»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















वीरगंजका व्यवसायी माथि भएको जघन्य आक्रमणको महासंघद्वारा निन्दा एवं भत्र्सना (२०६६/६/२९)


आपराधिक समूहको गोली प्रहारबाट गम्भीर घाइते भई उपचारमा रहनु भएका वीरगंज उपमहानगरपालिका १३ आदर्शनगरका कपडा व्यापारी मनोज हरलालको आज विहान निधन भएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ गम्भीर चिन्ता प्रकट गर्दै कपडा व्यापारिद्वय हरलाल र राजुसाह कानूमाथि यही असोज २७ गते मंगलवार भएको जघन्य आक्रमणको घोर निन्दा एवं भत्र्सना समेत गर्दछ ।

विगतमा पनि व्यवसायी माथि भएका यस्तै जघन्य आक्रमणलाई दृष्टिगत गरि महासंघले नेपाल सरकारलाई शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी पार्न र व्यवसायीलाई निर्धक्कसंग व्यवसाय गर्ने वातावरण दिन सुझाव दिंदा समेत वेवास्ता गर्दा आज यस प्रकारका आक्रमणहरु दोहोरिरहेको ठहर महासंघको छ ।

आफ्नो व्यवसाय गरि बसेका नागरिकमाथि भएको यसप्रकारको जघन्य आक्रमणबाट शान्ति सुरक्षाको अवस्था कति भरपर्दो छ भन्नेमा संका पैदा भएको छ । तर्सथ, व्यापारीद्वयको आक्रमणमा संलग्न अपराधिलाई तत्काल नियन्त्रणमा लिई घटनाको यथार्थता सार्वजनिक गरेर घटनामा संलग्न दोषी उपर कडाभन्दा कडा कारवाही गर्न महासंघ नेपाल सरकार लगायत सम्बन्धित सबैमा अपिल गर्दछ ।

महासंघ घाइते व्यापारी कानूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै स्वर्गिय हरलालको सोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरस“ग प्रार्थना समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.