»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















थाइलैण्डमा एक गाउँ एक उत्पादन कार्यक्रम अध्ययन गर्न महासंघको टोली त्यसतर्फ प्रस्थान (२०६६/५/२१)


नेपाल उद्योग वाणिज्य महासंघको पहलमा एशियन मुलुक थाइलैण्डमा निकै सफलता पाएको एक गाउँ एक उत्पादन कार्यक्रम (One Village One Product - OVOP) को अध्ययन गर्न २६ सदस्यीय महासंघको व्यवसायिक प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ΕΎयो । महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी एवं सदस्यहरु हुनुहुन्छ ।

महासंघका सदस्य संघहरुको सक्रियतामा आयोजित यस अध्ययन अवलोकन भ्रमणमा महासंघको प्रतिनिधिमण्डलले थाइलैण्डले उक्त कार्यक्रममा हासिल गरेको अनुभव, वस्तु उत्पादन क्षेत्र, उत्पादन छनौट प्रक्रिया, कार्यशैली, बजार विस्तार, उत्पादन विविधिकरण, गुणस्तर समेतका विषयमा कार्य क्षेत्रमै अवलोकन तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

एक गाउँ एक उत्पादन कार्यक्रम र्सवप्रथम सन् १९७९ मा जापानमा आइता प्रान्तका पूर्व गभर्नर मोरिहिको हिरामात्सुले अभियानको रुपमा संचालन गरेका थिए । यो कार्यक्रमको सफल कार्यान्वयन भएबाट स्थानिय समुदायको आर्थिक उन्नती अरिरिक्त आइता प्रान्तको उत्पादन जस्तै सिटाके च्याउ, कावोसु लाइम, ग्रिन हाउन मान्दरिन, डिष्टिल्ड वार्ली स्पिरिट जापानकै राष्ट्रिय व्राण्डका रुपमा विकसित भएका छन् । हाल कार्यक्रमबाट थाइलैण्ड, इण्डोनेशिया, मलेशिया, चीन, कम्वोडिया लगायत विभिन्न मुलुकहरुमा सफल रुपमा कार्यान्वयनमा आई ती देशहरुको अर्थतन्त्रमा निकै ठूलो योगदान दिएको छ । थाइलैण्डले प्रत्येक वर्षकरिव १५ सय मिलियन अमेरिकी डलर वरावरका एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत विकास गरिएका उत्पादनहरु निर्यात गर्दै आएको छ ।

निजी क्षेत्रको लामो प्रयासपछि नेपाल सरकारबाट आर्थिक वर्ष २०६३/०६४ साउनदेखि सरकारी अवधारणामा यस कार्यक्रमलाई समावेश गरि नेपाल सरकार र महासंघको सहकार्यमा एक गाउँ एक उत्पादन कार्यक्रम लागू गरिएको हो । पहिलो चरणमा रामेछाप र सिन्धुलीमा जुनार, भक्तपुरमा लप्सी, बर्दिया र सिराहामा वेल तथा रसुवा र नुवाकोट जिल्लामा रेन्वोट्राउट माछालाई एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत विकास गरिएको छ । त्यसैगरि दोश्रो चरणमा २ जिल्लाहरुलाई थप गरि ललितपुरमा सिम्विडियम अर्किड र लेखनाथ कास्कीमा एग्रो टुरिजमलाई यस कार्यक्रम अन्तरगत अगाडी बढाइएको छ ।

स्थानिय समूदायको शीपलाई चरम उपयोग गरि बजारको माग अनुरुप स्थानिय शीप प्रयोग गरि स्थानीय वस्तु उत्पादन गर्ने, निर्यात सम्भाव्यता भएका वस्तुको पहिचान गरी अन्तराष्ट्रिय वजारमा प्रतिस्पर्धा गर्न सकिने वस्तुको व्राण्ड प्रवर्द्धन गर्ने, स्थानिय समूदायको आय वृद्धि गरि गरिवी न्युनिकरण गर्ने यो कार्यक्रमको मुख्य लक्ष रहेको छ ।

प्रतिनिधिमण्डलका सदस्यहरुमा टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज रावल, उपाध्यक्ष आनन्द हमाल, महासचिव सुरेन्द्र किसोर गिरी, कार्यसमिति सदस्यहरु चेतमान खत्री र चक्रपाणी सापकोटा, अछाम उवासंघका उपाध्यक्ष तेजप्रसाद ढुंगाना, कैलाली उवासंघका सचिव नारायण लम्साल, कार्य समिति सदस्य लक्ष्मीकान्त ढकाल, वझाङ उवासंघका अध्यक्ष ओमजंङ वहादुर सिंह, सप्तरी उवासंघका महासचिव सुरेशकुमार सिंह, मुगु उवासंघका अध्यक्ष नरविर रावत, पूर्व उपाध्यक्ष चम रावत, कार्यसमिति सदस्य तीलकबहादुर मल्ल, मुगुउवासंघका हरि जंग साही, नुवाकोट उवासंघका रमेश श्रेष्ठ, जलेश्वर उवासंघका कृपाशंकर साह, लभराज सिंह, हेमचन्द्र प्रसाद साह, प्रतिक गुप्ता, नवलपरासी उवासंघका कार्यसमिति सदस्य कुल प्रसाद शर्मा घिमिरे, गुलरिया उवासंघका महासचिव वालकृष्ण लामिछाने, सदस्यहरु रामसिंह थारु, पुष्पराज वराल, वाग्लुङ उवासंघका कुमार खड्का र महासंघका अधिकृत केदारराज जोशी हुनुहुन्छ ।

स्मरणीय छ-महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारको नेतृत्वमा यसअघि गत साउन २५ देखि ३० गतेसम्म महासंघको प्रतिनिधिमण्डलले थाइल्याण्डको भ्रमण गरि उक्त कार्यक्रमको अध्ययन अवलोकन गरेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.