»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मानव संसाधन विकासमा रोजगारदाताहरुको रणनीति विषयक सम्मेलनमा भाग लिन उपाध्यक्ष पाण्डे वेइजिङ प्रस्थान (२०६६/७/१०)


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे आर्थिक मन्दीबाट रोजगारीमा देखिएको विश्व समस्याका सन्दर्भमा एशिया क्षेत्रका रोजगारदाता संगठनहरुको मानव संशाधन विकासमा नविनतम रणनीति (Innovative Strategy of Human Resource Development by Employers' Organisation in Asian Region in Response to Global Job Crisis) विषयक सम्मेलनमा भाग लिन चीनको राजधानी वेइजिङ तर्फप्रस्थान गर्नुभयो । सो सम्मेलनमा भाग लिन उपाध्यक्ष पाण्डेका साथ महासंघका उपनिर्देशक हंसराम पाण्डे पनि त्यसतर्फप्रस्थान गर्नुभएको छ ।

जापानस्थित रोजगारदाताहरुको संस्था नेपोन केडिरेन इन्टरनेशनल कोअपरेशन सेन्टर (Nippon-Keidanren International Cooperation Center-NICC) र चीनिया“ उद्यमीहरुको महासंघ (China Enterprise Confederation) को संयुक्त आयोजनामा भोलीदेखि वेइजिङमा सो सम्मेलन शुरु हुंदैछ ।

दक्षिण एशिया तथा एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुका रोजगारदाता संगठनहरुका पदाधिकारी एवं प्रतिनिधिहरुको सहभागिता रहने उक्त सम्मेलन विहीवारसम्म चल्ने छ भने सम्मेलनमा प्रस्तुत विषयमाथि व्यापक छलफल गरि आगामी रणनीति गर्ने कार्यक्रम छ । महासंघका उपाध्यक्ष पाण्डेले अन्तराष्ट्रिय आर्थिक मन्दीबाट नेपाली अर्थतन्त्रमा परेको प्रभाव तथा नेपाली रोजगारदाता संगठनहरुको तयारीका विषयमा नेपालको अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.