»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















१०० औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना हुने चार दिने बृहत कार्यक्रम (२०६६/११/२१)


"सबैको समुन्नतिको लागि समान अधिकार र अवसर" भन्ने नाराका साथ १०० औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समिति, महिला उद्यमी महासंघ नेपाल र फेयर ट्रेड गु्रप नेपालको संयुक्त तत्वावधानमा यही फागुन २४ देखि २७ सम्म काठमाडौंमा चार दिने बृहत कार्यक्रम आयोजना हुने भएको छ ।

सोही कार्यक्रमको सिलसिलामा महिला उद्यमी एवं लघु घरेलु तथा साना उद्यम व्यवसायहरुको प्रबर्द्धनका साथै यी उद्योगहरुबाट उत्पादित बस्तुहरुको बजारको विकास विस्तार एवं प्रबर्द्धन गर्ने उद्देश्यले भृकुटीमण्डमा फागुन २४ देखि २७ गतेसम्म प्रदर्शनी (Trade Fair) को आयोजना हुने भएको छ ।

उक्त प्रदर्शनीको समुद्घाटन प्रधानमन्त्री माधवकुमार नेपालबाट फागुन २४ गते भुकृटीमण्डपमा सुसम्पन्न हुने कार्यक्रम छ । नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटानका महिला उद्यमीहरुको सहभागिता हुने उक्त प्रदर्शनीमा १५० वटा भन्दा बढी स्टलहरुमा लघु घरेलु तथा साना तथा मझौला उद्यमहरुबाट उत्पादित बस्तुहरु प्रदर्शित हुने कार्यक्रम रहेको छ । सोही अवसरमा प्रधानमन्त्रीबाट १०० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा "प्रकाशित" स्मारिकाको विमोचन हुने कार्यक्रम छ ।

बृहत कार्यक्रमको सिलसिलामा फागुन २५ देखि २७ सम्म ब्राण्डिङ्ग (Branding) विशेष गरी सार्क चेम्बर महिला उद्यमी परिषद् (SCWEC) ब्राण्डिङ्ग अर्न्तर्गत कृषिजन्य बस्तुहरुको साथै Natural Fibre सम्बन्धी कार्यशाला गोष्ठी, होटल अन्नपूर्णमा आयोजना हुने छ । त्यसैगरि रक्षा मन्त्री विद्या भण्डारीको प्रमुख अतिथ्यतामा भारतका उत्प्रेरणादायक व्यक्तित्व डा. किरण वेदीसंग फागुन २५ गते सांझ ६:३० बजे होटल अन्नपूर्ण, दरवारमार्गमा अन्तरक्रिया कार्यक्रम हुने छ ।

महिला उद्यम व्यवसायीहरुबाट उत्पादित बस्तुहरुको प्रबर्द्धनको लागि बजार सम्पर्क स्थापित गर्ने कार्यमा सहयोग पुर्žयाउने, सार्क देशका महिला उद्यमीहरु एवं नेपाली महिला उद्यमीहरु बीच अनुभवको आदान प्रदान गर्ने एक अर्काको अनुभवको आदान प्रदानबाट नयां अवसरको उपयोग गरी महिला उद्यमीहरुको सशक्तिकरण गर्ने कार्यमा सहयोग पुर्žयाउने, स्थानीय उपलव्ध श्रोत साधनमा आधारित बस्तुहरुको प्रबर्द्धन गर्ने र स्वच्छ व्यापार वारे सुसुचित एवं जागरण अभिबृद्धि गर्ने उद्देश्यले हुने कार्यक्रममा महिला उद्यमीहरुको अधिकतम सहभागिता रहने छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.