»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















स्याङजाको व्यवसायिक प्रतिनिधिमण्डल महासंघमा- दीर्घकालिन योजना सहित अघि बढ्न महासंघका अध्यक्ष जोशीको आग्रह (२०६६/६/२७)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले उद्योग वाणिज्य संघहरुको महत्व दिनप्रतिदिन बढ्दै गएकाले संघहरुले आफूलाई स्थानीय तहमा सोही अनुरुप स्थापित गर्दै जानुपर्नेमा जोड दिनुभएको छ । चेम्वर अध्ययन अवलोकन भ्रमणका क्रममा स्याङजा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्सालको नेतृत्वमा हिजो महासंघमा आएको प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै अध्यक्ष जोशीले अहिले उद्योग वाणिज्य संघहरु जनताका आस्था केन्द्र बन्दै गएकाले संघहरुले आफूलाई सोही अनुरुप जिम्मेवार निकायको रुपमा प्रस्तुत गर्दै जान सुझाव दिनु भयो ।

अध्यक्ष जोशीले महासंघको लक्ष्यनै सदस्य संघहरुलाई सक्षम र प्रभावकारी संस्थाको रुपमा विकसित गर्दै लैजाने भएकाले महासंघका कार्यक्रमहरु सोही अनुरुप परिलक्षित रहेको स्पष्ट पार्नुभयो । अहिले विभिन्न दातृ निकायहरुले नेपालको आर्थिक विकासका लागि नेपाली निजी क्षेत्रसंग मिलेर कार्य गर्न ठूलो इच्छा देखाएका र कतिपय कार्यक्रमहरु प्रारम्भ समेत भएको जानकारी दिनु हु“दै अध्यक्ष जोशीले स्याङजामा रहेको सम्भाव्यता के हो, कुन क्षेत्रमा स्याङजालाई अगाडी बढाउन सकिन्छ त्यसका लागि दीर्घर्कालिन योजना सहितको कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

नेपाल सरकारसंगको साझेदारीमा महासंघले अगाडी बढाएका एक गाउँ एक उत्पादन, इलम प्रशिक्षण कार्यक्रम तथा स्वरोजगार कार्यक्रमहरु महासंघकै सदस्य संघहरुको सहभागितामा कार्यान्वयनमा आएको र यसबाट जिल्लामा शीप विकास, रोजगारी सृजना तथा वस्तु विकासमा समेत महत्वपूर्ण अवसर प्राप्त भएकाले यसको सफल कार्यान्वयनमा महासंघले सदस्यहरुबाट ठूलो अपेक्षा गरेको बताउंदै स्याङजा जिल्लामा विकसित हुंदै गएको कफी खेतीलाई एक गाउँ एक उत्पादन अन्तरगत समावेश गरि अघि बढाउने प्रक्रियाको थालनी भैसकेको अध्यक्षले बताउनु भयो ।

महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले महासंघले ल्याएका सम्पूर्ण कार्यक्रमहरु सदस्यहरुकै प्रवर्द्धनमा केन्द्रीत रहेको स्पष्ट पार्दै छिट्टै आउन लागेको नयाँ औद्योगिक नीतिले घरेलु तथा साना उद्योगको विकासलाई निकै ठूलो प्राथमिकता दिएको र उक्त नीति निर्माणमा समेत महासंघले ठूलो भूमिका निर्वाह गरेको जानकारी गराउनु भयो । उक्त नीतिको कार्यान्वयन पश्चात सवै प्रकारका घरेलु तथा साना उद्योगहरुले आफूलाई विकास गर्ने आवश्यक वातावरण पाउने विश्वास प्रकट गर्नुभयो ।

प्रतिनिधिमण्डलका नेता एवं स्याङजा उवासंघका अध्यक्ष लम्सालले भ्रमणको उद्देश्य माथि प्रकाश पार्दै संघले कृषि, पर्यटन तथा घरेलु उद्योगलाई केन्द्र बिन्दूमा राखेर ग्रामिण इलाकामा रहेका विपन्न वर्गका मानिसहरुको जीवनस्तर उकास्न तथा आत्मनिर्भर बनाउन आगामी दिनमा स्थानीय निकायहरुस“ग समन्वय गरि संयुक्त रुपमा साझेदारी कार्यक्रमहरु संचालन गर्ने लक्ष्य रहेकाले महासंघका तर्फबाट सहयोगको आग्रह गर्नुभयो ।

महासंघका महानिर्देशक मेघनाथ न्यौपानेको पनि सहभागिता रहेको सो अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरुले भ्रमणबाट प्राप्त अनुभव एवं जिल्लामा रहेका सम्भाव्यता र महासंघबाट हुनु पर्ने सहयोगका विषयमा आ-आफ्ना धारणाहरु राख्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.