विश्व व्यापार संगठन (WTO) को जेनेभामा आयोजना हुने सातौं मन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी आज त्यसतर्फप्रस्थान गर्नुभयो ।
उक्त बैठकमा नेपालका तर्फाट वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोको नेतृत्वमा सरकारी पदाधिकारी, महासंघका अध्यक्ष जोशी, डव्लूटिओ विज्ञहरुले भाग लिंदै हुनुहुन्छ ।
यही मंसिर १५ देखि १७ गतेसम्म चल्ने सो बैठकमा महासंघका अध्यक्ष जोशीले नेपालको उद्योग व्यवसाय क्षेत्र र डव्लुटिओको सर्न्दर्भमा यस क्षेत्रको क्षमता विकास तथा नेपाली उत्पादन र सेवालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन निजी क्षेत्रबाट भएका प्रयास लगायत यसका लागि अल्पविकसित मुलुक नेपालले अन्तराष्ट्रिय समुदायबाट पाउनु पर्ने सहुलियत सम्बन्धमा धारणा राख्नु हुने कार्यक्रम छ ।
सन् २००३ मा क्यानकुनमा सम्पन्न पांचौं मन्त्रीस्तरीय बैठकबाट नेपाल डव्लुटिओको सदस्य भएको हो । १ सय ५३ राष्ट्र आवद्ध यस संगठनमा नेपाल १ सय ४७ औं सदस्य राष्ट्र हो ।