सुनसरीमा श्रम विवादका कारण धरान औद्योगिक क्षेत्रमा विगत तीन हप्तादेखि उद्योगहरु बन्द हुंदै आएको र सोही क्रममा उद्योग वाणिज्य संघ सुनसरीको कार्यालयमा समेत तालावन्दी गरि संघको दैनिक क्रियाकलापमा वाधा उत्पन्न भएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ ।
हरेक विवादका विषयलाई वार्ताका माध्यमबाट समाधान गर्न महासंघले निरन्तर आग्रह गर्दै आएको सन्दर्भमा उद्योगहरुनै बन्द गरि आन्दोलनमा उत्रंदा राष्ट्रले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । यसप्रति महासंघ अत्यन्त चिन्तित छ । सुनसरीमा हाल उत्पन्न श्रम विवादलाई पनि वार्ताका माध्यमबाट समाधान गरी बन्द उद्योग व्यवसाय तत्काल संचालन गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित पक्षहरुलाई आग्रह गर्दछ ।
यसैक्रममा उद्योग वाणिज्य संघ सुनसरीको कार्यालयमा हाल जर्मन विकास संस्था जीटीजेडको सहयोगमा एकमहिने तालीम संचालन भैरहेकोले उक्त तालावन्दीबाट सो कार्यक्रम पनि प्रभावित हुने देखिएकोले तालावन्दी कार्यक्रमलाई तत्काल फिर्ता लिई कार्यालय संचालनमा सहयोग पुर्ΕΎयाउन महासंघ सम्बन्धित पक्षसंग आग्रह समेत गर्दछ ।