»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पाल्पालाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न व्यवसायिक प्रतिनिधिमण्डलको जोड (२०६६/७/२४)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकार र प्रदीपजंग पाण्डेसंग विभिन्न जिल्लाहरुमा रहेका उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन सकेर पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष भुषण राजलवटको नेतृत्वमा आएको व्यवसायिक प्रतिनिधिमण्डलले आज महासंघ सचिवालयमा भेटगरि जिल्लाको आर्थिक व्यवसायिक विकासमा संघको तर्फबाट भएका गतिविधि तथा महासंघका तर्फबाट हुनु पर्ने सहयोगका विषयमा विस्तृत छलफल गर्žयो ।

सो अवसरमा भएको छलफलमा ऐतिहासिक, कला संस्कृति तथा भौगोलिक वनावटका कारण समेत महत्वपूर्ण मानिएको पाल्पामा पर्यटन विकासको पर्याप्त सम्भाव्यता रहेकोले यस क्षेत्रको विकासको लागि लगानी भित्र्याउने वातावरण वनाईदिन जोड दिइएको छ । यसका लागि वुटवल-तानसेन रोडलाई द्रुतमार्गको रुपमा विकास गर्ने, पाल्पालाई प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा सूचीकरण गर्ने, पाल्पामा आन्तरिक हवाईमार्ग निर्माण तथा जिल्लाका ऐतिहासिक धरोहरहरुको संरक्षण तथा यसलाई विश्व सम्पदा सूचीमा नामाकरण गर्राईदिने कार्यमा समेत महासंघका तर्फबाट आवश्यक सहयोग हुन आग्रह गर्žयो ।

त्यसैगरि पाल्पामा व्यासायिक कृषि विकास, जिल्लालाई एकगाउँ एक उत्पादन कार्यक्रम अन्तरगत समावेश गर्ने तथा इलम प्रशिक्षण कार्यक्रम संचालनका लागि समावेश गर्न समेत प्रतिनिधिमण्डलले जोड दिएको थियो ।

सो अवसरमा उक्त व्यवसायिक प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष जोशीले हरेक विकासका गतिविधिमा जिल्लामा सक्रिय संघको रुपमा स्थापित पाल्पा उवासंघले दिएका सुझावहरुलाई महासंघले गम्भीरतापूर्वक लिई सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । उहाँले पाल्पाको भौगोलिक बनावट हावापानी तथा शिक्षित जनशक्ति समेतलाई हेर्दा जिल्लाको पर्यटन विकास गर्दा शिक्षा र स्वास्थ्य क्षेत्र समेतलाई जोडेर लैजान सकिने सुझाव दिनुभयो । महासंघले अगाडी बढाएका हरेक कार्यक्रममा आफ्ना सदस्यहरुलाई कुनै न कुनै रुपमा सहभागी वनाएर लैजाने नीति अनुरुप एक गाउँ एक उत्पादन, इलम प्रशक्षिण कार्यक्रम सहित अन्य कार्यक्रमहरुमा समेत पाल्पालाईसंगै लैजाने विश्वास दिलाउनु भयो ।

महासंघका उपाध्यक्षहरु ताम्राकार र पाण्डेले महासंघको सक्रिय सदस्यको रुपमा स्थापित पाल्पा उद्योग वाणिज्य संघले जिल्लाको आर्थिक व्यवसायिक क्षेत्रको विकासमा निभाएको भूमिका उल्लेखनिय रहेको तथा कला र साँस्कृतिक रुपले समेत पाल्पाका प्रशिद्धी पाएका वस्तुहरुको आन्तरिक र अन्तर्राष्ट्रिय वजारमा लैजानु अघि तिनीहरुलाई गुणस्तर तथा उत्पादनका हिसावले समेत प्रतिस्पर्धी बनाउनु पर्ने सुझाव दिनु भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्यहरु एजी शेर्पा र आजाद श्रेष्ठको समेत उपस्थिति रहेको सो अवसरमा प्रतिनिधिमण्डलका प्रमुख एवं पाल्पा उवासंघका अध्यक्ष राजलवटले जिल्लाको आर्थिक, सामाजिक, शैक्षिक एवं पर्यटन विकासका लागि संचालन भैरहेका गविधिहरु जानकारी गराई उद्योग वाणिज्य संघहरुसंगको आपसी सम्बन्ध विस्तार गर्न भ्रमणमा निस्किएको जानकारी गराउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.