»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका उपाध्यक्ष ताम्राकारस“ग पर्वतका व्यवसायीहरुबाट भेट (२०६६/९/५)


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारसंग विभिन्न जिल्लाहरुमा रहेका उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणका क्रममा उपत्यकाका उवासंघहरुको भ्रमणमा रहेको पर्वत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले ललितपुरमा भेटगरि जिल्लाको आर्थिक व्यवसायिक विकासमा संघको तर्फबाट भएका गतिविधि तथा महासंघका तर्फबाट हुनु पर्ने सहयोगका विषयमा विस्तृत छलफल गर्žयो ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेता एवं पर्वत उवासंघका अध्यक्ष होमनारायण श्रेष्ठले भ्रमणबाट विभिन्न संघहरुले संघ व्यवस्थापन, स्थानीय निकायहरुसंग गरेका सहकार्य, दीगो आर्थिक श्रोत व्यवस्थापन, आर्थिक व्यवसायिक विकासमा हासिल गरेका उपलव्धीहरुका विषयमा जान्ने अवसर प्राप्त भएको र समग्रमा भ्रमण पर्वत उवासंघका लागि आगामी रणनीति तय गर्न उपलव्धीमुलक भएको बताउनु भयो ।

उहाँले पर्वतको विकासका लागि व्यासायिक कृषि विकास, जिल्लालाई एकगाउँ एक उत्पादन कार्यक्रम अन्तरगत समावेश गर्ने तथा इलम प्रशिक्षण कार्यक्रम संचालनका लागि महासंघका तर्फबाट आवश्यक सहयोग हुन जोड दिनु भयो ।

सो अवसरमा व्यवसायिक प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष ताम्राकारले महासंघले अगाडी बढाएका हरेक कार्यक्रममा आफना सदस्यहरुलाई कुनै न कुनै रुपमा सहभागी वनाएर लैजाने नीति अनुरुप एक गाउँ एक उत्पादन, इलम प्रशिक्षण कार्यक्रम सहित अन्य कार्यक्रमहरुमा समेत पर्वतलाईसंगै लैजाने विश्वास दिलाउनु भयो ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष नरेशकुमार श्रेष्ठ र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको सो अवसरमा अल्लोका लागि वागलुङ तथा पर्वत सम्भावित क्षेत्र भएकाले आधुनिक प्राविधि अनुरुप यिनीहरुलाई विकास गरि लैजानु पर्नेमा जोड दिइयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.