»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघको औद्योगिक व्यापारिक प्रतिनिधिमण्डल" मलेशियामा भेटघाटमा व्यस्त : महासंघ र एफएमएम बीच आपसी सहकार्यका लागि सहमती (२०६६/८/३)


नेपाल र मलेशिया बीच आर्थिक व्यापारिक सम्बन्धलाई थप मजवुद बनाउने उद्देश्यले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ र फेडरेशन अफ मलेशियन म्यानुफयाक्चर्रस (Federation of Malaysian Manufacturers - FMM) बीच आज मलेशियामा एक समारोह बीच सहमतीपत्र (MoU) मा हस्ताक्षर भयो । सहमतीपत्रमा महासंघका अध्यक्ष कुशकुमार जोशी र एफएमएमका अध्यक्ष टान श्री दातुक मुस्तफा मन्सुर (Tan Sri Datuk Mustafa Mansur, President, FMM) ले हस्ताक्षर गर्नुभयो ।

सहमतीपत्रमा दुवै देश बीच आर्थिक तथा व्यवसायिक सूचनाको आदान प्रदान, नियमित रुपमा व्यवसायिक प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदानको व्यवस्था, व्यापार, संयुक्त लगानी तथा औद्योगिक सहकार्यमा सम्भावित अवसरहरुको पहिचान लगायतका क्षेत्रमा सहकार्य गरि अगाडि बढ्ने उल्लेख छ । व्यापार मेला महोत्सवको आयोजना लगायत अन्य व्यापारिक गतिविधि विस्तारमा आपसी सहयोग एवं सहकार्य गर्ने, व्यवसाय प्रवर्द्धनका शीलशिलामा आपसी सर्म्पर्क विस्तार, व्यापार व्यवसाय सम्बन्धी अध्ययन अनुसन्धानहरु, नीति कानूनहरु सम्बन्धी प्रकाशनहरुको आदान प्रदान गर्ने, डव्लूटीओ, द्विपक्षिय, क्षेत्रीय अन्तरक्षेत्रिय व्यापार तथा लगानी सम्बन्धी सभा सम्मेलन, गोष्ठीको आयोजना तथा त्यस्ता कार्यक्रमहरुमा आवश्यक श्रोत व्यक्तिहरुको व्यवस्थापन जस्ता विषयमा सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता पनि सहमतीपत्रमा गरिएको छ ।

त्यसैगरि व्यापारिक उत्पादनहरु तथा औद्योगिक प्रक्रियाहरु, औद्योगिक तालीम, वित्तिय श्रोत व्यवस्थापन, औद्योगिक प्रवर्द्धन तथा प्राविधिक सहयोगका क्षेत्रमा सम्भावित साझेदारहरुका विषयमा दुवै देशका महासंघ बीच सहकार्य गरि अगाढी बढ्नुका साथै द्विपक्षिय हितका सवालमा थप सहकार्य गर्न आवश्यक देखिएका अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने सहमतीपत्रमा उल्लेख छ ।

सहमतीपत्रमा हस्ताक्षर पछि कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका अध्यक्ष जोशीले नेपालको निजी क्षेत्र नेपालको आर्थिक विकासमा मलेशियन लगानी, प्रविधि आकर्षणका लागि तिब्र इच्छुक रहेको अवस्थामा भएको यो सहमतीले त्यसलाई थप सहयोग गर्ने विश्वास आफूले लिएको बताउनु भयो । मलेशियाका लागि नेपाली राजदुत डा. ऋषिराज अधिकारीले तथा भ्रमण दलका सदस्यहरुको समेत सहभागिता रहेको सो अवसरमा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले दुई देश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि नेपाली निजी क्षेत्रबाट भएको यो भ्रमण ऐतिहासिक हुने धारणा राख्नु भयो ।

एफएमएमका अध्यक्ष मन्सुरले दुवै महासंघ बीचको यो सहमतीले दुवै देशका निजी क्षेत्रलाई थपनजिक ल्याएको र निजी क्षेत्र बीच सहकार्यका लागि यो सहमती कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । साथै उहाँले सहमतीमा उल्लेख भएका लक्ष्यहरुलाई पुरा गर्ने तर्फप्रतिवद्धता समेत जनाउनु भयो ।

सहमतीपत्रमा हस्ताक्षर पश्चात दुवै देशका उद्यमी व्यवसायीहरुबीच आपसी व्यवसायिक सम्बन्ध विस्तारमा "वान टु वान" बैठक पनि सम्पन्न भयो ।

त्यसअघि आजै विहान महासंघका अध्यक्ष जोशीको नेतृत्वमा रहेको महासंघको प्रतिनिधिमण्डल र मेलेशियन औद्योगिक विकास प्राधिकरण ( Malaysian Industrial Development Authority-MIDA) का निर्देशक मोहमद हासिम अव्दुल घानी ( Mohd Hashim Abdul Ghani) बीच भएको भेटघाट एवं अन्तरक्रियामा मलेशियाको लगानी नीति, पद्धति र व्यवस्थापन सम्बन्धमा विस्तृत छलफल भयो । सो अवसरमा औद्योगिक लगानी तथा व्यवस्थापनमा मिडाले हासिल गरेको अनुभव नेपालको सर्न्दर्भमा पनि आदान प्रदान गर्ने विश्वास महासंघलाई प्राप्त भएको छ ।

त्यसैगरि महासंघको औद्योगिक व्यापारिक प्रतिनिधिमण्डलले हिजो मलेशियाका पर्यटन मन्त्री यान यान (Yen Yen) संग भेटगरि दुइ देश बीच पर्यटन विकासका सम्भाव्यताका विषयमा विस्तृत छलफल गर्ΕΎयो । सो अवसरमा भएको भेटघाटमा मलेशियन पर्यटन मन्त्रीले नेपालको पर्यटन क्षेत्रमा मलेशियन संयुक्त लगानीका लागि आफूहरु तयार रहेको विश्वास दिलाउनु भयो । साथै पर्यटन मन्त्रीले नेपाली लगानीकर्ताहरुलाई आफनो देशको पर्यटन क्षेत्रमा लगानीका लागि आमन्त्रण पनि गर्नुभयो ।

सो अवसरमा महासंघका अध्यक्ष जोशीले नेपाल मलेशिया बीचको आर्थिक व्यवसायिक, पर्यटन, संयुक्त लगानी तथा पूर्वाधार निर्माणमा मलेशियन प्रविधि आमन्त्रण गर्न महासंघबाट पहिलो पटक यस प्रकारको भ्रमण भएको गरेको स्पष्ट पार्दै नेपालको पर्यटन विकासका लागि मलेशियन अनुभव निकै उपयोगी हुने विश्वास प्रकट गर्नुभयो । नयाँ राजनीतिक व्यवस्थामा भर्खर प्रवेश गरेको नेपाल यतिखेर नयाँ लगानी, नयाद्द सोच र नयाβ€œ प्रविधि सहितको आर्थिक विकास तर्फअगाडी बढेको उल्लेख गर्नुहुंदै नेपालले सन् २०११ लाई नेपाल भ्रमण वर्षा रुपमा मनाउन गैरहेकाले मलेशियन सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायीहरुलाई सो कार्यक्रममा सहभागिताका लागि आमन्त्रण समेत गर्नुभयो ।

त्यसैगरि हिजै महासंघको प्रतिनिधिमण्डलले आइरिस कर्पोरेशन वरहार्ड {(IRIS Corporation Berhad) का पदाधिकारीहरुसβ€œग भेटगरि फोहोर व्यवस्थापनबाट उर्जा उत्पादन गर्न मलेशियन प्रविधि एवं लगानी भित्रयाउने सम्बन्धमा विस्तृत छलफल भयो ।

यही मंसिर ५ गते मलेशियामा हुने महासंघको कार्यकारिणी समितिको १०औं बैठकका लागि महासंघका अध्यक्ष जोशीको नेतृत्वमा उक्त देशको भ्रमणमा रहेको महासंघका पदाधिकारी, कार्यकारिणी समितिका सदस्यहरु सम्मिलत "औद्योगिक व्यापारिक प्रतिनिधिमण्डल" अहिले नेपाल मेलेशिया बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, मलेशियाले हासिल गरेको विकासको बारेमा अध्ययन, अवलोकन एवं द्विपक्षीय लगानी अभिवृद्धि बारे छलफलका त्यहाँको सरकारी तथा निजी क्षेत्रका पदाधिकारीहरुसβ€œगको भेटघाटमा व्यस्त रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.