»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सार्क उवासंघको उपाध्यक्षमा महासंघका पूर्व अध्यक्ष श्रेष्ठ (२०६६/१०/३)


नेपालको तर्फबाट सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce & Industry) को उपाध्यक्षमा सन् २०१०-११ का लागि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ चुनिनु भएको छ । प्रत्येक सदस्य राष्ट्रका राष्ट्रिय उद्योग वाणिज्य महासंघ/संघका तर्फबाट उक्त संघमा एक/एक जना उपाध्यक्ष मनोनित गर्नुपर्ने प्रावधान अनुरुप नेपाल उद्योग वाणिज्य महासंघले उहांलाई सो पदमा मनोनित गरि पठाएको हो ।

दक्षिण एशियाली राष्ट्रहरु बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गरि अगाडी बढ्ने उद्देश्यले स्थापित निजी क्षेत्रको प्रतिनिधि संस्था सार्क उवासंघको आजदेखि बंगलादेशको राजधानी ढाकामा प्रारम्भ भएको कार्यकारिणी समितिको बैठकले अध्यक्ष लगायत पदाधिकारी चयन गर्नुका साथै नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण गर्ने कार्यक्रम छ । आगामी दुई वर्षका लागि संघको अध्यक्षता बंगलादेशले गर्ने छ ।

संघको कार्य समिति बैठक सहित पदभार ग्रहण कार्यक्रममा भाग लिन महासंघका पूर्व अध्यक्ष श्रेष्ठ हिजो त्यसतर्फप्रस्थान गर्नु भयो । भोलीसम्म संचालन हुने संघको उक्त कार्यक्रममा नियमित एजेण्डाका अतिरिक्त क्षेत्रिय व्यापार विस्तारका लागि विभिन्न विषयहरुमा छलफल एवं अन्तरक्रिया समेत हुने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.