»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मंसिर ११ देखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने (२०६६/८/५)


नेपाल उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघको संयुक्त तत्वावधानमा यही मंसिर ११ देखि २१ गतेसम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला-२०६६ आयोजना हुने भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेलाका विषयमा जानकारी गराउने उद्देश्यले आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।

राष्ट्रिय औद्योगिक व्यापार मेला पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति तथा एचडव्लूके माइन्ज जर्मनीको सहयोगमा पोखरा नया“ बजारस्थित प्रदर्शनी केन्द्रमा हु“दैछ ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा वजारीकरणमा समेत सघाउ पुर्žयाउने मेलाको मुख्य उद्देश्य रहेको छ । राष्ट्रिय औद्योगिक व्यापार मेलाका आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिजन्य मेला, पुष्प मेला, अटोमेला, सुचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैर सरकारी संघ/संस्थाहरुको गतिविधिहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडाको प्रदर्शनी, सास्कृतिक कार्यक्रमको प्रस्तुती रहने छ ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले सरकारले देशका पांचै विकास क्षेत्रमा सुविधासम्पन्न र राजधानीमा एक अन्तराष्ट्रियस्तरको पर््रदर्शनीस्थल निर्माण गर्न निजी क्षेत्रले वारम्वार आग्रह गर्दा पनि सरकारका तर्फाट सहयोग नभएको गुनासो गर्नुहुंदै आजपनि पुरानै प्रदर्शनीस्थल तथा खुलास्थानमा मेला महोत्सवको आयोजना गर्न निजी क्षेत्र बाध्य हुनु परेको बताउनु भयो । मेला महोत्सवको आयोजना मार्फ स्थानीस्तरमा आर्थिक गतिविधि विस्तार, जनताको जीवनस्तरमा समेत सुधार आएको महशुस महासंघले गरेकोले मेला महोत्सवको आयोजनालाई महासंघले विशेष प्राथमकितामा राखेको उपाध्यक्ष ताम्राकारले वताउनु भयो ।

महासंघले नेपाल सरकार वाणिज्य मन्त्रालय र सदस्य उद्योग वाणिज्य संघहरुको सहभागितामा यस वर्षपनि विभिन्न जिल्लाहरुमा करिव ३० देखि ३५ वटा विभिन्न मेला महोत्सवको आयोजना गर्ने कार्यक्रम रहेको जानकारी गराउंदै यसवर्षपोखरा उद्योग वाणिज्य संघले विशेष प्रकारको प्रदशनी स्थलको निर्माण गरि मेला आयोजना गर्न लागेकोले यो मेला विशेष प्रकारको हुने विश्वास समेत गर्नुभयो ।

महासंघको मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पाले मेला महोत्सवको आयोजनाबाट स्थानीस्तरमा आर्थिक गतिविधि विस्तार, नयाँ वस्तुको उत्पादन तथा सृजना, राष्ट्रिय वजार प्रवर्द्धन तथा गुणस्तर एवं उत्पादन विस्तारमा समेत निकै ठूलो सघाउ पुगेको महशुस महासंघलाई भएको बताउनु भयो । साथै उहांले पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलालाई सफल पार्न सवैमा आग्रह समेत गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी माकजुले मेलाको तयारी करिव पुरा भैसकेको जानकारी गराउनु भयो । मेलाका सम्पूर्ण वुकिङहरु भइसकेका छन् । संघको आयोजनामा विगतका वर्षरुमा आयोजना भएका मेला पर््रदर्शनीमा डोमको प्रयोगबाट मेलाको सफल कार्यान्वयनमा देखिएको प्रभावकारितालाई दृष्टिगत यस वर्षेखि डोमलाई स्थायी रुपमा पोखरा प्रदर्शनी केन्द्रमा जडान गरि मेला आयोजना गर्न लागिएको पनि अध्यक्ष माकजुले जानकारी दिनु भयो । उहांका अनुसार सो डौममा करिव २७१ वठा स्टल मार्फत २ लाखभन्दा बढीलाई मेला अवलोकन गराउने लक्ष्य रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.