»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल व्यापार सम्बन्धी रणनीति तथा निर्यात सम्भाव्यताको मूल्याङकन विषयक गोष्ठीमा निर्यातको विद्यमान अवस्थामाथि गम्भीर छलफल (२०६६/५/३१)


नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजना तथा अन्तराष्ट्रिय व्यापार केन्द्र जेनेभा र यूएनडीपी इन्टरेक (ENTRec/UNDP) को सहयोगमा नेपाल व्यापार सम्बन्धी रणनीति तथा निर्यात सम्भाव्यताको मूल्याङकन (Nepal Trade Integration Strategy - NTIS and Launching of Export Potential Assessment - EPA) विषयक कार्यशाला आज काठमाडौंमा आयोजना गरियो ।

नेपाल सरकारद्वारा अन्तराष्ट्रिय सहयोग साझेदार संस्थाहरु डिएफआइडी (DFID), फिनल्याण्ड सरकार (Government of Finland), अन्तराष्ट्रिय व्यापार केन्द्र (ITC), यूएनडीपीको सहयोग तथा निजी क्षेत्रको सक्रिय सहभागितामा नेपाल व्यापार सम्बन्धी रणनीति तयारी भैरहेकोछ । यसबाट नेपालको निर्यात व्यापारलाई बढावा दिन बस्तु पहिचान एवं समस्या निराकरणमा प्राविधिक सहायता उपलव्ध हुनुका साथै विश्व व्यापार संगठनको सदस्यका नाताले अन्तराष्ट्रिय व्यापार प्रणालीमा राष्ट्रलाई आवद्ध गराउनुका साथै भूमण्डलीकरणबाट प्राप्त हुने फाइदा तथा समस्या समाधानमा एउटा विश्लेषणात्मक दस्तावेज उपलव्ध हुने छ ।

सरकार, निजी क्षेत्र र दातृ निकायहरु तथा सरोकारवाला संस्थाहरुको सक्रिय सहभागितामा आयोजित यस गोष्ठीमा सन् २००४ मा तयार गरिएको नेपाल व्यापार सम्बन्धी रणनीतिक प्रतिवेदन माथि समिक्षा गर्नुका साथै यस अवधिमा विकास भएका नयाँ निर्यातयोग्य वस्तुहरुको पहिचान, निर्यात गर्दाका वखत राष्ट्रिय अन्तराष्ट्रिय रुपमा उत्पन्न समस्या पहिचान, निराकरणका उपायहरु, समस्या समाधानमा जिम्मेवार निकायको पहिचान, आवश्यक नीति नियमको तर्जुमा लगायतका विषयमा विस्तृत छलफल भएको छ । आजको गोष्ठीबाट तयार पारिएको दस्तावेज नेपाल सरकारको एउटा महत्वपूर्ण दस्तावेज हुने र सोही दस्तावेजका आधारमा सरकारले राष्ट्रिय अन्तराष्ट्रिय व्यापार प्रवर्द्धमा महत्वपूर्ण योजनाहरु तर्जुमा गर्नेछ ।

गोष्ठीमा सभापतिको आशनबाट महासंघका अध्यक्ष कुशकुमार जोशीले हालको आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन नसकेसम्म मुलुकको अर्थतन्त्र दीगो हुन नसक्ने हु“दा निर्यात सम्भाव्यता भएको वस्तुहरुको पहिचान, विद्यमान समस्या समाधान, नीतिगत सुधार, नेपाली मौलिक वस्तुहरुको विकास तथा अन्तराष्ट्रिय वजार प्रवर्द्धनमा जोड दिनु भयो । अध्यक्ष जोशीले गोष्ठीबाट नेपालको निर्यात व्यापारलाई आगामी दिनमा अगाडी बढाउन निकै महत्वपूर्ण सुझावहरु प्राप्त भएकोले सुझावहरुको कार्यान्वयनमा सरकारलाई आग्रह गर्दै निजी क्षेत्रको तर्फबाट पूर्ण सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

विनोद कर्माचार्य, रमेश चित्रकार, अन्तराष्ट्रिय विज्ञहरु थेरी नोयीली (Thierry Noyelle), र थेरी पाउलीमियर (Thierry Paulmier), मुरारी गौतमले कार्यपत्र प्रस्तुत गर्नु भएको सो कार्यक्रममा वाणिज्य मन्त्रालयका सचिव पुरुशोत्ततम ओझा, सहसचिव डा. वद्री पोखरेल, यूएनडीपीका प्रतिनिधि, महासंघको निर्यात प्रवर्द्धन फोरमका सल्लाहकार राजेन्द्र बहादुर श्रेष्ठले निर्यात क्षेत्रको विद्यमान अवस्था, समस्या, सम्भाव्यता तथा अन्तराष्ट्रिय आर्थिक मंचहरुमा नेपालको सहभागिता पश्चातको यथास्थितिका विषयमा आ-आफनो धारणा राख्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.