नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको नवौं बैठक महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा असोज ५ गते काठमाडौंमा बस्यो । उक्त बैठकले महासंघको आगामी बैठक मलेशियामा आयोजना गर्ने निर्णय सहित समसामयिक विषयमा गम्भीर छलफल गरेको छ ।
मलेशियाले हासिल गरेको विकासका वारेमा अध्ययन, अवलोकन एवं द्विपक्षीय साथै लगानी अभिवृद्धि गर्ने सम्बन्धमा सम्बन्धित पक्षहरुसंग छलफल गरि नेपालमा द्रुतमार्ग निर्माण गर्न, काठमाडौंको फोहोर व्यवस्थापनबाट उर्जा उत्पादन गर्न मलेशियन प्रविधि एवं लगानी भित्रयाउने उद्देश्यले सो बैठक मलेशियामा आयोजना गर्न लागिएको हो ।
बैठकले राष्ट्र बैंकको व्यवस्थापकीय कमजोरी देखाई बैंक तथा वित्तिय संस्थाहरुले माग अनुरुप रकम दिन नसक्दा महानचाड बडा दशैको मुखमा व्यवसायी, कर्मचारी तथा र्सवसाधारणले भोग्नु परेको समस्याप्रति गम्भीर चिन्ता प्रकट गर्दै नोटको व्यवस्थापनमा देखिएको उदासिनताले पर्न गएको समस्यालाई जिम्मेवारीपूर्वक तत्काल उचित व्यवस्थापन गर्न राष्ट्र बैंकको ध्यानाकर्षा गराउन जोड दिएको छ ।
बैठकको प्रारम्भमा अध्यक्ष जोशीले कार्यकारिणी समितिको आठौं बैठक पश्चात महासंघबाट सम्पन्न भएका कार्यक्रम एवं लिएका नीतिगत अवधारणाका विषयमा बैठकलाई जानकारी गराउनु भयो । विशेषतः सरकारको बजेट वक्तव्य एवं आर्थिक विधेयकपछि कर, भन्सार, राजश्व लगायत अन्य उद्योग एवं आर्थिक क्षेत्रमा परेको प्रभाव र सुधारका कार्यक्रम वारेमा महासंघले विभिन्न तह र क्षेत्रमा पहल गर्दै आएको, चितवन निकुञ्ज भित्रका होटलहरु बन्दको प्रभाव र यी होटल बन्द खुलाउन सरकारसंग भएको पहल, सुरक्षा बलको गठन व्यवस्था बजेट वक्तव्यमा भएबाट सो वारेमा छलफल भई रहेको जानकारी गराउनु भयो । त्यसैगरि महासंघबाट हालै सम्पन्न जापान, थाइल्याण्ड, अष्ट्रेलिया, चीन भ्रमणबाट ती देशहरुमा आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्न, आर्थिक कुटनीतिलाई सशक्त रुपमा अगाडी बढाउने कार्यमा नेपाली नियोगहरुस“ग सर्म्पर्क विस्तार गर्न महासंघलाई निकै सफलता मिलेको पनि जानकारी गराउनु भयो ।
बैठकले महासंघको आर्थिक वर्ष२०६६/०६७ को लागि रु. ५ करोड २६ लाख ९० हजारको आय व्यय वाषिर्क बजेट पारित गरेको छ ।
महासंघका पूर्व अध्यक्षहरुको पनि उपस्थिति रहेको सो बैठकले महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकणिर्कार, प्रदीपजंग पाण्डेद्वारा प्रस्तुत परिषद तथा समितिको प्रतिवेदन र विभिन्न समिति तथा फोरमका सभापति एवं संयोजकहरुद्वारा प्रस्तुत गतिविधि एवं आगामी कार्यक्रम एवं महानिर्देशकको प्रतिवेदनलाई संशोधन सहित अनुमोदन गरेको छ ।