»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महिला विरुद्ध हुने हिंसा न्यून गर्न महासंघले आफ्नो संजाललाई परिचालन गर्ने (२०६६/११/२६)


महिला विरुद्ध हुने हिंसा न्यून गर्न नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो विद्यमान संजाललाई अधिकतम रुपमा परिचालन गर्ने प्रतिवद्धता जनाएको छ ।

महासंघ र गैर सरकारी संस्था साथीद्वारा महिला विरुद्ध हुने हिंसा रोकथाममा उद्योगी व्यवसायीको भूमिका विषयमा आज महासंघ सचिवालयमा संयुक्त रुपमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले महासंघले मुलुकभर छरिएर रहेका आफ्ना सवै सदस्यहरुलाई महिला विरुद्ध हुने हिंसा न्यून गर्ने अभियानमा परिचालन गर्ने विश्वास दिलाउनु भयो ।

९२ वटा जिल्ला उद्योग/नगर उद्योग वाणिज्य संघ, ७३ वटा वस्तुगत संघ, १० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु र करिव ३ सय पचासको हाराहारीमा रहेका एसोसिएट सवै सदस्यहरुलाई परिचालन गरि महिला हिंसा विरुद्ध जनचेतना अभियान मार्फत यसको नियन्त्रणमा जुट्ने उपाध्यक्ष पाण्डेले स्पष्ट पार्नुभयो ।

जवसम्म एउटा परिवार, समाज अनि राष्ट्रलाई आर्थिक रुपमा समृद्ध पार्न सकिंदैन तवसम्म सबै प्रकारको हिंसाले प्रश्रय पाउने धारणा राख्नुहुंदै उपाध्यक्ष पाण्डेले निकै कहाली लाग्दो रुपमा रहेको महिला विरुद्धको हिंसालाई नियन्त्रण गर्न सबै भन्दा पहिला जनचेतना विस्तार र रोजगारी श्रृजना मार्फत महिलाहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराउनु पर्ने सुझाव राख्नुहुंदै महासंघका सबै गतिविधिहरु यसतर्फलक्षित रहेको पनि बताउनु भयो ।

शान्ति सुरक्षा, बन्द हड्ताल, विद्युत लोडसेडिङ, मौद्रिक तरलताको अभाव, श्रम मैत्री वातावरणको अभाब जस्ता समस्याहरुबाट मुलुकको आर्थिक क्षेत्र प्रभावित हुंदा पनि यसको असर समाजका बिभिन्न क्षेत्रमा पर्न गई यस्ता हिंसाले प्रश्रय पाउन गएको स्पष्ट पार्नुहुंदै उहाँले औद्योगिक वातावरण बनाउन महासंघले सरकारसंग बारम्वार आग्रह गर्दै आएको जानकारी गराउनु भयो ।

महासंघको महिला उद्यमी विकास समितिका सभापति भवानी राणाले महिला उद्यमी विकास समितिले महिलाहरुलाई आर्थिक रुपमा सशक्त पार्दै लैजान बिभिन्न कार्यक्रमहरु गर्दै आएको र महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरुमा स्थापित महिला उद्यमी विकास समिति इकाईहरुलाई महिला हिंसा विरुद्धको अभियानमा सशक्त रुपमा परिचालन गर्ने जानकारी गराउनु भयो । साथै उहाँले स्थानीय तहमा महिलाहरुलाई आर्थिक गतिविधिमा अधिकतम रुपमा सहभागी गराउन बिभिन्न रोजगारमुलक कार्यक्रम ल्याउने पनि जानकारी गराउनु भयो ।

घरेलु हिंसा कसुर र सजाय ऐन माथि संक्षिप्त प्रस्तुती भएको सो कार्यक्रममा सहभागीहरुले व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, संसदबाट हालै पारित घरेलु हिंसा ऐन(२०६६ का विषयमा तल्लो तहका महिलासम्म जानकारी पुर्ΕΎयाउनु पर्ने, महिला विरुद्ध हुने हिंसाहरुलाई संकलन गरि त्यसको रोकथामका लागि प्रभावकारी कार्यक्रमहरु जस्तो रोजगारमुखी कार्यक्रम ल्याउन उद्योग व्यवसाय क्षेत्रले सहयोग गर्नु पर्ने लगायतका सुझावहरु दिनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.