नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल र नेपाली धर्म, संस्कृति एवं परम्पराको उल्लासमय पावन उत्सवहरुका अवसरमा आपसी सद्भाव र सदाशयताको शुभ-कामना आदान प्रदान गर्ने उद्देश्यले यही असोज २६ गते सोमवार काठमाडौंमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघद्वारा पहिलो पटक आयोजना गरिन लागेको चियापान कार्यक्रममा सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, प्रधानन्यायाधिश, मन्त्रीहरु, सभासदहरु, संवैधानिक अंगका प्रमुखहरु, राजनीतिक दलका शीर्षस्थ नेताहरु सहित अन्य नेताहरु, नेपाल सरकारका सचिवहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका पदाधिकारीहरु, उद्योगी व्यवसायीहरु, दातृ संस्थाका पदाधिकारीहरु, कलाकार, पत्रकार, कानून व्यवसायी, नागरिक समाज, सहित समाजका लव्ध प्रतिष्ठित व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।
चियापान कार्यक्रम अपरान्ह त्रिभुवन आर्मी अफिर्सस क्लव, भद्रकाली, काठमाडौं आयोजना हुनेछ ।