मुलुकको आर्थिक रुपान्तरणका लागि सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ बीच एक सहमतीपत्रमा हस्ताक्षर गरिएको छ । महासंघद्वारा प्रवर्द्धित एनआरएनए र महासंघ मिलेर मुलुकको आर्थिक सामाजिक रुपान्तरण यस अघिपनि महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न भैसकेका छन् ।
सहमतीपत्रमा महासंघका अध्यक्ष कुशकुमार जोशी र एनआरएनएका अध्यक्ष देवमान हिराचानले एक कार्यक्रम बीच महासंघ सचिवालयमा आज हस्ताक्षर गर्नुभयो । नेपाली व्यावसायिक समुदाय र गैरआवासीय नेपाली बीचको सहकार्यबाट मुलुकमा आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने विश्वासका साथ यो सहमती गरिएको हो- सहमतीपत्रमा उल्लेख छ ।
सन् २००३ र २००६ मा भएको यस्तै सहमती, अघिल्लो वर्षसम्पन्न चौथो गैर आवासीय नेपाली विश्व सम्मेलन समेतमा भएका आपसी प्रतिवद्धतालाई आधार बनाई हस्ताक्षर भएको सहमतीपत्रमा लगानी तथा व्यवसाय आकर्षणका लागि नीति निर्माण गर्ने, सार्वजनिक निजी साझेदारीको अवधारणाका आधारमा आर्थिक सामाजिक विकासमा सरकार, निजी क्षेत्र र गैरआवासीय नेपालीहरु बीच सहकार्य गर्ने, दुवै संस्थाबाट विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन लगायत विविध कार्यक्रमहरु आयोजना गर्न निरन्तर लागिरहने र यस्ता कार्यक्रमलाई बढीभन्दा फलदायी बनाउन अधिकतम प्रयास गर्ने, नेपाली उत्पादन तथा सेवाको अन्तराष्ट्रिय बजार प्रवर्द्धनमा एनआरएनहरुले आ-आफ्ना क्षेत्रबाट सहयोग पुर्žयाउने र महासंघले नेपालमा व्यवसाय गर्न चाहने एनआरएनलाई सहयोगीको भूमिका निर्वाह गर्ने रहेको छ ।
त्यसैगरि सहमतीपत्रमा महासंघद्वारा नेपाल सरकारको सहयोगमा संचालित इलम प्रशिक्षण कार्यक्रमलाई एनआरएनबाट सहयोग पुर्žयाउने र सो कार्यक्रमलाई सहयोग पुर्žयाउन एनआरएनबाट थप रु. १०,००,०००/- (अक्षरेपी दशलाख) उपलव्ध गराउने र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने, दुवै संस्थाले शीपमुलक र वौद्धिक कार्यक्रमहरुको विकास गरि कार्यान्वयन गर्ने तथा एक अर्काका लागि महत्वपर्ूण्ा र आवश्यक सूचना प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगायतका विषयहरु समेटिएका छन् ।
यसैबीच सहमतीपत्र हस्ताक्षर पश्चात एनआरएनएका अध्यक्ष हिराचनले सहमतीपत्रमा उल्लेख गरिवमोजिमको रु. दश लाखको चेक महासंघका अध्यक्ष जोशीलाई हस्तान्तरण गर्नुभयो । स्मरणीय छ यसअघि एनआरएनएले इलम प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन रु. १५,००,०००/- उपलव्ध गर्राई सकेको छ ।
सहमतीपत्र हस्ताक्षर कार्यक्रममा महासंघका महानिर्देशक मेघनाथ न्यौपाने र एनआरएनएका कार्यकारि निर्देशक डा. हेमन्त दवाडीको उपस्थिति रहेको थियो ।