»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ: पत्रकार सम्मेलन : वर्तमान राजनीतिक अवस्था प्रति निजी क्षेत्रको चासो (२५ कार्तिक २०६६)


पत्रकार मित्रहरु,

१. निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्थाका रुपमा राष्ट्रको सम्पूर्ण उद्यमी, व्यवसायीका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ वर्तमान राजनैतिक अवस्था र यसको प्रभावले निजी क्षेत्र र आर्थिक गतिविधिमा पुग्न गएको र पुग्न सक्ने अवस्था प्रति आफ्नो गम्भिर चासो र सरोकार अभिव्यक्त गर्न चाहन्छ ।

२. जनआन्दोलनको भावना अनुरुप जनताको आकांक्षा र अपेक्षाको अभिव्यक्तिको पटक पटक अपहेलना भईरहनु राष्ट्र र राष्ट्रिय स्वार्थका लागि शुभ संकेत होइन । एकातिर राजनीतिक घटनाक्रमले अग्रगामी निकास पाउन नसक्नु र अर्कोतिर जनताका अत्यावश्यक आवश्यकताहरुको परिपूर्ति क्षीण हुदै जांदा र्सवसाधारण नागरिकको शान्ति, सुरक्षा, व्यक्तिगत मौलिक अधिकार र जीवनयापन समेत दिन प्रतिदिन कठिन हुदै गएको छ । दीर्घकालिन भविष्यको त कुरै छोडौं, भोलि के हुने हो - भन्ने अनिश्चितता भित्र राष्ट्र र राष्ट्रिय जीवनका सवै पक्ष बन्दी बन्दै गएको अनुभव गरिदैछ । यस्तो परिस्थितिमा आफ्नो लगानीको सुरक्षा, प्रत्याभूति र परिचालनको भन्दा राष्ट्रिय जीवनको एउटा अहं पक्षका रुपमा उद्यमी, व्यवसायीहरुले आफ्नो वर्गहित भन्दा राष्ट्रहित र सरोकारलाई उठाउनुलाई राजनीतिक दल, सरकार एवं सम्बन्धित सरोकारवाला पक्षले अन्यथा सम्झने छैनन् भन्ने आग्रह समेत महासंघ व्यक्त गर्दछ ।

३. जनभावना बमोजिम "संविधान" निर्माण र "दीगो शान्ति" आजको टड्कारो र अपरिहार्य राष्ट्रिय दायित्व हो । महासंघ र सम्पूर्ण निजी क्षेत्रका तर्फबाट यस तर्फसमयाभाव र राजनैतिक गतिरोध वीच असामान्य बन्दै गएको संविधान निर्माण प्रक्रियामा इमान्दारिताका साथ आआफ्ना दलगत, व्यक्तिगत र परिस्थितिगत स्वार्थलाई त्यागेर तत्काल लाग्न सवै राजनैतिक दल तथा दलका शीर्ष नेताहरुमा पुनः एक पटक हार्दिकता साथ महासंघ आग्रह गर्दछ ।

४. देशमा भएको ऐतिहासिक परिवर्तन पछि गणतन्त्रलाई संस्थागत गर्ने दिशामा आर्थिक विकासनै महत्वपूर्ण भएको सवै राजनीतिक दलहरुले स्वीकार गरेका छन् । संविधान सभाको निर्वाचन (२०६४) पछि हालसम्म अर्थात झण्डै दुई वर्षको वीचमा सरकार परिवर्तन र राजनीतिक खिचातानी बाहेक नत संविधान बनाउने तर्फसंविधान सभा र राजनीतिक पार्टि सम्वेदनशील देखिएका छन्, नत र्सवसाधारण जनता एवं निजी क्षेत्रले कुनै पनि राहत र परिवर्तनको अनुभूति नै गर्नसकेको छ । दुई वर्षभित्रमा (अर्थात आउंदो मे १०, २०१० सम्म) संविधान बनाई सक्नु पर्ने म्याण्डेट पाएको यो संवैधानिक सभा राजनीतिक पार्टिका प्रतिनिधिहरु समयमा संविधान लेखन गर्न नसक्नुबाट देश र जनता प्रति इमान्दार नरहेको प्रष्ट देखिन्छ ।

५. नयां संविधान समयमै र जनआकांक्षा परिपूर्ति गरी निर्माण हुनु पर्छ भन्ने जनताको मनोकांक्षालाई निजी क्षेत्र आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकामा सधै समर्पित र आफ्नो दायित्व निर्वाहमा सधै इमान्दार रहने प्रतिवद्धता पुनः दोहोर्ΕΎयाउन चाहन्छ ।

६. देशको वर्तमान राजनीतिक अनिश्चितताका साथै यसको परिणाम आर्थिक, औद्योगिक एवं व्यवसायिक क्षेत्रमा देखिएका अनिश्चितता र ह्रासको कारण निजी क्षेत्र अझ बढी गम्भिर एवं चिन्तित हुन पुगेको छ । शंका र आशंका वीच हुर्किरहेको राजनैतिक अन्यौलतामा, राष्ट्रको अर्थतन्त्र र यसको जगमा हुर्कन खोज्ने निजी क्षेत्र उद्यमी, व्यवसायीहरु चिन्तित हुनु स्वभाविक हो । मुलुकको बजेट प्रस्तुत भएको तीन महिना वितिसक्दा समेत संसदबाट पारित नहुंदा झन अन्यौलको वातावरण सिर्जना भएको छ । यर्सथ, हामी व्यक्त गरिरहेका छौं स्थायी र संतुलित राजनैतिक निकास हाम्रो चिन्ता र सरोकारको विषय हो । त्यसैले सहमतिको राजनीतिक समाधानका लागि हामी सरकार र प्रतिपक्ष दल लगायत अन्य सवै राजनीतिक दलहरुलाई हार्दिक अपिल गर्न चाहन्छौं ।

७. हामी सवै देश निर्माणका कुरा गरिरहेका हुन्छौं, आआफ्नो क्षेत्र र तहबाट हामी जुटेका पनि छौं । निजी क्षेत्रका कुरा निजी क्षेत्रको तहबाट, राजनीतिक क्षेत्रका कुरा राजनीतिक तहबाट र सरकारी क्षेत्रका कुरा सरकारी क्षेत्रबाट उठाई रहेका छौं भने नागरिक समाजले र अन्य तह र तप्काले पनि यही कुरा उर्ठाईरहेका छन् । विभिन्न मञ्चहरुबाट हामी केही न केही बोलिरहेका हुन्छौं । सरकारले पनि विभिन्न आश्वासन बाडी रहेकै हुन्छ । तर आज कोही पनि कसैबाट संतुष्ट छैन । कसैको कसै प्रति विश्वास छैन । मुलुकमा दिन प्रतिदिन निराश बढीरहेको छ ।

८. यो स्पष्ट छ कि आर्थिक समुन्नती विना देशको शान्ति संभव छैन । तर हाम्रो मुलुकको विगत दुई वर्षआर्थिक, औद्योगिक, व्यापारिक गतिविधि एवं सूचाकांङ्गलाई केलाउंदा स्थिति निकै निराशजनक रहेकोछ । कमजोर विधिको शासनको कारण असुरक्षा, बन्द, हड्ताल, चक्काजाम, अपहरण, हत्या जस्ता गतिविधिको कारण लगानीको वातावरण र व्यवसायीक विश्वास पूर्णतः हट्दै गएको छ । श्रम, उर्जा संकट, सिण्डिकेट जस्ता समस्याले झन् विकराल रुप लिदैछ ।

९. मुल्य वृद्धि दुई दशकमा सवै भन्दा उच्च रहेको छ, औद्योगिक उत्पादन घटेको छ, लगानी वातावरण तहस नहस भएको छ, पूंजी निर्माण घटेको छ, आयात बढ्ने र नगण्य निर्यातको कारण व्यापार घाटा झन् फराकिलो बर्न्र्दै गई रहेको छ ।

१०. उर्जा संकटका कारण गतवर्षहामीले जस्तो पीडा भोगेका थियौं त्यसको परिणति यो वर्षपनि खासै सुधारको संकेत छैन । राजनीतिक खिचातानी वीच उर्जा संकटको कुनै पनि विकल्प तयार हुन सकेको छैन । यस वर्षपनि हामी कमसेकम दिनको १८ घण्टा अध्यांरोमा बस्नु पर्ने तथ्यगत यथार्थतमा छौं । यो पीडा राजनीतिक परिदृष्यमा कहिले अनुभूति हुन्छ ।

११. श्रम विवादलाई श्रमिक र उद्यमी वीचको व्यवसायिक लेनदेन र उद्योग व्यवसायको पारिवारिक समस्या भन्दा राजनीतिक दाउपेच र दवावको माध्यम कहिलेसम्म बनाई राख्ने - श्रमिक र लगानीकर्ता वीचको घर-झगडा हामी घर भित्र समाधान गर्न चाहन्छौं । तर उद्योग परिसर भित्रै चरम राजनीतिक प्रभाव विस्तारको संस्कारलेे राष्ट्रको उद्योग व्यवासायलाई धरासायी मात्र बनाएको छैन । "नेपाल" उद्योग व्यवसाय गर्ने ठाउं नै होइन भन्ने सन्देश देश विदेशमा प्रवाह भईरहेको छ । यसले हाम्रो अर्थतन्त्रलाई कस्तो छविमा रुपान्तरण गर्ने हो -

१२. वैधानिक बाटोमा भन्दा कानून छलेर धन कमाउने परिपाटीले संस्कारको रुप लिन खोज्दैछ । राजनीतिमा अपराधिकरणको आशंका यथार्थमा परिणत बन्दै गएको छ । सरकारका जिम्मेवार व्यक्तिहरु नै नैतिक चरित्रको निम्नस्तरको "नमूना" बन्दै जांदा राजनीतिको आडमा अपराध फष्टाउंदै गएको छ । दण्डहिनतामा राजनैतिक संरक्षण बढ्दै जानु र नियम कानूनको पालनामा सरकार राजनैतिक दलका कारण फितलो बन्दै जानु मुलुकको लागि सुखद होइन ।

१३. देशमा संक्रमणको अन्त्य र शान्ति व्यवस्थापन तथा संविधान निर्माण गरी लामो समयदेखि ह्रासन्मुख भएको आर्थिक विकासको वातावरणलाई पुनर्स्थापित गर्न सवै राजनीतिक दलहरु वीच आपसी सहमति र समझदारीको अपरिहार्यता रहेको महासंघको ठहर छ ।

१४. यस पृष्ठभूमिमा निजी क्षेत्रको संघीय प्रतिनिधि संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ नेपालको सम्पूर्ण उद्योगी व्यवसायीहरुको र्समर्पण, संर्घष र योगदानको उचित कदरको जति अपेक्षा गर्दछौं, त्यत्तिकै चाहना राजनीतिक अग्रगमन र नयां संविधान पछिको शान्ति समृद्ध नेपालको पनि राख्दछौं । त्यर्सअर्थमा हाम्रा यी भावनाहरुलाई सम्बन्धित सवै पक्षले निस्वार्थ र निश्कलंक रुपमा ग्रहण गर्नेछ भन्ने अपेक्षा समेत महासंघले लिएको छ ।

धन्यवाद,

२५ कार्तिक, २०६६, काठमाडौं ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.