प्रधानमन्त्री माधवकुमार नेपालसंग नेपालको तीनदिने भ्रमणमा आएको भारतीय उद्योग महासंघ (Confederation of Indian Industries - CII) को व्यवसायिक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास वालुवाटारमा भेट गर्žयो ।
उक्त भेटघाटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी तथा उपाध्यक्षहरु भाष्करराज राजकणिर्कार र प्रदीपजंग पाण्डे तथा सीआईआईका तर्फबाट ए.पी. मुल (AP Mull) को नेतृत्वमा आएको १८ सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रधानमन्त्री नेपाल समक्ष भारतीय व्यवसायिक प्रतिनिधिमण्डलले दुई देश बीचको आर्थिक व्यापारिक सम्बन्धलाई अझ विस्तार गर्दै नेपालमा भारतीय लगानीका लागि आवश्यक वातावरण निर्माणमा जोड दिएको थियो । भारतीय लगानी विस्तारका सम्बन्धमा नेपाल सरकार तथा निजी क्षेत्रसंग छलफल गर्न नेपाल भ्रमणमा आएको स्पष्ट पार्दै प्रतिनिधिमण्डलले लगानीको वातावरणलाई थप सहज र उपयुक्त बनाउन आग्रह गर्žयो ।
सो अवसरमा प्रधानमन्त्री नेपालले भारतीय लगानीका लागि आवश्यक सवै प्रकारको सहयोग गर्ने विश्वास दिलाउंदै नेपालमा ढुक्क भएर लगानीका लागि आग्रह गर्नुभयो । उहांले वाणिज्य सन्धि परिमार्जन पश्चात द्विपक्षीय व्यापार, लगानी विस्तार तथा हाल देखा परेका समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको वताउनु हुंदै यसका लागि भारतीय पक्षबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
त्यसअघि नेउवामहासंघको आयोजनामा भारतीय व्यवसायिक प्रतिनिधिमण्डलसंग हिजो काठमाडौंमा व्यवसायिक बैठक आयोजना गरिएको थियो । महासंघका तर्फबाट अध्यक्ष कुशकुमार जोशी र भारतीय व्यवसायिक प्रतिनिधिमण्डलको तर्फबाट एपी मुल (AP Mull) ले नेतृत्व गर्नुभएको सो बैठकमा नेपालमा भारतीय संयुक्त लगानी विस्तार, आयात निर्यात व्यापारमा देखा परेका समस्या, कृषि उत्पादनको भारत निकासीमा उत्पन्न कठिनाई, जलविद्युत, पर्यटन, शिक्षा आदि क्षेत्रमा हुन सक्ने सहकार्यका विषयमा विस्तृत छलफल भयो ।
बैठकमा प्रधानमन्त्रीको हालै सम्पन्न भारतको सद्भावना भ्रमणका क्रममा भारतीय उद्यमी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि भएको आव्हान तथा "वाणिज्य सन्धि" परिमार्जन सम्बन्धमा बैठकमा समिक्षा गर्दै सन्धि परिमार्जन पश्चात अनधिकृत व्यापार नियन्त्रण, लगानी विस्तार तथा व्यापार घाटामा समेत सुधार आउने अपेक्षा गरियो ।
बैठकको प्रारम्भमा भारतीय व्यवसायिक प्रतिनिधिमण्डलको स्वागतका क्रममा महासंघका अध्यक्ष जोशीले सम्वृद्धिका लागि नेपाल नयां व्यवसाय, नयां सोच, नयां प्रविधि र नयां लगानीको खोजीमा रहेको स्पष्ट पार्नुहुंदै आर्थिक विकासका लागि देशभित्र राजनीतिक प्रतिवद्धता समेत भएको सर्न्दर्भमा भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । अध्यक्ष जोशीले बैठकका क्रममा भारतीय पक्षबाट प्राप्त सुझाव तथा नेपालमा व्यापार तथा लगानीका लागि व्यक्त चासोलाई मनन गर्दै महासंघले नेपाल सरकार समक्ष पहल गर्ने विश्वास समेत दिलाउनु भयो ।
महासंघका पूर्व अध्यक्षहरु, पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको सहभागिता रहेको सो बैठकमा अध्यक्ष जोशीले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुहरुको भारत निकासीका क्रममा लाग्दै आएका विभिन्न कर तथा गैर कर अवरोधहरु हटाई सिमाक्षेत्रमा रहेका भंसार विन्दूहरुलाई सुविधा सम्पन्न बनाउने, अन्य सम्भावित स्थानहरुमा भंसार विन्दूहरु थप गर्ने, टेष्ट ल्यावहरुको स्थापनालाई तिब्रता दिने र नेपाली वस्तुहरुको गुणस्तरलाई भारतीय बजारमा मान्यता दिनु पर्ने सुझाव दिनु भयो ।
सो अवसरमा भारतीय व्यवसायिक प्रतिनिधिमण्डलका नेता मुलले भ्रमणको उद्देश्य माथि प्रकाश पार्दै नेपालमा भारतीय लगानी विस्तारका लागि आवश्यक वातावरण निर्माणमा जोड दिनु भयो । भारत भ्रमणका क्रममा नेपाली प्रधानमन्त्रीबाट भारतीय लगानीकर्तालाई लगानीका लागि भएको आव्हानबाट भारतीय लगानीकर्ताहरु उत्साहित भएको प्रशंग उल्लेख गर्नुहुंदै नेता मुलले यसका लागि सवै प्रकारको वातावरण निर्माणमा नेपाल सरकार तथा नेपाली निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहांले वातावरण निर्माणका लागि प्रधानमन्त्री लगायत मन्त्रीहरुसंगको भेटमा पनि धारणा राख्ने स्पष्ट पार्दै लगानी विस्तारका लागि भारतीय उद्योग महासंघले नेपाल उद्योग वाणिज्य महासंघसंग निरन्तर सर्म्पर्कमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो ।
महासंघका उपाध्यक्ष प्रतिपजंग पाण्डेले राष्ट्रका हिसावले हामी दई देशका नागरिक भएपनि व्यवसायिक सम्बन्धका दृष्टिकोणबाट हामी व्यवसायीहरु एक भएको धारणा राख्दै यही भावनाले नेपालमा लगानी विस्तार गर्न भारतीय उद्यमीहरुलाई आव्हान गर्नु भयो । यसका लागि आइपर्ने सवै प्रकारको सहयोग गर्न नेपाली निजी क्षेत्र तयार रहेको विश्वास दिलाउनु भयो ।
नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुण चौधरीले आर्थिक सम्वृद्धि सहित सामाजिक रुपान्तरणको अभियानमा रहेको नेपालमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गर्नुभयो । उहांले समस्याका बीचमा धेरै सम्भाव्यता रहेको नेपालमा संचालित कतिपय भारतीय उद्योगहरुले धेरै राम्रो नतिजा हासिल गर्न सफलता पाएको चर्चा गदै नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न भारतीय उद्यमीहरुलाई अनुरोध गर्नुभयो ।
सो अवसरमा भएको छलफलमा नेपालमा जलविद्युत, शिक्षा, पर्यटन, कृषि क्षेत्रमा संयुक्त लगानीको सम्भाव्यता रहेकोले उपयुक्त वातावरण सहित आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको थियो ।