»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















आज विश्व गुण दिवस (२०६६/७/२६)


गुण (Quality) को महत्व, व्यापकता र विशिष्ठतालाई बढावा दिनुको साथै यसलाई प्रोत्साहित गर्दै जाने क्रममा अन्तर्राष्ट्रिय "गुण समूदाय" (Quality Community) ले प्रत्येक वर्षआजको दिन अर्थात नोभेम्बर १२ को दिनलाई विश्व गुण दिवस (World Quality Day) का रुपमा मनाउंदै आएको छ । सोही क्रममा नेपालमा पनि आज विभिन्न कार्यक्रमहरुका साथ "विश्व गुण दिवस" मनाइदैछ ।

यस वर्ष सन् २००९ को गुण दिवसको नारा "स्तरीय जीवन मानवीय अधिकार हो । कुनै किसिमको दवाव र हेपाई विना हरेक व्यक्तिलाई गुणयुक्त वस्तु/सेवा उपभोग गर्ने स्वतन्त्रता छ" (High Quality of Life is a human right: Every individual must have a freedom and opportunity to use high quality products without discrimination of any kind of execution of this right) भन्ने रहेको छ ।

सो दिवसको प्रमुख उद्देश्य विश्वभर व्यक्तिगत एवं संस्थागत रुपमा गुणमा सुधार ल्याउनु र गुणको उपयोग विस्तार एवं प्रबर्द्धन गर्नु रहेको छ । गुण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था वर्ल्ड एलायन्स फर क्वालिटि (World Alliance for Quality = WAQ) ले विश्व गुण दिवस मनाउने परम्पराको थालनी गरेको हो ।

सो दिवसका अवसरमा विश्वका ७० भन्दा बढी मुलुकका गुणस“ग सम्बन्धित संस्था (National Quality Organisations) हरुले क्वालिटि सम्बन्धी सम्मेलन, गोष्ठी लगायत विभिन्न कार्यक्रमहरु आयोजना गंदै आएका छन् ।

अमेरिका, यूरोप तथा जापान लगायतका एशियाली मुलुकहरुमा गुण सम्बन्धी संस्था धेरै वर्षअघि स्थापना भएतापनि सोको प्रभावकारी कार्यान्वयन सन् २००८ को मे महिनामा संयुक्त राज्य अमेरिकामा ऐतिहासिक रुपमा आयोजित विश्व गुण सम्मेलन (Global Quality Summit) बाट मात्र प्रारम्भ भएको हो ।

गुण सबै वर्ग र क्षेत्र, हरेक व्यक्ति र समाज एवं हरेक कार्यमा अत्यन्त उपयोगि भएकोले यसको प्रबर्द्धनका लागि सबै क्षेत्रको सहयोग एवं जागरुकता महत्वपूर्ण हुने छ । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले आफना सदस्य उद्योग प्रतिष्ठानहरुका सहित सवैमा गुणस्तरीय उत्पादन तथा सेवा उपलव्ध गराउन निरन्तर रुपमा प्रोत्साहनदायी भूमिका निर्वाह गर्दै आएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.