नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा महासंघका पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरु सम्मिलित एक उच्चस्तरीय "औद्योगिक व्यापारिक प्रतिनिधिमण्डल" (Trade & Investment Mission to Malaysia) मंसिर १ देखि ७ गतेसम्म मित्रराष्ट्र मलेशियाको भ्रमणका लागि आज त्यसतर्फप्रस्थान गर्दैछ ।
"Mission Malaysia" नाम दिइएको भ्रमणको मुख्य उद्देश्य यस प्रकार रहेको छ ः-
१. मलेशियाले हासिल गरेको विकासको बारेमा अध्ययन, अवलोकन एवं द्विपक्षीय साथै लगानी अभिवृद्धि बारे छलफल गर्ने ।
२. नेपाल उद्योग वाणिज्य महासंघको १० औं कार्यकारिणी समितिको वैठक आयोजना गर्ने ।
३. मलेशियाको उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ वीच समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्ने ।
नेपाल-मलेशिया वीच सन् १९६० जनवरी १ मा दौत्य सम्बन्ध स्थापना भएको हो भने सन् २००३ को जून महिनामा नेपालको दूतावास मलेशियामा र सोही वर्षको डिसेम्बर महिनामा मलेशियाको दूतावास नेपालमा स्थापना भएको कारण द्विपक्षीय सम्बन्धको विकास र मैत्रीलाई थप सहयोग पुगेको छ । मलेशिया नेपालीको रोजगारीको लागि प्रशस्त संभावना भएको देश हो । जहां २ लाख भन्दा बढी नेपालीले रोजगारी पाएका छन् । कूल रेमिटेन्स (विप्रेषण) को २० प्रतिशत मलेशियाबाट नेपालमा प्राप्त हुन्छ ।
यही यथार्थताका बाबजूद आर्थिक, औद्योगिक, लगानी, व्यापारका दृष्टिकोणले नेपाल-मलेशिया वीचको कारोबार नगण्य छ । जसमा नेपालबाट मलेशियामा निकासी सन् २००७/०८ मा केवल १-२ मिलियन अमेरिकी डलर अर्थात कूल निकासीको ०.१ प्रतिशत मात्र छ । यस्तै मलेशियाको नेपालमा आयात ५९ मिलियन अमेरिकी डलर अर्थात कूल आयातको १.७ प्रतिशत रहेको छ । यस्तै पर्यटक आगमनको संख्या सन् २००८ मा ५१७३ अर्थात कूल पर्यटक संख्याको ०.१ प्रतिशत रहेको छ ।
मलेशिया नयाँ औद्योगिक मुलुक हो । "टाइगर इकोनोमी" नाम दिइएको यो देश जीडीपीको हिसावले विश्वको २९ औं वरियता क्रममा (US$ 15,000) छ । छोटो समयावधिमा धेरै विकास गरेको मलेशिया राजनीतिक स्थिरता, औद्योगिक विकास, लगानी नीति, व्यवस्थापकीय पद्धतिको कारण सवैको लागि उदाहरणीय हुन सक्दछ । "खुला अर्थतन्त्र" को आजको विश्वमा नेपालले पनि मलेशियाबाट सिक्न सक्ने र मिलेर गर्न सक्ने धेरै क्षेत्र छन् । जस्तो
a. Fast Track Road Construction Infrastructure Development
b. Sold-Waste Management
c. SEZ & Export Promotion e.g. Mallaca
नेपाल आज पनि संकटग्रस्त अवस्थामा छ । हाम्रा उद्योग व्यवसायी धरासायी छन् । तर पनि यो Mission लाई "Opportunities & Challenges" को रुपमा महासंघले लिएको छ ।
पाँचदिने अध्ययन भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलबाट मलेशियाका मन्त्रीहरु, सरकारका उच्च पदस्थ अधिकारीहरु र व्यवसायिक नेताहरुसंग औपचारिक भेटघाट तथा छलफल समेत हुनेछ । निजी क्षेत्रका पदाधिकारी र संस्थाहरुसंग भेटवार्ता, वैठक र अवलोकन गर्ने सो कार्यक्रममा निम्न विषयमा जोड दिइने छ ।
क) पर्यटन मन्त्रालय र पर्यटन विकासको रणनीति
ख) फोहार मैला व्यवस्था एवं सरकार - निजी साझेदारी (PPP) अवधारणा
ग) मलेशियाको औद्योगिक विकास प्राधिकरण (MIDA), लगानी नीति, पद्धति र व्यवस्थापन ।
घ) अन्तर्राष्ट्रिय व्यापार एवं उद्योग मन्त्रालय (MITI) एवं उद्योग व्यापार लगानी रणनीति ।
ङ) पूर्वाधार विकास र द्रुत सडक (Fast Track) निर्माण ।
च) मलक्का (Mallaca) राज्य (State) को SEZ व्यवस्थापन र निकासी प्रवर्द्धनमा खेलेको भूमिका
छ) नेउवामहासंघले मित्र राष्ट्रहरुका समकक्षी उवामहासंघ/संघहरुसंग कार्यगत एकता, आर्थिक एवं संस्थागत विकास र सम्बन्ध सुदृढ गर्ने क्रममा हालसम्म ३४ मुलुकहरुसंग MOU गरेको छ । यस भ्रमणको अवसरमा मलेशियाको उद्योगी व्यवसायीहरुको सकृय संस्था फेडेरेशन अफ मलेशीयन म्यानुफ्यार्क्चर्स (FMM) संग महासंघले MoU गर्ने पनि कार्यक्रम छ । जसबाट दुवै देश वीचको निजी क्षेत्रको सम्बन्ध, आपसी आदान प्रदान, औद्योगिक लगानी र व्यापारका क्षेत्रमा थप सहयोग विस्तार हुनेछ ।
ज) यस भ्रमणको अर्को कार्यक्रममा महासंघको कार्यकारिणी समितिको १० औं वैठक यही मंसिर ५ गते मलेशियामा आयोजना गर्ने रहेको छ । महासंघको ४५ औं वर्षको इतिहासमा नेपाल बाहिर कार्यकारिणी समितिको वैठक हुनुले नेपालको बाह्य मुलुकमा थप चिनारी गर्ने र आर्थिक प्रवर्द्धनमा "नेपालको निजी क्षेत्र" को भूमिका एवं महासंघको दायित्व बोध थप उदाहरण हुने अपेक्षा हामीले लिएका छौं ।
झ) साथै कार्यकारिणी समितिको उक्त वैठकमा आफ्नो नियमित एजेण्डाका अलावा मुख्यतयाः (१) वैदेशिक लगानी बढाउने (२) पूर्वाधार विकास एवं (३) यसको लागि नेपालले चाल्न सक्ने र चाल्नु पर्ने कदम, रणनीति बारेको अध्ययन र समीक्षा सहित वैठकको सुझाव नेपाल सरकारमा पेश गर्ने कार्यक्रम रहेको छ । यो भ्रमण अपेक्षाकृत सफल हुने विषयमा हामी विश्वस्त छौं ।
महासंघले भ्रमणको पूर्व तयारी एवं कार्यक्रम सहित भ्रमणको सोचलाई अघि बढाउन सहयोग गर्नेर् नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास मेलेशीया, मलेशियाको राजदूतावास एवं MIDA को महत्वपूर्ण सहयोग महासंघलाई आभार व्यक्त गरेको छ ।