नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला महासंघ बीच नेपाली हस्तकला क्षेत्रको विकासका विविध विषयमा आज महासंघ सचिवालयमा विस्तृत छलफल भयो । महासंघका अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्ष भाष्करराज राजकणिर्कार तथा हस्तकला महासंघका नवनिर्वाचित अध्यक्ष विकासरत्न धाख्वाको नेतृत्वमा आएको सो महासंघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डल बीच सो छलफल भएको हो ।
सो अवसरमा हस्तकला महासंघको तर्फबाट मुलुकको प्रमुख निर्यातमुलक हस्तकला वस्तुहरुको निर्यात प्रवर्द्धनका लागि विशेष नीति कार्यक्रम ल्याउनु पर्ने, हस्तकला वस्तुहरुको निकासीमा देखिएका समस्याहरुको निराकरण गर्नुपर्ने, यसस“ग सम्बन्धी सूचना जानकारीहरु दुवै महासंघ बीच निरन्तर आदान प्रदान हुनुपर्ने, अन्तराष्ट्रिय वजार प्रवर्द्धनमा विशेष प्याकेज कार्यक्रमहरु आउनु पर्ने, गैर कानूनी रुपमा आयातित नक्कली वस्तुहरुबाट स्वदेशी हस्तकलाका वस्तुहरुको संरक्षण गर्न विशेष नीति आउनु पर्ने लगायतका विषयमा जोड दिइएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष जोशीले महासंघले आफना सवै वस्तुगत संघहरुलाई विशेषज्ञ क्षेत्रको रुपमा विकास गरि लैजाने नीति अनुरुप कार्य गर्दै आएको जानकारी गराउ“दै प्रमुख निकासी मुलक उद्योगको रुपमा स्थापित हस्तकला व्यवसायको विकासका लागि दुवै महासंघ बीच निरन्तर सहकार्य हुनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष जोशीले हस्तकला महासंघबाट उठाएका विषयहरुलाई नेउवामहासंघले गम्भीरतापूर्वक लिई समग्रमा यस क्षेत्रको विकासमा सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले महासंघले आफ्ना वस्तुगत संघहरुको विकासलाई अगाडी वढाउने योजना अनुरुप हालै वस्तुगत संघहरुसंग वृहद अन्तरक्रिया कार्यक्रम आयोजना गरि उनीहरुको राय सुझाव लिएको र सोही राय सुझावका आधारमा आगामी कार्यक्रम तय गर्ने जानकारी गराउ“दै महासंघको एक सक्रिय वस्तुगत सदस्य हस्तकला महासंघले छलफलका क्रममा उठान गरेका विषयहरुले पनि सो कार्यमा महत्वपूर्ण सहयोग पुर्याउने बताउनु भयो ।
सो भेटघाट कार्यक्रममा महासंघको व्यापार मेला समितिका सभापति एजी शेर्पा, हस्तकला प्रवर्द्धन फोरमका संयोजक कल्याणकृष्ण ताम्राकार र महानिर्देशक मेघनाथ न्यौपानेको पनि उपस्थिति रहेको थियो ।