प्रधानमन्त्री माधवकुमार नेपालबाट मित्रराष्ट्र जनवादीगणतन्त्र चीनका प्रधानमन्त्री वेन चियापाओ (Wen Jiabao) को मैत्रीपूर्ण निमन्त्रणामा पौष ११ देखि १६ गतेसम्म हुने चीनको छदिने औपचारिक भ्रमण कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा महासंघको १७ सदस्यीय प्रतिनिधिमण्डल हिजोराती त्यसतर्फ प्रस्थान गर्žयो ।
प्रधानमन्त्री नेपालका साथ सम्मिलित महासंघको प्रतिनिधिमण्डलबाट चीनका समकक्षी संस्थाहरुका साथै चीन सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी एवं व्यवसायिक नेतृत्वसंग भेटघाट, छलफल एवं अन्तरक्रिया हुने कार्यक्रम छ ।
प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल-चीन गैर सरकारी सहयोग मंचका अध्यक्ष सुरज वैद्य, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, महासंघको हाइड्रो फोरमका संयोजक ज्ञानेन्द्रलाल प्रधान, नेपाल-चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लता प्याकुरेल, होटल संघ नेपालका महासचिव श्यामसुन्दरलाल कक्षपती, नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाण्डे, कुमारी बैंकका प्रमुख कार्यकारि अधिकृत राधेश पन्त, ग्लोवल बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल डेरी एशोसिएसनका अध्यक्ष रामकुमार खड्का, नेपाल हिमालय सिमापार व्यापार संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ, क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सल्लाहकार सुजित आचार्य, व्यवसायी पर्शुराम श्रेष्ठ, अरनिको समाजका अध्यक्ष डा. हरिश चन्द्र शाह र नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष नारायण सापकोटा हुनुहुन्छ ।
प्रतिनिधिमण्डलमा जलविद्युत, विद्युत तथा विद्युतीय सामग्री, इन्जिनियरिङ्ग, बैंक वित्त तथा विमा, कृषिजन्य उद्योग तथा उत्पादन, दुग्ध उत्पादन, चिया, मलखाद, हस्तकला, ऊनी गलैंचा, तयारी पोशाक, जलविद्युत, उर्जा, यातायात तथा यातायातका साधन, होटल तथा रेष्टु“रा लगायतको पर्यटन, जडिबुटी, खनिज, पेय पदार्थ, स्टेनलेस स्टिल, निर्माण तथा घरायसी उपयोगका सामग्री, प्लाष्टिक तथा प्लाष्टिकजन्य उद्योग, कागज तथा शैक्षिक सामग्री, काष्ठ उद्योग, अफिस सामान, आयात निर्यात आदि उद्योग व्यवसाय क्षेत्रको प्रतिनिधित्व भएको छ ।
भ्रमणको क्रममा पौष १५ गते अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद् (China Council for the Promotion of International Trade-CCPIT) ले वेइजिङमा आयोजना गर्ने स्वागत कार्यक्रम तथा अखिल चीन उद्योग वाणिज्य महासंघ (ACFIC) को सांर्घाई शाखाले सांर्घाईमा पौष १६ गते आयोजना गर्ने स्वागत कार्यक्रममा महासंघको प्रतिनिधिमण्डल सम्मिलित हुने छ ।
उक्त सबै कार्यक्रमबाट नेपालको उद्योग, व्यापार, जलश्रोत, कृषि, यातायात तथा पर्यटन प्रबर्द्धन र निर्यात व्यापारमा सरलीकरणका साथै द्विपक्षीय आर्थिक सम्बन्धको विकासमा अत्यन्त सकारात्मक प्रभाव पार्नुका साथै प्रधानमन्त्रीको भ्रमणलाई अत्यन्त फलदायी बनाउन समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।