»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सीआईआई प्रतिनिधिमण्डलस“ग बैठक- नेपाल र भारतीय व्यवसायीद्वारा संयुक्त लगानी प्रवर्द्धनका लागि सहकार्यमा जोड (२०६६/७/११)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा भारतीय उद्योग महासंघ (Confederation of Indian Indusrty-CII) को व्यवसायिक प्रतिनिधिमण्डलको सम्मानमा आज काठमाडौंमा आयोजना गरिएको बैठकमा दुवै देशका उद्यमी व्यवसायीहरुले हिजो मात्र हस्ताक्षर सम्पन्न भएको नविकृत नेपाल-भारत वाणिज्य सन्धिको मर्म र भावना अनुरुप द्विपक्षीय लगानी एवं व्यापार विस्तारका लागि संयुक्त रुपमा कार्य गर्नु पर्नेमा जोड दिएका छन् ।

महासंघ र सीआईआईले संयुक्त रुपमा लगानी विस्तारका सम्भाव्य क्षेत्र पहिचान, संयुक्त लगानीमा संचालित उद्योग व्यवसायहरुले भोग्नु परेका समस्या पहिचान सहित समाधान, लगानी विस्तारका लागि वातावरण निर्माण, नयां वाणिज्य सन्धिमा व्यवस्था गरिएको प्रावधानको अक्षरस कार्यान्वयन लगायतका विषयमा कार्य गर्नुपर्ने सुझाव दिएका थिए ।

दुवै देशका वाणिज्य मन्त्रीहरुबाट हस्ताक्षर भएको नविकृत वाणिज्य सन्धिप्रति खुशी प्रकट गर्दै बैठकमा दुवै देशका उद्योगीहरुले नयाँ सन्धिबाट दुई देश बीच व्यापार तथा आर्थिक सम्बन्ध अझ मजवुद हुने विश्वास प्रकट गरेका थिए । बैठकमा उद्यमीहरुले नेपालमा औद्योगिक व्यवसायिक वातावरण निर्माण, औद्योगिक विकासका लागि आवश्यक भौतिक पूर्वाधार विकास, लगानीमैत्री वातावरण निर्माण जस्ता क्षेत्रमा पनि सहकार्य गरेर जानु पर्नेमा जोड दिएका थिए ।

सो अवसरमा भारतीय व्यवसायिक प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष कुशकुमार जोशीले अनधिकृत व्यापार नियन्त्रण लगायत द्विपक्षीय व्यापारका क्रममा विगत एक दशक भन्दा बढी समयदेखि दुवै देशका व्यवसायीहरुले उठाई आएका विभिन्न मुद्दाहरुलाई नविकृत वाणिज्य सन्धीले सम्वोधन गरेको भन्दै नविकृत वाणिज्य सन्धी विभेदकारी करको अन्त्य, व्यापार सहजीकरण, लगायत दीगो व्यवसाय तथा लगानी विस्तारमा कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।

अध्यक्ष जोशीले दुई देश बीचको व्यापार तथा पारवहन सन्धिको प्रारम्भदेखिनै महासंघ र सीआईआईले निरन्तर रुपमा कार्य गर्दै आएको स्मरण गर्दै आउंदा दिनमा पनि यो सहकार्य निरन्तर जारी रहने विश्वास प्रकट गर्नुहुंदै नविकृत वाणिज्य सन्धिको उद्देश्यहरु परिपूति लगायत अनधिकृत व्यापार नियन्त्रणमा दुवै संस्था बीचको सहकार्य अझ मजवुद हुने विश्वास प्रकट गर्नुभयो ।

अध्यक्ष जोशीले अझै पनि नेपालमा उद्योग व्यवसाय कुनै न कुनै रुपमा राजनीतिबाट पिडीत भएको यथार्थता राख्दै राजनीतिबाट यस क्षेत्रलाई अलग गर्न महासंघ निरन्तर लागि रहेको स्पष्ट पार्दै जस्तो सुकै कठिन अवस्थामा पनि नेपालमा संचालित भारतीय संयुक्त लगानीका उद्योगहरुले देखाएको धैर्यताको प्रशंसा गर्दै यस्तै सहयोग आउने दिनमा हुने विश्वास प्रकट गर्नुभयो । साथै उहांले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि आव्हान गर्दै उद्योग व्यवसायलाई राजनीति प्रभावबाट मुक्त राख्न महासंघबाट निरन्तर कार्य भैरहेको विश्वास समेत दिलाउनु भयो ।

भारतीय व्यवासायिक प्रतिनिधिमण्डलका नेता भि.जी. शक्ति कुमार (V G Sakthi Kumar) ले नविकृत वाणिज्य सन्धि दुई देश बीचको व्यापार तथा आर्थिक सम्बन्ध विस्तारमा महत्वपूर्ण हुने विश्वास प्रकट गर्दै भारतले धेरै देशहरुसंग स्वतन्त्र व्यापार सम्झौता गरेको सन्दर्भमा नेपाल भारत वाणिज्य सन्धि हामी बीचको सम्बन्धको एउटा छुट्टै पहिचान भएको स्पष्ट पार्नुभयो ।

नेपालमा संयुक्त लगानीमा संचालित केही कम्पनीहरु श्रमजन्य, बन्द हड्ताल, उर्जा संकट, निर्णय प्रक्रियामा ढिला सुस्ती जस्ता समस्याहरुबाट पिडीत रहेकोले महासंघबाट समस्या समाधान सहित तिनीहरुको निर्वाध संचालनमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास प्रकट गर्नुभयो ।

नेपालको जलविद्युत विकासमा ठूलो मात्रामा भारतीय लगानी आउन सक्ने सम्भाव्यता तर्फसंकेत गर्दै उहांले यसका लागि महासंघका तर्फबाट भारतीय विभिन्न शहरहरुमा जलविद्युतमा लगानीका सम्भाव्यता विषयमा प्रस्तुतीहरु गर्न सल्लाह दिंदै त्यसका लागि सीआईआईका तर्फबाट पूर्ण सहयोग रहने विश्वास समेत दिलाउनु भयो । उहांले छिटै द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्बन्धी सम्झौता (Bilateral Investment Promotion and Protection Agreement) तथा दुई देश बीच पुनः द्वैध कर मुक्ति सम्झौता (Agreement on Avoidance of Double Taxation) गर्नु पर्ने सुझाव पनि दिनु भयो ।

सभासद एवं महासंघका पूर्व उपाध्यक्ष दिवाकार गोल्छा, नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुण चौधरी, महासंघको कार्यकारिणी समितिका सदस्यहरु, नेपालमा संचालित भारतीय उद्योगका प्रमुख कार्यकारिहरु, प्रतिष्ठित उद्योगी व्यवसायीहरु, भारतीय उद्योगी व्यवसायीहरुको सहभागिता रहेको उक्त बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले धन्यवाद मन्तव्य दिनुहुंदै संयुक्त लगानी विस्तार, नयाँ सम्भाव्य क्षेत्रहरुको पहिचान, विद्यमान चुनौती एवं समस्या समाधानमा प्राथमिकताका आधारमा महासंघ र सीआईआईबाट संयुक्त सहकार्य हुनुपर्ने बताउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.