»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















प्यूठान उवासंघको पहलमा पहिलो विकास वैंक स्थापना (२०६६/१०/१२)


उद्योग वाणिज्य संघको पहलमा स्थानीय उद्योग व्यवसायमै लगानी गर्ने उद्देश्यले प्यूठानमा पहिलो विकास बैंक स्थापना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य प्यूठान उद्योग वाणिज्य संघको पहलमा प्यूठानमा स्थापना भएको गौमुखी विकास बैंकको महासंघका अध्यक्ष कुशकुमार जोशीले हिजो एक कार्यक्रम बीच खलंगामा उद्घाटन गर्नुभयो ।

जारी पूं‌जी २ करोड र चुक्ता पूंजी रु १ करोड ४० लाख रहेको सो बैंकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासंघका अध्यक्ष जोशीले राजधानीबाहिर विकट पहाडी जिल्ला प्यूठानमा उद्योग वाणिज्य संघको पहलमा स्थानीय उद्योग व्यवसायमा लगानी गर्ने उद्देश्यले व्यवसायीहरुद्वारा विकास बैंक स्थापना गरिएकोमा स्वागत गर्नु भयो ।

स्थानीय आर्थिक मागको आवश्यकतालाई पुरा गर्न गौमुखी विकास बैंक सहयोगी हुने विश्वास आफूले लिएको स्पष्ट पार्नुहुंदै अध्यक्ष जोशीले अन्य उद्योग वाणिज्य संघहरुका लागि पनि यो कार्य उदाहरणीय हुने बताउनु भयो । संकटको वर्तमान अवस्थामा उद्योग व्यवसायको सुचारु संचालनमा कतैबाट अवरोध सृजना नगर्न आग्रह गर्नुहुंदै उहांले उद्योग व्यवसाय स्वतन्त्र रुपमा संचालन हुन सक्ने वातावरण नभएमा वर्तमान आर्थिक संकट झनै जटिल हुंदै जाने धारणा राख्नु भयो ।

संघका अध्यक्ष र्सूय वहादुर विक र सो बैंकका अध्यक्ष झपेन्द्र वैद्यले उद्यमी व्यवसायीकै पहलमा जिल्लामा विकास बैंक स्थापना गरि संचालनमा ल्याउन पाएकोमा खुशी प्रकट गर्दै बैंकको सफल संचालनमा सबैको सहयोग प्राप्त हुने विश्वास प्रकट गर्नुभयो ।

उद्घाटन कार्यक्रममा सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, बैंकका कार्यकारि प्रमुख श्याम प्रसाद ढकाल, संचालक लोकबहादुर वस्नेत, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु लगायतले बैंकको सफल संचालनका लागि शुभ-कामना दिनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.