»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सैनिक अधिकृतहरुसंग मुलुकको उद्योग व्यवसाय लगायत अर्थतन्त्रका विषयमा अन्तरक्रिया सम्पन्न (२०६६/११/२०)


नेपाली सेनाको उच्च शिक्षण संस्था सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीका सि.सं. १६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसंग आज नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा नेपालको उद्योग व्यवसाय र महासंघको भूमिका विषयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

महासंघ र नेपाली सेना बीच स्टाफ तालीम लिएका शिक्षार्थी अधिकृतहरुलाई मुलुकको उद्योग व्यवसायको वस्तुस्थिति र त्यसमा महासंघको भूमिका विषयमा जानकारी गराउने उद्देश्यले विगत वर्षदेखि यस प्रकारको कार्यक्रम नियमिति रुपमा आयोजना गरिदै आएको छ ।

सो कार्यक्रमको प्रारम्भमा नेपाली सेनाका अधिकृतहरुको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले नेपाली निजी क्षेत्र सेनाको सहयोगमा राष्ट्रिय उद्योग व्यवसायको सुरक्षा लगायत विकास निर्माणका कार्यहरुलाई मिल्ने हदसम्म साझेदारीको अवधारणा अनुरुप अघि बढाउन तत्पर रहेको बताउनु भयो ।

उपाध्यक्ष राजकणिर्कारले शान्ति सुरक्षा, श्रम मैत्री वातावरण, विद्युत आपूर्ति, राजनीतिक स्थायित्व जस्ता पूर्वाधारहरु अभाव हुन जांदा मुलुकको उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्रमा गम्भीर असर पर्न गएकोले औद्योगिक सुरक्षा वलको गठन सहित उद्योग व्यवसायको विकासका लागि आवश्यक पूर्वाधार दिन सरकारसंग वारम्वार आग्रह गर्दै आएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा महासंघका महानिर्देशक मेघनाथ न्यौपानेले महासंघको परिचय र निजी क्षेत्रको संघीय संस्थाको हैसियतले महासंघले आर्थिक, उद्योग, व्यवसाय, सामाजिक विकासमा खेलेको भूमिका र वरिष्ठ परामर्शदाता गोविन्द देव पाण्डेले मुलुकको वर्तमान आर्थिक, औद्योगिक, व्यवसायिक गतिविधिमा निजी क्षेत्रको संलग्नता विषयमा कार्यपत्र प्रस्तुती मार्फत जानकारी गराउनु भएको थियो ।

नेपाली सेनाका ५५ जना अधिकृतहरुको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रममा अधिकृतहरुले शान्ति सुरक्षाको अवस्था, औद्योगिक सुरक्षा वलको गठन, शेयर कारोवारमा आएको मन्दी, लगानी, पूर्वाधार अभाव, नेपाल, भारत र चीन बीचको आर्थिक सम्बन्ध विस्तार लगायतका विविध विषयमा जानकारी राख्नु भएको थियो भने प्रमुख सेनानी चोक बहादुर ढकालले अन्त्यमा धन्यवाद मन्तव्य दिंदै कार्यक्रम लाभदायक भएको बताउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.