नेपाल अलैची व्यवसायी संघका प्रथम उपाध्यक्ष दिनेशकुमार मित्तल माथि उहाँकै निवासमा यही माघ १३ गते सांझ ७३० बजे अज्ञात समूहबाट अन्धाधुन्ध गोली प्रहार भएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गर्दै उक्त घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछ ।
आफ्नो व्यवसाय गरि बसेका नागरिकमाथि भएको यसप्रकारको आक्रमणबाट शान्ति सुरक्षाको अवस्था निकै दयनीय बन्दै गएको र उद्योगी/व्यवसायी अपराधीहरुको निसाना बन्दै गएको तर्फमहासंघ थप चिन्तित र गम्भीर बन्न पुगेको छ । तर्सथ, व्यसायी मित्तलको आक्रमणमा संलग्न अपराधिलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाहीका लागि महासंघ नेपाल सरकार लगायत सम्बन्धित सबैमा अपिल गर्दछ ।