»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















प्रेस वक्तव्य (२०६६/११/१२)


उपस्थित पत्रकार मित्रहरु,

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको ११ औं बैठक फागुन ९ गते हेटौंडामा सम्पन्न भयो । मलेशियामा गत मंसिर ५ गते सम्पन्न कार्यकारिणी समितिको बैठक पश्चात मकवानपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो ।

कार्यकारिणी समितिको उक्त बैठकमा नियमित प्रक्रियाका अतिरिक्त मुख्यतः निम्न विषयमा व्यापक छलफल एवं समिक्षा भएको छ ।

१. मुलुकको शान्ति सुरक्षा (Law and Order ) को विग्रंदो अवस्था,

२. वित्तिय क्षेत्रमा देखिएको समस्या र यसले उद्योग व्यवसायमा परेको गम्भीर प्रभाव

३. पूर्वाधार विकास र मूलतः काठमाडौं-हेटौंडा Fast Track निर्माण,
४. विद्युत लोड सेडिङ र यसले उद्योग व्यवसायमा परेको समस्या
५. उद्योग वाणिज्य दिवस-२०६६

वर्तमान वस्तुस्थिति

राजधानीमा संचार उद्यमी जमिम शाहको दिनदहाडै हत्या भएको छ । आजसम्म अपराधीलाई पक्राउ गर्न सकिएको छैन । वीरगंजमा एकजना औषधि व्यवसायीको हत्या भएको छ । रोजगारीका लागि विदेशमा मजदुरी गर्न गएका एकजना मजदुरको नावालक छोराको अपहरणपछि हत्या भएको छ । संचार उद्यमीहरुलाई वारम्वार फोन र इमेल मार्फत निरन्तर धम्की आएको छ । निरन्तर रुपमा बढ्दै गएका जघन्य हत्या, कुटपीट, अपहरण, लुटपाट, गोली प्रहार जस्ता घटनाले मुलुकको शान्ति सुरक्षाको अवस्था कहालीलाग्दो छ । सरकारले नागरिक सुरक्षा लगायत देश विकासको मेरुदण्ड मानिएको औद्योगिक क्षेत्र र उद्यमी व्यवसायीको सुरक्षा गर्न सकेको छैन । सडकमा हिड्ने पैदलयात्री सुरक्षित किसिमले हिड्न नसक्ने अवस्था छ । हामी कानूनी शासनको माग गर्दछौं तर कानून उल्लंघन निरन्तर प्रक्रिया जस्तै भएको छ । अहिलेसम्मका तथ्यांकलाई विश्लेषण गर्दा १ महिनामा ३ जना व्यापारी माथि कुटपीट र अपहरण भएको छ भने १ जनाको हत्या भएको छ ।

मुलुकको आर्थिक क्षेत्रमा अहिले देखिएको अनिश्चितता अर्को चिन्ताको विषय हो । बैंकहरुको लगानी नीति तथा अनुत्पादक क्षेत्रमा गरिएको अत्यधिक लगानीका कारण मुलुकको आर्थिक अवस्था स्वस्थ छैन । यसलाई विभिन्न आर्थिक, मौद्रिक, औद्योगिक सूचकांकले प्रष्ट पारेको छ । एकातिर नेपालको भुक्तानी संतुलनको घाटा बढ्दो छ भने अर्कोतिर वस्तुनिकासी र सेवा व्यापार दुवै गरि एक सय अर्व भन्दा बढीको व्यापार घाटा हुन गएको छ । बैंकमा तरलताको अभाव एकातिर छ भने अर्कोतिर कसैलाई उपचारका लागि भारतनै लैजानु पर्ने स्थितिमा भारतीय मुद्राको अभावले जानसक्ने अवस्था छैन । निरन्तर शेयर बजार खस्की रहेको छ, अन्तराष्ट्रिय मापदण्ड अनुसार "मार्जिन लेण्डिङ कर्जा"को व्यवस्था लागु गरि कारोवार मुल्यको आधारमा कर्जाको सुविधा उपलव्ध हुनु पर्ने लगानीकर्ताको मागलाई सरकारले सम्वोधन गर्न सकेको छैन । यस्तो वित्तिय संकटको अवस्थामा मुलुकको केन्द्रीय बैंकको गभर्नर नियुक्ति गर्ने विषयमा सरकारले अहिलेसम्म निर्णय गरेको छैन ।

सरकारले मापदण्ड पुर्ΕΎयाएर संचालन गर भनि इजाजत दिई स्थापना भएका अर्वौको लगानीका क्रसर उद्योगका उत्पादनलाई विना कुनै अध्ययन भारत निकासी बन्द गरिंदा उद्यमीहरु आत्महत्यासम्म गर्नुपर्ने अवस्थामा पुगेका छन् । यसको पछिल्लो प्रमाण नवलपरासीमा भएको एकजना उद्यमीको आत्महत्याको घटनालाई लिन सकिन्छ । त्यसैगरि १६ घण्टाको लोडसेडिंगले उद्योगहरु घिटिघिटिको अवस्थामा छन् । यस्तो अवस्थामा पनि उद्यमी व्यवसायीहरुले विद्युत डिमाण्ड चार्ज हटाउन गरेको आग्रहको सुनुवाई भएको छैन भने श्रम अशान्ति बन्द हड्तालले अर्को मार थपिएको छ ।

उपरोक्त अवस्थाहरुबाट मुलुकमा औद्योगिक व्यवसायिक वातावरण क्षिण वन्दै गएको र उद्यमी व्यवसायीहरुमा उदासिनता बढ्दै गएको निष्कर्षनिकाल्दै महासंघको हेटौंडामा सम्पन्न कार्यकारिणी समितिको बैठकले समस्यालाई तत्काल सम्वोधन गर्न उच्च जोड दिंदै निम्न निर्णयहरु गरेको छः

निर्णयहरु

१) शान्ति सुरक्षा, अपहरण, धम्की, आर्थिक एवं बैकिंक समस्या, विद्युत लोडसेडिङबाट उद्योग व्यवसायमा परेको असर तथा समाधानका विषय सहितको अवधारणा तयार गरि प्रधानमन्त्री समक्ष महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यज्यूहरुले भेटी पेश गर्ने र महासंघले दिएका सुझावहरुलाई तत्काल कार्यान्वयवनमा लैजान सरकारलाई दवाव दिने,

२) लामो संर्घष, हजारौ जनताको वलीदानीबाट आउन लागेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयां संविधान निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्ने कार्यबाट विचलित हुन नदिन राजनीतिक दल तथा सभासदहरुलाई निजी क्षेत्रबाट दवाव दिने,

३) हेटौंडा काठमाडौं जोड्ने Fast Track निर्माण कार्यलाई निजी क्षेत्रबाट सम्पन्न गर्न FNCCI, FCAN र NRNA मिलेर एक Company खडा गर्ने, सोही कम्पनी मार्फत Fast Track निर्माणका लागि तीनवटा संस्था, मकवानपुर तथा Track ले छुने जिल्लाका बासिन्दा समेतलाई Ownership दिने गरि केही लगानी जुटाउने,

४) लामोसमयदेखि मकवानपुरवासीले उक्त जिल्लालाई औद्योगिक जिल्ला घोषणा गर्न गरेको प्रयासलाई महासंघले सहयोग गर्ने तर यसका लागि जिल्लालाई बन्द, हड्ताल, चक्काजामबाट मुक्त राख्न राजनीतिक दल, ट्रेड यूनियनहरु, राजनीतिक दलका भातृ संगठनहरु, नागरिक समाज र उद्यमी व्यवसायीको सामूहिक प्रतिवद्धता आउनु पर्ने,

५) नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकारमा दर्ता भएको दिन अर्थात चैत्र २८ लाई प्रत्येक वर्ष उद्योग वाणिज्य दिवसको रुपमा मनाउदै आएको र यसवर्ष उक्त दिवसलाई मुलुकभर विभिन्न कार्यक्रम सहित भव्यतापूर्वक मनाउने,

६) सन् २०११ लाई नेपाल भ्रमण वर्ष मनाउने क्रममा यही फागुन १४ गते विशेष कार्यक्रम सहित Nepal Tourism Year 2011 को Launching कार्यक्रममा बढी भन्दा बढी उद्यमी व्यवसायीहरुलाई भेला गराई आर्थिक्र क्रान्तिको लागि दवाव दिने ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.