संसदको प्राकृतिक श्रोत साधन समितिले गैरकानूनी रुपमा रोडा, ढुंगा, गिटी उत्पादन गरी भारत निकासी गर्ने उद्योगका उत्पादनहरुको निकासीमा तत्काल रोक लगाउन नेपाल सरकारलाई निर्देशन दिएको विषयमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
एक दशक भित्र भारतीय बजारमा मात्र सत प्रतिशत निकासी गर्ने उद्देश्यका साथ पूर्व मेचीदेखि सुदूरपश्चिममा कैलालीसम्म १ सय ३० उद्योग स्थापना गरि करिव ४० अरव लगानी भई १ लाख परिवारका ५ लाख जनताको जिविकोपार्जन भएको यी उद्योगबाट वाषिर्क ६० अर्व रुपैयाको उत्पादन र ५० अरव रुपैंयाको सामग्री भारत निकासी भई नेपाल सरकारलाई वाषिर्क २.५ अरव राजश्व प्राप्त भइ आएकोले यस सम्बन्धमा वस्तुतथ्य अध्ययन गरेर मात्र निर्णय गर्न महासंघ नेपाल सरकारसंग गम्भीर आग्रह गर्दछ ।
सरकारको कानून, नीति नियमको परिधिमा रहेर स्थापना भई यति ठूलो लगानी, यतिका जनतालाई रोजगारी दिएको र मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्ΕΎयाएको महत्वपूर्ण र संवेदनशील यस उद्योग क्षेत्रलाई गम्भीर असर पार्ने तथा यस क्षेत्रसंग आवद्ध संघ/संस्था उद्यमी व्यवसायीहरुसंग छलफलनै नगरि हठातमा कुनै पनि निर्णय हुन गएमा संकटतर्फउन्नमुख मुलुकको अर्थतन्त्रमा थप संकट आउनेतर्फमहासंघ सरकारको ध्यानाकर्षण गराउंदछ ।
यसर्थ समस्याको चुरो के हो, वातावरणीय समस्या कति छ, यसबाट कति घाटा हुन्छ र राष्ट्रको नाफा कति छ भन्ने विषयमा गहिरो अध्ययन गरि अर्थतन्त्रको विकासमा संवेदनशील भई साकारात्मक निर्णय लिन महासंघ सरकारसंग गम्भीर आग्रह गर्दै सरकारको नियम, कानून तथा सरकारले तोकेको वातावरणीय मापदण्ड भित्र रहेर संचालन भएका उद्योगहरुका उत्पादनहरुलाई विना कुनै अवरोध निर्वाध निकासी गर्ने व्यवस्था गर्न महासंघ नेपाल सरकारसंग माग गर्दछ ।