»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















लघु तथा साना जलविद्युत विकास गर्न महासंघ र क्लिन इनर्जी डेभलेपमेण्ट बैंक बीच सम्झौता (२०६६/९/२४)


सार्वजनिक निजी साझेदारी (PPP Model) को ढांचा अनुरुप विभिन्न ४५ वटा जिल्लाहरुमा लघु तथा साना जलविद्युत विकास गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र सीइडीवी हाइड्रो फण्ड लि./क्लिन इनर्जी डेभलेपमेण्ट बैंक बीच आज महासंघ सचिवालयमा एक सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सो सम्बन्धी सम्झौतापत्रमा महासंघका अध्यक्ष कुशकुमार जोशी र सीइडीवी हाइड्रो फण्ड लि. अध्यक्ष मनोज गोयलले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार विभिन्न ४५ वटा जिल्लामा १ देखि १० मेगावाटसम्मका लघु तथा साना जलविद्युत आयोजनालाई सार्वजनिक-निजी साझेदारी मोडल अनुरुप विकास गरिने छ । स्थानीय निकायहरुको संलग्नतामा विकास गरिने ती आयोजनाहरुमा सीइडीवी हाइड्रो फण्ड लि./क्लिन इनर्जी डेभलेपमेण्ट बैंकले स्थानीय तहबाट लगानी खोजी गरि लगानीको व्यवस्थापन गर्ने छ । चार वर्षे यस कार्यक्रम अन्तरगत पहिलो आयोजनाको रुपमा धादिङको महेशखोला जलविद्युत आयोजना छिट्टै शुरु हु“दैछ भने अन्य चारवटा आयोजना कार्यान्वयनको क्रममा रहेका छन् ।

सम्झौता अनुसार नेपाल उद्योग वाणिज्य महासंघ र सीइडीवी हाइड्रो फण्ड लि./क्लिन इनर्जी डेभलेपमेण्ट बैंकले स्थानीय तहबाट पहिचान भई आएका लघु तथा साना जलविद्युत विकासलाई स्थानीय गाविस, जिविस र स्थानीय निकायहरु, उद्योग वाणिज्य संघ लगायतका संघ/संस्थाहरुको प्रत्यक्ष सहभागिता एवं लगानीमा संयुक्त रुपमा अगाडी बढाउने छन् । लघु तथा साना जलविद्युत विकासबाट मुलुकले भोग्नु परेको चर्को लाडसेडिङको समस्यालाई न्यून गर्न सहयोग पुग्नुको साथै स्थानीय जनताको प्रत्यक्ष सहभागिता रहने यस्ता आयोजनाहरु दीगो समेत हुने धारणा महासंघको छ ।

सम्झौतापत्रमा हस्ताक्षर पछि बोल्नु हुंदै महासंघका अध्यक्ष जोशीले नेपाललाई वर्तमान उर्जा संकटबाट मुक्त पार्न नेपाली पूंजी, प्रविधि र बजारको उच्चतम परिचालन र उपयोग गर्दै आन्तरिक रुपमा उर्जा आपूर्ति गर्ने नीतिलाई प्राथमिकता दिई कार्यान्वयनमा लैजानु पर्ने आजको अवस्थामा दुवै संस्था बीच सम्पन्न सम्झौताले सम्भाव्य लघु तथा साना जलविद्युत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेको पनि उपस्थिति रहेको सो अवसरमा सीइडीवी हाइड्रो फण्ड लि. का अध्यक्ष मनोज गोयलले मुलुकको लघु तथा साना जलविद्युत विकासमा विकासमा महासंघसंग मिलेर कार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुंदै निर्धारित समयभित्रै लक्षित उपलव्धी हासिल हुने विश्वास प्रकट गर्नुभयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.