»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघको कार्यकारिणी समितिको बैठकद्वारा शोक प्रस्ताव पारित (२०६६/८/५)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा आज मलेशियामा सम्पन्न महासंघको कार्यकारिणी समितिको १० औं बैठकद्वारा महासंघका वर्तमान कार्यकारिणी समिति सदस्य एवं नेपालका प्रतिष्ठित उद्योगपति महेन्द्र गोल्छाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ । साथै बैठकले स्वार्गीय गोल्छाको सम्झनामा एक मिनेट मौनधारणा समेत गरेको छ ।

पारित शोक प्रस्तावमा भनिएको छ-

नेपालका प्रतिष्ठित उद्योगपति श्री महेन्द्र गोल्छाको ५३ वर्षको उमेरमा यही मंसिर २ गते मंगलवार असामयिक निधन भएकोमा महासंघ परिवार लगायत नेपालको तमाम निजी क्षेत्रलाई मर्माहत एवं स्तब्ध तुल्याएको छ ।

स्व.एच.आर गोल्छा र स्व. सी.के.गोल्छाको कोखबाट वि.सं. २०१३ सालमा औद्योगिक नगर विराटनगरमा जन्मनु भई नेपालमा उद्योग व्यवसायको विकासमा अमुल्य योगदान पुर्žयाउंदै आउनु भएका स्वर्गिय गोल्छा समाजसेवी समेत हुनुहुन्थ्यो । उहाँले उद्योग वाणिज्य र व्यवसाय लगायत अर्थतन्त्र तथा सामाजिक सेवाको क्षेत्रमा पुर्žयाउनु भएको योगदान स्मरणीय रहेको छ । उहांको निधनबाट राष्ट्रले एक होनाहार यूवा उद्योगी व्यवसायी गुमाउनु परेको छ ।

यस दुःखद घडिमा यो बैठक स्वर्गिय गोल्छाका शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.