सम्झौता नेपाली उद्यमीहरुलाई प्राविधिक रुपमा सक्षम पार्न "कोशेढुंगा" भएको छ । यसका लागि आभार समेत प्रकट गर्नुभयो ।

अध्यक्ष जोशीले यतिखेर नेपालका लागि कृषि, निर्माण, खाद्य प्रशोधन, उत्पादनमुलक क्षेत्र, कपडा, मेसिनरी, फर्निचर उत्पादन तथा मत्स्यपालन जस्ता क्षेत्रमा दक्ष जनशक्तिको आवश्यक रहेकोले यी क्षेत्रहरुमा नेपाली औद्योगिक प्रशिक्षार्थीहरु माग गर्न जापानी संस्थाहरुलाई आग्रह गर्दै नेपाललाई माया गर्ने जापानी जनताहरु एवं जापानमा रहेर विभिन्न अनुभव हासिल गर्नु भएको नेपालीहरुलाई समेत सहयोग गर्न आग्रह गर्नुभयो ।

यसैबीच महासंघको प्रतिनिधिमण्डलले ओसाका चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रि (Osaka Chamber of Commerce & Industry) का पदाधिकारीहरुसंग आज ओसाकामा भेटगरि नेपाल र ओसाका बीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध, लगानी, प्रविधि आदान प्रदान लगायतका विषयमा विस्तृत छलफल गर्žयो ।

सो कार्यक्रममा महासंघका अध्यक्ष सहित सदस्यहरु महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलकबहादुर राणाभाट, महासंघका महानिर्देशक मेघनाथ न्यौपाने, नेपाल आर्थिक पत्रकार समाजका सदस्य हृदयराज गौतम र महासंघका वरिष्ठ अधिकृत उत्तमबहादुर लाखेको सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.