»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















प्रेस विज्ञप्ति (२०६६/९/२९)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीसंग संयुक्त राष्ट्र संघिय सार्वजनिक निजी साझेदारी परियोजना बैंकस्थित क्षेत्रीय कार्यालयकी कार्यक्रम विज्ञ सुश्री डायना ब्राण्डस (Ms. Diana Brands, Program Specialist, Regional Office Bangkok/ UNDP-PP Project) ले हिजो महासंघ सचिवालयमा भेटगरि नेपालमा सार्वजनिक-निजी साझेदारी मोडलका विषयमा विस्तृत छलफल गर्नुभयो ।

महासंघको स्थानीय विकास समितिका सभापति किशोर प्रधान, यूएनडीपी/पीपीपीयूइका मलय डिओप (Maleye Diop), महानिर्देशक मेघनाथ न्यौपानेको पनि सहभागिता रहेको सो भेटघाटमा अध्यक्ष जोशीले नेपालमा सार्वजनिक निजी साझेदारीका विषयमा भइरहेका कार्यहरुको वारे स्पष्ट पार्नु भयो ।

अध्यक्ष जोशीले स्थानीय तहमा स्थानीय निकाय र उद्योग वाणिज्य संघहरुको सहभागितामा सार्वजनिक निजी साझेदारीमा विकास निर्माणका कार्यहरु भैरहेको जानकारी गराउनुहुंदै लघु जलविद्युत विकास, दूतमार्ग (Fast Track) निर्माण, अन्तराष्ट्रियस्तरको आर्थिक सम्मेलन केन्द्र निर्माण तथा राजधानीको फोहोर प्रशोधनबाट उर्जा उत्पादनमा पीपीपी मोडल अनुरुप लैजाने कार्यको शुरुवात भएको बताउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.