»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















भोली टुंडीखेल जाऔं: मुलुकलाई निकास दिन सरकार तथा राजनीतिक दलहरुलाई दवाव दिऔं (२०६६/११/१३)


"पर्यटनका लागि संगसंगै" भन्ने मूल नाराका साथ १० लाख पर्यटन भित्रयाउने लक्ष्यका साथ नेपाल सरकारको पहल तथा सम्पूर्ण पर्यटन उद्योगको समन्वयमा नेपालमा आगामी सन् २०११ मा मनाउन लागिएको "नेपाल पर्यटन बर्ष २०११" को औपचारिक शुभारम्भ कार्यक्रम विशेष समारोहका बीच भोली काठमाडौंमा हुंदैछ ।

नेपाल सरकार, निजी क्षेत्रका सम्पूर्ण उद्योगी व्यवसायी, संघ/संस्था/औद्योगिक, शैक्षिक प्रतिष्ठानहरुबाट सहभागिता रहने उक्त औपचारिक शुभारम्भ कार्यक्रममा नेपालका प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुबाट अवका दिनमा नेपालमा बन्द हड्ताल, चक्काजाम नगर्ने सहितको आफनो पार्टीको प्रतिवद्धता सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । दिनको १ बजे हुने उक्त औपचारिक शुभारम्भ कार्यक्रमलाई नेपालमा आर्थिक क्रान्तिको शुरुवात गर्ने दिनको रुपमा समेत लिइएको छ ।

शान्ति सुरक्षाको कहाली लाग्दो अवस्था, चरम राजनीतिक खिचातानी, औद्योगिक अशान्ति, बन्द हड्ताल, चक्काजाम, लोडसेडिङ लगायतका समस्याबाट मुलुक ग्रस्त भएको र निर्धारित समयमै जनताको संविधान निर्माण नहुने होकि भन्ने आशंका समेत रहेको अवस्थामा मुलुकलाई विद्यमान अवस्थाबाट तत्काल मुक्त गरि आर्थिक सामाजिक विकासका दिशामा अगाडी बढाउन सरकार र राजनीतिक दलहरुलाई दवाव दिन भोलीको उक्त कार्यक्रमको महत्वलाई विचार गर्दै आफ्ना सम्पूर्ण कार्यक्रमहरु थाती राखेर पनि उपस्थितिका लागि उद्योगी व्यवसायी लगायत सवैमा महासंघ हार्दिक आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.